आर्थिक 📈

ओरालो लाग्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २६ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । छापावाल सुनमा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५०० ले घटेर तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९७ हजार १०० रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९६ हजार १०० रुपैयाँ कारोबार भईरहेको छ । बुधबार तेजाबी… पुरा पढौ

४ दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगायाे आशा

काठमाडौं, २६ साउन । आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला ? डोटीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ । विकास र समृद्धिको सपनामा झण्डै ४० वर्षदेखि पश्चिम सेतीको बहाव हेर्दै बसेका त्यस क्षेत्रका नागरिक यतिखेर खुसी छन् । अब आयोजना बन्ला भन्ने आशा उनीहरुमा पलाएको छ । एउटा सपनाजस्तै ठानिएको सो परियोजना नितान्त नयाँ स्वरुपमा अघि बढ्ने कुराले सिंहदरबार आसपासमा चर्चा पाएपछि डोटी, डडेल्धुरा र अछामका जनतामा केही आशा पलाएको हो । सो आयोजना बन्ला… पुरा पढौ

चीनद्वारा अनुदान सहयोगमा केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा

काठमाडौं २६ साउन । छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेएका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गरेका हुन् । चीनको चिङ्दाओमा नेपाल चीन द्विपक्षीय वार्ता भएको हो । सो वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृत्लिगायतका विभिन्न क्षेत्रका सहयोगलाई थप प्रवद्र्धन गर्ने सहमती भएको… पुरा पढौ

धौलागिरी लघुवित्तकाे सेयरमा आवेदन दिनेकाे चाप मागभन्दा ३५.०५ गुणा बढी

काठमाडौं २५ साउन । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमा आवेदन दिनेकाे संख्या अप्रत्यासित रुपमा बढेकाे छ । सेयर निष्काशन भएकाे दाेश्राे दिन बुधबार बेलुकासम्म संस्थाकाे सेयरका लागि १ अर्ब ८ करोड ४२ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको सीडीएसले जनाएकाे छ । बुधबार बेलुकासम्म ९ लाख ५६ हजार ३१६ आवेदकले १ करोड ८ लाख ४२ हजार ९३० कित्ताका लागि आवेदन दिएका छन् । लागनीकर्ताकाे यो आवेदनकाे माग निष्काशन गरिएकाे भन्दा ३५.०५ गुणाले बढी हो ।  लघुवित्तले मंगलबार साउन २४… पुरा पढौ

काठमाडौं महानगरकाे बजेट खर्च ४४.२४ प्रतिशत, स्वीकृत कार्यक्रम कार्यान्वयन हुनुपर्छ : प्रमुख शाह

काठमाडौं, २५ साउन । गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८÷७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । गत आर्थिक वर्षका लागि कामपाले रु १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो । जसमा रु सात अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ खर्च भएको छ । बैठकमा कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका… पुरा पढौ

२०५७.६८ विन्दुमा झर्यो नेप्से, कारोबार रकम २ अर्ब नाघेन

काठमाडौं, २५ साउन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । नेप्सेमा दोहोराे अंकको गिरावट भएको छ भने कारोबार रकमा पनि निकै कमि आएको छ । आजको कारोबार रकम २ अर्ब नाघ्न सकेन । उता लगानीकर्ताहरुले भने सेयर बजारकाे उपयुक्त सकारात्मक लय पर्खिरहेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ५.११ अंकले अंकले बढेर २०५७.६८ विन्दुमा झरेको छ । नेप्सेमा ०.२५ प्रतिशतले गिरावट भएको हो । सेन्सेटिभ इण्डेक्स १.६९ अंकले घटेर… पुरा पढौ

बरुण हाइड्रोले भदौ ६ गतेदेखि हकप्रद सेयर बिक्रीमा ल्याउने

काठमाडौं, २४ साउन। बरुण हाइड्रोपावर कम्पनीकाे २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागिएकाे छ। कम्पनीले भदौ ६ गतेदेखि १ः१ काे रेसियाेमा हकप्रद सेयर बिक्रीमा ल्याउने भएकाे हाे। कम्पनीकाे प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यकाे २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री गरिने भएकाे हो । यसैकाे प्रयाेजनकाे लागि कम्पनीले साउन २ गते बुक क्लोज गरेकाे थियाे। लगानीका लागि सेयरधनीहरु साउन १ गतेसम्म कायम भएकाे हुनुपर्ने छ। साे मितिसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार… पुरा पढौ

प्रि ओपन सेसन : नेप्से परिसूचक १.५८ अंकले बढ्यो

काठमाडौं, २५ साउन । नेपाली सेयर बजारकाे बुधबारकाे प्रि-ओपन सेसन सकारात्मक देखिएकाे छ । यस सेसनमा नेप्से परिसूचक १.५८ अंकले बढेको पाइएकाे छ । यसरी बढेकाे सूचक २०६४.३८ विन्दुमा चढेकाे छ । यस समयमा ७ लाख ९९ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीहरुको ७१६ कित्ता सेयर खरिदबिक्री भएकाे छ । यो सेसनमा २९ वटा कारोबार भएको छ । ११ वटा कम्पनीहरुको सेयरमूल्य बढेको छ । ६ वटा कम्पनीकाे सेयरमूल्य भने घटेको छ ।  पुरा पढौ

सुन तोलाको ९७ हजार १०० पुग्यो, चाँदीमा गिरावट

काठमाडौं, २५ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ २०० ले बढेको छ भने चाँदीमा रुपैयाँ १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ २०० ले बढेर तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको जानकारी दिएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ २०० ले बढेर तोलाको ९६ हजार ६००… पुरा पढौ

नागरिक लगानी कोषको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, २५ साउन । नागरिक लगानी कोषको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरणकाे प्रयाेजनका लागि काेषले बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन गरी आज नयाँ मूल्य कायम भएकाे हाे । काेषको ३० प्रतिशत बोनस सेयर समायोजन गरिएकाे छ । समायोजनपछि सेयरमूल्य २ हजार २१४ रुपैयाँ ६२ पैसा कायम निर्धारण भएको छ । नेपाल स्टक एक्सचेन्जले काेषकाे अघिल्लाे दिनकाे कारोबार भएकाे अन्तिम मूल्यलाइ आधार बनाएर सेयरमूल्य समायोजन गरेको हो। मंगलबार सेयर प्रतिकित्ता २ हजार ८७९ रुपैयाँमा अन्तिम कारोबार… पुरा पढौ