आर्थिक 📈

माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मछुवारकाे मनग्ये आम्दानी

भजनी, २० भदौ । कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएकी हुन् । मञ्जु मात्रै होइन उनको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उनको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ । “पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री… पुरा पढौ

सुनचाँदीको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २० भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १०० ले बढेर तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १०० ले बृद्धि भएर तोलाको ९३… पुरा पढौ

सिद्धार्थ बैंकले पनि सी–आस्बा सेवाबापतकाे शुल्क नलिने

काठमाडौं, २० भदाै । पछिल्ला दिनहरुमा सी–आस्बा शुल्क नलिने बैंकहरु थपिन थालेका छन् । यसैक्रममा सिद्धार्थ बैंकले पनि सी–आस्बा सेवावापतकाे शुल्क नलिने घाेषणा गरेकाे छ। सिद्धार्थ बैंककाे सी–आस्बा सेवा निःशुल्क गर्ने जानकारी गराएपछि याे सेवा दिने बैंकहरुको संख्या ७ पुगेको छ।  बैंकले एक सूचना प्रकाशित गरेर सी–आस्बा सेवा निःशुल्क गरेकाे जानकारी दिएकाे हाे। याे सुविधापछि सिद्धार्थ बैंकका खातावाला ग्राहकले सेयरमा आवेदन पेश गर्दा सी–आस्बा शुल्क तिर्नुपर्दैन ।  यसअघि धितोपत्र बोर्डले सी–आस्बा सेवा प्रदान गरेबापत अधिकतम १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था… पुरा पढौ

खप्तड लघुवित्तकाे सेयर बाँडफाँड बिहान १० वजे हुँदै

काठमाडौं, २० भदाै । खप्तड लघुवित्त वित्तीय संस्थाकाे सेयर आज बाँडफाँड हुँदैछ। कम्पनीले भदौ ८ गते देखि १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता निष्काशन गरेको थियाे । साेहि सेयर आज बिहान १० वजे बाँडफाँड गर्न लागेकाे संस्थाले जानकारी दिएकाे छ । लघुवित्तको सेयर काठमाडौं कमलादीमा रहेकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरिने भएको हो । निष्काशन गरिएकाे कुल १ लाख ३२ हजार कित्तामा २ हजार कित्ता कर्मचारीहरुका लागि रहेकाे… पुरा पढौ

प्रभु र सेञ्चुरी बैंकलाई दियाे राष्ट्र बैंकले मर्जरकाे स्वीकृति

काठमाडौं, २० । प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरकाे स्वीकृति दिएकाे छ । राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी बैंकलाई गाभ्नका लागि सैद्धान्तिक स्वीकृति दिएकाे हाे । राष्ट्र बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले साे स्वीकृति दिएपछि दुबै बैंक एक हुने भएका हुन् । तत्काका लागि दुई बैंकबीच १ बराबर १ काे रेसियाेमा गाभिने सम्झौता भएको छ। दुबै बैंक गाभिएपछि प्रभु बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नै नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)… पुरा पढौ

७ दिनभित्र कर नबुझाउने क्यासिनोलाई कारबाही गरिने

काठमाडौं, २० भदाै। काठमाडौं महानगरपालिकाले ७ दिनभित्र बक्यौता कर बुझाउन ७ वटा क्यासिनोलाई सूचना जारी गरेको छ । पटकपटक कर बुझाउन ताकेता गरिए पनि होटल म्यारियटमा रहेको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलको क्यासिनो र्याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ इन्टरटेनमेन्टले कर बुझाएका छैनन् । होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोले नबुझाएको भन्दै सात दिनभित्र कर बुझाउन तोकता दिइएको हो महानगरले ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५÷०७६… पुरा पढौ

उद्योगी व्यवसायीको भरोसा अर्जुन प्यानल, व्यापार इक्युवेसन सेन्टर निर्माण गर्ने घोषणा

पोखरा, १९ भदौ । पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ । चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिश्पर्धाका लागि तयार रहेका अर्जुन पोखरेल नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेका छन् । पोखरा ४ का आनन्द ताङ्वे पोखरेल प्यानल पोखरेली उद्योगी व्यवसायीको साझा उम्मेद्वार भएको बताउँछन् । ‘व्यवसायीको दुखमा साथ दिने नेतृत्व चाहिएको छ । त्यो टीम पोखरेलले बनाउनुभयो,’… पुरा पढौ

अधिकतम उद्योगी व्यवसायीको समर्थन पवन प्रजापति समूहलाई

पोखरा, १९ भदौ । उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने प्रतिबद्धतासहित उनीहरुको घरदैलोमा पुगिरहेको पवनकुमार प्रजापति सहितको टोलीलाई मतदाताहरुको अधिकतम समर्थन मिलेको छ । मतदाता उद्योगी व्यवसायीहरुले आफ्नो नेतृत्वको समूहलाई अत्याधिक विश्वास गरेको अध्यक्ष प्रत्यासी प्रजापतिको दाबी छ । आईतबार घरदैलोको क्रममा प्रजापति र उनको समूह प्रस्यांंग, जिरोकिलोमिटर, मालेपाटन, मासबार, रत्नचोक, राष्ट्रबैंकचोक, मुस्तांगचोक लगाएतका स्थानमा पुगेर उद्योगी व्यवसायीहरुलाई भेटेर आफ्नो पक्षमा मत मागेका थिए । संघमा क्रमैसँग आएको नेतृत्व र परिस्कृत सोँचसहितको नयाँ पुस्ताका सदस्य पदाधिकारीहरुको उत्कृष्ट समूह भएकोले उद्योगी व्यवसायीहरुले… पुरा पढौ

यस्ताे छ एनआईसी एशिया बैंककाे मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने योजना

काठमाडौं, १९ भदाै । एनआईसी एशिया बैंकले चाडपर्वहरुलाई लक्षित गरेर विशेष आकर्षक योजना सार्वजनिक गरेकाे छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेले साे याेजनाकाे जानकारी गराएका छन् । सहज एवं सबल बैंकिङ्गको मूल सिद्धान्तअनुसार गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेकाे बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक… पुरा पढौ

साउनमा स्मार्ट वाच आयातमै बाहिरियो ४ करोड

काठमाडौं, १९ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात् साउनभरमा नेपालबाट स्मार्ट वाच आयातका लागि करिब ४ करोड रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय तथ्याङ्क अनुसार साउन महिनामा विश्वका विभिन्न देशबाट ३ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको ३७ हजार २९१ थान स्मार्टफोन आयात भएको छ । तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी राष्ट्र चीन र भारत सहित अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, पोर्चुगल, कतार, यूएई र अमेरिका गरी विश्वका १०… पुरा पढौ