आर्थिक 📈

दाङका किसानले मह बिक्रीबाट गरे करिब १३ कराेडकाे आम्दानी

देउखुरी, १८ असोज । दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागु गरिएको छ । घोराही उपमहानगरपालिका– ११ डोक्रनाका प्रेमबहादुर चौधरीले व्यावसायिकरूपमा माहुरी पाल्न थालेको १९ वर्ष भयो । घोराहीमा रहेको मानव कल्याण तथा वातावरण… पुरा पढौ

३ हजार ७ सय ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बीमा अभियान

काभ्रेपलाञ्चोक, १६ असोज । रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात सय ज्येष्ठ नागरिकको बीमा गर्न अभियान सञ्चालन गरेको छ । निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको बाह्रैवडामा अभिकर्तासमेत परिचालन गरिएको छ । गाउँपालिकाले प्रत्येक वडामा एक अभिकर्ता परिचालन गरी कार्यक्रम सुरु गरेको हो । हाल जनगणना, २०७८ को प्रारम्भिक तथ्याङ्कमा सूचीकृत भएका गाउँपालिकाको तीन हजार सात सय ज्येष्ठ नागरिकलाई कार्यक्रममा समेटिने जनाइएको छ । “ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका छौँ, सबै वडाका तीन हजार… पुरा पढौ

५० हजार बढी खसीबोका निर्यातबाट ६० करोड आम्दानी

सुर्खेत भेरीगङ्गा, १६ असोज। कर्णाली प्रदेशबाट यो वर्ष दसैको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका खसीबोका र भेडाच्याग्रा निर्यात हुँदा रु ६० करोडभन्दा बढी रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए। उनले भने, “स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई आकर्षित गर्ने प्रयास गरेकाले पनि पशुपालन व्यवसाय बढेका छन्, त्यसैले उत्पादन पनि बढेको छ ।” अहिले प्रदेशका चारबटा… पुरा पढौ

तामाखानीले घेरिएको नर्जाखानी गाउँ, उत्खनन् गर्न जरुरी

ढोरपाटन, १६ असोज । निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खनन् गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ । “यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर थुप्रै खाडल छन्, खाडल पुर्खाहरूले तामा निकाल्दा बनेको हो, गाउँ नै तामाखानीले भरिए पनि… पुरा पढौ

राष्ट्र बैंकद्वारा अर्को व्यवस्था नभएसम्म मनिचेन्जरको नयाँ इजाजत बन्द

काठमाडौं, १६ असोज । नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाहेकका अन्य स्थानमा ‘मनिचेन्जर’को नयाँ इजाजत बन्द गरेकाे छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजत प्रदान गने सम्बन्धी कार्य बन्द गरिएको जनाएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८… पुरा पढौ

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

वासिङ्टन, १५ असोज । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकका युरोप तथा मध्य… पुरा पढौ

नेपाल लाइफ, नेशनल र एशियन लाइफले गरे लाभांशकाे प्रस्ताव

काठमाडौं, १५ असाेज । नेपाल लाइफ इन्स्याेरेन्स, नेशनल लाइफ इन्स्याेरेन्स र एशियन लाइफ इन्स्याेरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुकाे लागि लाभांश प्रस्ताव गरेका छन् । बीमा समितिबाट बीमांकिय मूल्यांकन अनुमाेदन भएपछि सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् । सिमितिबाट ८ वटा कम्पनीकाे बीमांकिय प्रतिवेदन अनुमाेदन गरिएकाे भएपनि हालसम्म यी तीनवटा कम्पनीले मात्रै लाभांश प्रस्ताव गरेका हुन । समितिका अनुसार १९ जीवन बीमा कम्पनीहरुमध्ये बीमांकिय प्रतिवेदन अनुमाेदन भएका ८ वटा इन्स्याेरेन्सहरु नेशनल लाइफ इन्स्याेरेन्स, मेट लाइफ इन्स्याेरेन्स,… पुरा पढौ

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याइदै

काठमाडौं, १५ असोज । सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन । सोही प्रावधान नभएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकेको थिएन । निजी क्षेत्रसमेतलाई विद्युत् व्यापारमा सहभागी गराउने लक्ष्यका साथ सरकारले सो ऐनलाई संशोधन गर्ने उपयुक्त उपायको रुपमा अध्यादेश जारी गर्न लागेको हो । अध्यादेश राष्ट्रपति कार्यालयमा पुगीसकेको छ । ऊर्जा,… पुरा पढौ

भोटेचौरका २५ युवाको यस्तो छ व्यवसायिक कृषि फर्म

सिन्धुपाल्चोक, १५ असोज । पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन् । कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अर्गानिक कृषि फार्म सञ्चालन गरिरहेका छन् । राजधानी काठमाडौँसँगै जोडिएको मेलम्ची नगरपालिका भोटेचौरमा सिन्धु एकीकृत अग्र्यानिक कृषि फार्म तथा फार्मस्टे सञ्चालनमा छ । ८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफूल, मौसमी तथा बेमौसमी तरकारीका साथै गाई, बाख्रा र स्थानीय जातका कुखुरा पालिएको… पुरा पढौ

कुँडहर सहकारीले मनायाे १५औं स्थापना दिवस

पोखरा, १५ असोज । पोखरा १० स्थित कुँडहर बचत तथा ऋण सहकारी संस्थाले १५ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा सहकारीले कुँडहर आधारभूत विद्यालयका १२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै अस्पताल चोकमा रहेको प्रहरी बिटलाई सात थान प्लाष्टिक कुर्ची सहयोग गर्ने भएको छ । २८ जना शेयर सदस्यबाट शुरु भएको सहकारीमा हाल दुई हजार ६ सय बढी शेयर सदस्य आवद्व रहेका छन् । ‘निकै संघर्षका साथ आजको अवस्थामा आइपुग्याै‌, सहकारीका अध्यक्ष विश्वबन्धु… पुरा पढौ