आर्थिक 📈

भारतबाट फेरि घटेर आयो इन्धनको मूल्य

काठमाडौं, ३१ भदौ । भारतीय आयल निगम आईओसीले फेरि पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ । आज नेपाल आयल निगमलाई प्राप्त भएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा तथा डिजेलमा ४२ पैसा घटेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको निगमका सह प्रवक्ता पुष्कर कार्कीले सफलआवाजलाई बताए । उनले भने, 'भारतबाट पेट्रोल, डिजेल र हवाई इन्धनमा क्रमश: ६ रुपैयाँ ५५ पैसा, ४२ पैसा र १ रुपैयाँ घटेर आएको छ । यो मूल्य अनुसार निगमको… पुरा पढौ

नेप्से परिसूचक १९१०.३८ विन्दुमा झर्याे

कठमाडौं, ३१ भदाै । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार पनि सेयर बजारको ओरालोको यात्राले निरन्तरता लिएको छ । अघिल्लाे दिन बैंकहरूमा ब्याजदर बढाउने बैंकर्स संघकाे निर्णय भएसंगै त्यसकाे प्रभाव यसदिनकाे काराेबारमा देखिएकाे छ । नेप्से परिसूचकसंगै यसदिन कारोबार रकममा पनि कमि भएको छ । नेप्सेमा भईरहेको यसप्रकारको उल्टो दौडले अन्ततः लगानीकर्ताको मनोबल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा झरेको छ । नेप्सेमा ०.७३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.२३ अंकले… पुरा पढौ

प्रि-ओपन सेसन : नेप्से ३.४३ अंकले घट्याे

काठमाडौं, ३१ भदाै । साताकाे सेयर काराेबार हुने छैंटाै दिन शुक्रबार नेपाली सेयर बजारकाे शुरूआत सुखद् भएन। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घटेको छ । यसरी घटेकाे नेप्से परिसूचक १९२१.०५ विन्दुमा झरेको छ । नेप्सेका अनुसार याे सेसनमा १६ लाख ६१ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस सेसनमा १९ कम्पनीको सेयर काराेबार भएकाे छ । ३७ सय २९ कित्ता सेयरकाे खरिदबिक्री भएकाे छ । प्रि-ओपन सेसनमा ४१ वटा कम्पनीकाे सेयर कारोबार भएको छ । २ कम्पनीकाे… पुरा पढौ

सुनचाँदीको भाउ घट्याे

काठमाडौं, ३१ भदाै । लगातार सुनचाँदीकाे भाउमा गिरावट भएकाे छ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार छापावाल सुनको भाउमा एकैदिन १ हजार रुपैयाँले घटेकाे छ । चाँदीमा रूपैयाँ १० ले गिरावट भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १००० ले घटेर तोलाको ९१ हजार ५०० रुपैयाँमा झरेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १००० ले गिरावट भई तोलाको ९१ हजार रुपैयाँमा… पुरा पढौ

पिपुल्स हाइड्रोकाे सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, ३१ भदाै । पिपुल्स हाइड्रोपावरले आजदेखि ३२ लाख कित्ता सेयर निष्काशन गर्न गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेकाे हो। जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले प्रतिकित्ता रु १०० अंकित दरकाे ३२ लाख कित्ता सेयर निष्काशन गरिएकाेमा आयोजनाबाट अति प्रभावित क्षेत्र मानिएकाे दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानियका लागि ९ लाख ६० हजार कित्ता रहेकाे छ । यस्तै लमजुङ्ग जिल्लावासिका जनताका लागि २२ लाख ४० हजार कित्ता रहेकाे… पुरा पढौ

माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब लगानी

काठमाडौं, ३१ भदौ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब ३४ करोड बराबर को लगानी गर्ने भएका छन् । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको सो परियोजनाको कूल लागत २ खर्ब १४ अर्ब ८६ करोड बराबर रहेको छ । आन्तरिक ऋण लगानीसम्बन्धी सम्झौतामा समेत हस्ताक्षर भएको छ । लगानीसम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सहवित्तीयकरणका अगुवाइ गर्ने एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम तथा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लगानी कोषका… पुरा पढौ

चालु आर्थिक वर्षकाे साउनमा ९२ अर्ब रेमिट्यान्स भित्रियाे

काठमाडौं, ३० भदाै । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा ९२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको जनाएकाे छ। राष्ट्र बैंकको मासिक तथ्यांकले साउन महिनामा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको देखाएकाे हाे। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब २१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो।… पुरा पढौ

सिक्लेस हाइड्रोपावरकाे सेयरमा पर्यो ७.६२ गुणा बढी आवेदन

काठमाडौं, ३० भदाै‌ । सिक्लेस हाइड्रोपावरले बिक्रीमा ल्याएकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा ७ लाख ६ हजार ६४३ वटा आवेदन परेको हो । बिहिबार बेलुका ५ वजेसम्म ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको ८० लाख ६६ हजार १४० कित्ता सेयर माग गरिएकाे छ । यो माग सर्वसाधारणका लागि बिक्री गिरने १० लाख ५८ हजार कित्ता सेयरकाे ७.६२ गुणा बढी हाे । कम्पनीले… पुरा पढौ

बैंकको ब्याजदर बढाउने निर्णयसँगै नेप्सेमा उल्लेख्य गिरावट

काठमाडौं, ३० भदौ । दुई दिन लगातार सकारात्मक लयमा गएको सेयर बजार तेश्रो दिन आजसम्म आउँदा फेरि नकारात्मक लयमा गएकाे छ । यसिकाे मुख्य कारण ब्याजदर नै रहेकाे छ। साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा भारि मात्रामा भएकाे यस प्रकारकाे नकारात्मक प्रभावले सेयर लगानिकर्ताको मनोबल पनि घटाएको छ । बैंकहरुले ६ महिना पहिले गरेको सहमतिलाई अब भने तोड्ने अवस्था आएकोले त्यसको प्रत्यक्ष प्रभाव देखिएको हो । आज बिहान मात्रै नेपाल बैंकर्स संघको बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र… पुरा पढौ

बन्द रहेका रसुवागढी र तातोपानी दुवै नाका खुले

काठमाडौं, ३० भदौ । बन्द रहेका रसुवागढी र तातोपानी नाका खुलेका छन् । कोरोना संक्रमण बढेको भन्दै करिब एक महिनाअघि चीनले एकतर्फी रुपमा बन्द गरेका यी दुई नाका आजदेखि फेरि सञ्चालनमा आएका हुन् । केही दिनअघि नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुले भ्रमणका क्रममा बन्द रहेका ती नाका खोल्ने आश्वासन दिएका थिए । उनको यो आश्वासन लगत्तै रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएका हुन् । यीमध्ये रसुवागढी नाका गत साउन २५ गते देखि तथा तातोपानी नाका गत साउन… पुरा पढौ