आर्थिक 📈

अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति समयानुकूल बनाउन सरोकारवालाको सुझाव

काठमाडौं, २१ असार | आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई समयानुकूल बनाउँदै बजेटले सम्बोधन गर्न नसकेका विषयहरूलाई समावेश गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । प्रतिनिधिसभाको अर्थ समितिको आज बसेको बैठकमा पूर्वगभर्नरहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र निजी क्षेत्रका छाता सङ्गठनका प्रमुखहरूले खस्कँदो अर्थतन्त्रको सुधारका लागि मौद्रिक नीतिले विशेष जोड दिनुपर्ने बताएका हुन् । केन्द्रीय बैंकको स्वायत्तता र नीतिगत सन्तुलनमा जोड बैठकमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मुलुकको अर्थतन्त्रलाई स्थिर बनाउने गरी मौद्रिक नीति तय हुनुपर्ने धारणा राख्नुभयो । वित्तीय नीति (बजेट) र… पुरा पढौ

मुआब्जा विवाद समाधान भएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम, २१ असार। मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम थालेको छ । धनुषा र महोत्तरीमा धमाधम ट्र्याक निर्माण भइरहेको छ । जयनगर–बर्दिबास ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर–कुर्था खण्डमा २०७८ चैत १९ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । यसैबीच, नेपाल रेल्वे कम्पनीले अतिक्रमणमा… पुरा पढौ

यस्ताे छ इप्पानकाे ५० बुँदे कार्ययोजनासहित ‘भिजन २०२९’

काठमाडौं, २१ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको समग्र विकास, निजी क्षेत्रका समस्या समाधान र संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै ‘इप्पान भिजन २०२९’ सार्वजनिक गरेको छ। धुलिखेलमा असार १९ र २० गते सम्पन्न इप्पानको नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले ऊर्जा क्षेत्रका नीतिगत, कानुनी तथा प्रक्रियागत अवरोधहरू हटाउने उद्देश्यसहित ५० बुँदे कार्ययोजना पारित गरेको हो। इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा बसेको उक्त बैठकले विद्युत् उत्पादन, प्रसारण, लगानी, वित्तीय व्यवस्थापन तथा विद्युत् व्यापारलाई मुख्य प्राथमिकतामा राखेर कार्ययोजना अघि बढाउने… पुरा पढौ

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी, २१ असार । वैदेशिक रोजगारीमा ११ वर्ष बिताउनुभएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले हाल पेडा व्यवसायबाट मासिक रु.८० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाउनुभएका उहाँ चतराघाटमा सञ्चालनमा रहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि त्यसमा होमिनुभएको हो । “सुरुमा विभिन्न मिठाइ बनाएर बिक्री गर्थें। पछि पेडा बनाउन थालेँ। अहिले यही व्यवसाय राम्रोसँग चलिरहेको छ,” उहाँले भन्नुभयो। केही दशकअघि कोशी नदी किनारको चतराघाट ढिके नुनको व्यापारका लागि परिचित थियो। साहका… पुरा पढौ

एशियन लाइफको २४ हजार बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं, २१ असार। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी २४ हजार ८९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। कम्पनीले प्रकाशन गरेको सूचना अनुसार, उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया र ध्यान दिनुपर्ने विवरणहरू: आवेदन दिने स्थान: सेयर खरिद गर्न चाहने सेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय मैतिदेवी, काठमाडौँमा आइपुग्ने गरी निवेदन… पुरा पढौ

सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास

धनगढी, २१ असार। हरेक वर्षका बजेटमार्फत सडक बन्छन्, पुल थपिन्छन्, सिँचाइ आयोजना अघि बढ्छन् र विद्यालय तथा अस्पतालका भवन निर्माणका घोषणा दोहोरिन्छन् । यस अर्थमा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट पनि अपवाद होइन । ‘एक स्थानीय तहः दुई उत्पादन’, ‘एक घरः एक धारा’, ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’, ‘मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति’जस्ता कार्यक्रम विगतकै निरन्तरतास्वरुप आएका छन्। प्रदेश सरकारले यसपटक भने बजेटमार्फत नयाँ सोच अगाडि सारेको छ । बजेटलाई विकासको परम्परागत परिभाषाभन्दा बाहिर निकाल्ने प्रयास गरिएको… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २१ असार। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९० रुपैयाँ ०५… पुरा पढौ

कास्की पोखरा हस्तकला संघको १६औँ वार्षिकोत्सव सम्पन्न

पोखरा, २० असार । कास्की पोखरा हस्तकला संघको १६औँ वार्षिकोत्सव शनिबार पोखरा–१, बागबजारस्थित स्वस्तिक हस्तकला उद्योगमा सम्पन्न भएको छ। संघकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएकाे कार्यक्रममा पोउवाका अध्यक्ष गोकर्ण कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले नेपाली हस्तकला कला, संस्कृति र मौलिक पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षण, प्रवद्र्धन र व्यवसायीकरणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए। उनले हस्तकलामार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन व्यवसायीहरूलाई गुणस्तर, नवप्रवर्तन र बजार व्यवस्थापनमा… पुरा पढौ

साताको सेयर बजार: नेप्सेमा सुधार, कारोबार रकममा गिरावट

काठमाडौं, २० असार । यस साता धितोपत्र बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। गत साताको तुलनामा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको हो। पाँच कारोबार दिन खुला रहेको बजारमा दुई दिन नेप्से बढेको थियो भने बाँकी तीन दिन घट्न पुगेको थियो। समग्रमा उतारचढावका बीच बजार सकारात्मक दिशातर्फ नै बन्द भयो। परिसूचक र बजार पूँजीकरणमा वृद्धि नेप्से परिसूचक: गत साता २६४९.५१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१५ प्रतिशत (३.८९ अंक) ले बढेर २६५३.४० विन्दुमा पुगेको… पुरा पढौ

ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौं, २० असार। पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख चार हजार १४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ६१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, सङ्केत बत्ती उल्लङ्घनकर्ता ६१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११३ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०७, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, सडक पेटीमा सवारीसाधन पार्किङ… पुरा पढौ