आर्थिक 📈

खप्तड लघुवित्तकाे सेयर बाँडफाँड साेमबार, कतिले पाउलान् ?

काठमाडौं, १९ भदाै । खप्तड लघुवित्त वित्तीय संस्थाकाे सेयर साेमबार बाँडफाँड गरिने भएकाे छ । कम्पनीले भदौ ८ गते देखि १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता निष्काशन गरेको थियाे । साेहि सेयर साेमबार बिहान १० वजे बाँडफाँड गरिने संस्थाले जानकारी दिएकाे छ । लघुवित्तको सेयर काठमाडौं कमलादीमा रहेकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरिने भएको हो । निष्काशन गरिएकाे कुल १ लाख ३२ हजार कित्तामा २ हजार कित्ता कर्मचारीहरुका… पुरा पढौ

असोज महिनादेखि शुक्रबार सेयर काराेबार बन्द हुने

काठमाडौं, १९ भदाै । हाल शुक्रबार पूर्वान्ह ११ वजेदेखि दिउँसाे १ वजेसम्म दुइ घन्टा खुल्दै आएकाे सेयर बजार असोज महिनाबाट काराेबार बन्द हुने निर्णय भएकाे छ ।  शुक्रबार सेयर बजार पहिले जस्तै बन्द गर्ने निर्णय भएकाे नेप्सेले जनाएकाे छ । आज बसेकाे सञ्चालक समितिको बैठकले असाेज महिनादेखि सेयर बजारकाे शुक्रबारकाे काराेबार नहुने निर्णय भएकाे प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बताए ।  गएकाे जेठमा सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिएकाेमा व्यापक आलाेचना भएकाे र त्यसबाट सकारात्मक… पुरा पढौ

गाउँमै छुर्पी उद्योग खुलेसँगै दूधको बिक्री बढ्यो, किसान उत्साहित

म्याङुलुङ, १९ भदौ । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् । घ्यू मात्र उत्पादन गर्दै आएका किसान गाउँमै खुलेको छुर्पी उद्योगले दूध खरिद गर्न थालेपछि उत्साहित भएका छन् । किसानले आम्दानीका लागि पशुपालन व्यवसाय रोज्न थालेका छन् । गाउँमा छुर्पी उद्योग सुरु हुनुअघि अधिकांस किसानले घ्यू मात्रै उत्पादन गर्ने गर्थे । त्यति मात्रै होइन, उनीहरु टाढा टाढासम्म दूध बिक्री गर्न लैजान बाध्य… पुरा पढौ

ठगी गर्ने एजेन्टलाई खोजी खोजी कारबाही गरिन्छ: श्रममन्त्री

काठमाडौं, १९ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउँदा ठगी गर्ने एजेन्टलाई खोजी खोजी कारबाही गर्ने बताएका छन् । आज उक्त मन्त्रालयको कल सेन्टरमा प्राप्त श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले यस्तो बताएका हुन् । सरकारले शून्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेन्टहरुले श्रमिकलाई ठगी गर्ने गरेकोले उनीहरुलाई खोजी खोजी कारबाही गरिने बताएका हुन् । कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजीकरण गर्ने भन्दै ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्न समेत नसकिएको बताए। ‘श्रमिकहरुबाट… पुरा पढौ

नेप्सेमा ६.६८ अंककाे वृद्धि, कारोबारमा रिडी हाइड्रोपावर अब्बल

काठमाडौं, १९ भदौ । लगातार ओरालाले लाग्दै आएको सेयर बजारमा आज भने सकारात्मक दृश्य देखिएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा लगानीकर्तामा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा चढेको छ । नेप्सेमा ०.३४ प्रतिशतले वृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५७ अंकले बढेर ३८३.७७ विन्दुमा पुगेको छ । यसदिन कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । २८ लाख ७६ हजार २८८ कित्ता सेयरको खरिद/बिक्रीबाट… पुरा पढौ

भोजपुरको अकबरे खुर्सानी काठमाडौंमा, कृषकको आम्दानी बढ्दै

भोजपुर, १९ भदौ । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । यहाँ उत्पादन भएका अकबरे खुर्सानी, तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँलगायत सहरमा पुग्न थालेका छन् । सडकको सहज पहुँच भएका स्थानका… पुरा पढौ

बढ्याे सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, १९ भदौ। साताको सुनचाँदीको कारोबार हुने पहिलो दिनमा नै आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाल सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ६०० ले बढेर तोलाको ९३ हजार ६०० कायम भइ काराेबार भइरहेकाे छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ६०० ले बृद्धि भएको छ । यसरी बढेको तेजाबी सुन… पुरा पढौ

यस कारण घट्दैछ जुटखेतीमा किसानको आकर्षण

इटहरी, १९ भदौ । तराई-मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो… पुरा पढौ

पुनर्बीमा कम्पनीकाे सेयर आजदेखि दोस्रो बजारमा कारोबार

काठमाडौं, १९ भदाै। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे सेयरमूल्य आईतबारबाट नेपाल स्टक एक्सचेन्जमा समायोजन भइ नयाँ मूल्य निर्धारण भएको छ। कम्पनीकाे साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज भएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेकाे हाे। नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनस सेयर समायोजन भएकाे हो। सेयरमूल्य समायोजनपछि कम्पनीको सेयरमूल्य ६६१ रुपैयाँ ९० पैसा भएको छ। समायोजित मूल्यका आधारमा आजै दोस्रो बजारमा सेयर कारोबार खुल्दैछ। कम्पनीकाे शुक्रबार प्रतिकित्ता ६९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। साे सेयरमूल्यकाे आधारमा नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गरेको… पुरा पढौ

मनोनयन दर्तापछि झनै उत्साह बढ्यो : पाेखरेल समूह

पोखरा, भदौ १८ । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलले शुक्रबार मनोनयन दर्ता गरेको छ । ३४ औं महाधिवेसनका लागि पोखरेलले सबै पदमा उम्मेद्वार तयार गरेका छन् । उम्मेद्वारी औपचारिक रुपमा दर्ता गरेपछि अभियानमा झनै उत्साह थपिएको प्यानलका उम्मेद्वारहरु बताउँछन् । ‘पहिले सहायक पदका लागि उम्मेद्वारी दिएर चुनावमा होमिएको थिएँ । अहिले नेतृत्वका लागि तयारी गरेको छु,’ अध्यक्षका उम्मेद्वार पोखरेलले भने, ‘टीम लिएर मनोनयन दर्ता गरेपछि उत्साह बढेको छ । चुनाव जित्ने विश्वास थपिएको छ ।’ गण्डकी… पुरा पढौ