आर्थिक 📈

उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी, २३ असार। महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब दुई अर्ब रकम किसानले भुक्तानी पाएका छन् । जिल्लाका गौशाला नगरपालिका-१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला-१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । दुवै उद्योगमा गरेर किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु आर्थिक वर्ष २०८२/८३ को याममा बुझाइएका अभिलेखले देखाएको छ… पुरा पढौ

एकसातामा किसानलाई ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौं, २३ असार। पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप रु ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहतस्वरूप उपलब्ध गराउने तयारी गरेको हो । विभागका प्रवक्ता मुकुल उपाध्यायले पन्छी, पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दाबी गरेका सम्बन्धित धनीका बैंक खातामा एकसाताभित्र रकम भुक्तानी… पुरा पढौ

नेप्सेका सीईओ चापागाईंको राजीनामा स्वीकृत

काठमाडौं, २२ असार । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंको राजीनामा स्वीकृत गरेको छ । सिइओ चापागाईंले आजै अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाउनुभएको थियो । सीईओ चापागाईंले बुझाउनुभएको राजीनामापत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । पुरा पढौ

मनसुन सक्रिय भएसँगै मल वितरणमा सरकारी संयन्त्र चुस्त-४० हजार मेट्रिकटन आपूर्ति

काठमाडौं, २२ असार । यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ पनि सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले मलको अभाव भने झेल्नुपरेको छैन । असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भइसकेको छ । यसबाट मल आपूर्ति प्रणालीमा सरकारको पूर्वतयारी सहितको उपस्थितिको पुष्टि गरेको बताइएको छ । यही असार १ देखि १९ गतेसम्मको सरकारी तथ्याङ्कअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत कूल ४० हजार ५६९.२५… पुरा पढौ

नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम साढे ३ अर्बमा खुम्चियो; सबै उपसमूह ओरालो

काठमाडौं, २२ असार। धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार सूचक (नेप्से) मा गिरावट आएको छ। अघिल्लो कारोबार दिन गत शुक्रबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही घट्दो क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.५३ अंक, फ्लोट इण्डेक्स १.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३४ अंकले ओरालो लागेका छन्। कारोबार रकम पनि घट्यो बजार सूचिकासँगै यस दिन कारोबार रकममा पनि… पुरा पढौ

सुन तोलामा ९०० र चाँदी २० रुपैयाँले सस्तियो

काठमाडौं, २ असार। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। लगातार दोस्रो दिन पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। नयाँ मूल्य सूचीअनुसार नेपाली बजारमा आज सुनको कारोबार प्रति तोला २ लाख ८९ हजार ४०० रुपैयाँमा भइरहेको छ। यसअघि आइतबार सुन प्रति तोलामा २ लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। आजको बजार भाउ… पुरा पढौ

अभियान लघुवित्तको ६७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, २२ असार। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ११ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ६७ हजार ३५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीका अनुसार यो सेयर खरिदका लागि हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन दिने प्रक्रिया र स्थान इच्छुक संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी आफूले किन्न चाहेको सेयर कित्ता संख्या खुलाएर आवेदन दिनुपर्नेछ। आवेदनका लागि दुई स्थान तोकिएका छन्: १. वित्तीय संस्थाको केन्द्रीय कार्यालय:… पुरा पढौ

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

तुलसीपुर (दाङ), २२ असार। अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाउनुभएको छ । पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उहाँलाई व्यावसायिक कागती कृषकका रूपमा स्थापित गरेको छ । कुनै औपचारिक तालिम नलिई, कृषि विज्ञको ढोका नढकढक्याईं सुलोचनाले युट्युबमा उपलब्ध सामग्री हेरेरै कागतीखेतीका आधुनिक विधि सिक्नुभयो । त्यसपछि घरसँगै जोडिएको ११ कट्ठा जग्गामा ३०० वटा कागतीका बिरुवा रोपेर व्यावसायिक खेती… पुरा पढौ

राष्ट्र बैंकले २० अर्बको ऋणपत्र जारी गर्दै, आजै बोलकबोल

काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले आज (सोमबार) २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र बोलकबोल तथा निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ (NRB Bond 2084 'Gha') जारी गर्न लागेको हो । यस ऋणपत्र खरिदका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् । बोलकबोल र ब्याजदर निर्धारण ऋणपत्र खरिदका लागि आज दिउँसाे… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २२ असार। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९० रुपैयाँ ००… पुरा पढौ