आर्थिक 📈

सुनकाे भाउ तोलाको ९५ हजार ६०० पुग्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं, १३ साउन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ८०० तथा चाँदीमा रुपैयाँ ३५ ले वृद्धि भएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ८०० ले बढेर तोलाको ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअिघ बिहिबार छापावाल सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार तेजाबी… पुरा पढौ

आईएमएफले भन्यो : नेपाल श्रीलंकाको बाटोमा छैन

काठमाडौं, १३ साउन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल श्रीलंकाको बाटोमा नरहेको बताएको छ। नेपालको अर्थतन्त्र र विकास साझेदारहरु बलिया रहेकाले नेपाल सहज अवस्थामा रहेको आईएमएफको भनाइ छ। बिहीबार अमेरिकी दूतावासले गरेको ‘व्यापार तथा लगानी सहजीकरण' कार्यशालामा बोल्दै आईएमएफकी नेपाल प्रतिनिधि मारिया टेरेसाले उक्त कुरा बताएकी हुन्। ‘‘नेपाल निकै बलियो अवस्थामा छ। कुल गार्हस्थ उत्पादनको ४० प्रतिशतमात्र ऋण छ। यो राम्रो हो। सरकारले ल्याएको वित्तिय नीति तथा मौद्रिक नीति सही दिशातर्फ गइरहेको छ,’ टेरेसाले भनिन्, ‘नेपाललाई विकास साझेदारहरूको महत्वपूर्ण… पुरा पढौ

कोभिड प्रभावित विपन्नलाई २७ लाख राहत वितरण

दमौली, १३ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ । सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले छवटै वडाका कोभिड प्रभावित परिवारलाई राहत वितरण सुरु गरेको हो । आर्थिक वर्ष ०७८÷७९ मा सङ्घ सरकारबाट प्राप्त भएको रु २७ लाख राहत रकम वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए। उपाध्यायका अनुसार गाउँपालिकाभित्रका दुई सय ७० जनालाई रु दश हजारका दरले राहत वितरण गरिनेछ । कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका, समस्यामा परेका व्यक्ति… पुरा पढौ

अब वैदेशिक रोजगारीमा गएका श्रमिक सेयर बजारको मालिक बन्ने, सेयर आरक्षण नीति तय

काठमाडौं, १२ साउन । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पनि धितोपत्रको कारोबारमा जोड्ने भएको छ । विशेषगरी विप्रेषणलाई वैधानिक तबरले भित्र्याउने तथा त्यसबाट थप पूँजीको विस्तार गर्ने लक्ष्यका साथ बोर्डले प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत बराबरको सेयर आरक्षण गर्ने नीति तय गरेको छ । त्यसका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गर्ने भएको छ । बोर्डको चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश हमालले विप्रेषण पठाउने श्रमिकको हितका लागि यस्तो नीतिको प्रबन्ध… पुरा पढौ

स्पञ्ज आइरन आयातमा छुटका कारण राजस्व वृद्धि

काठमाडौं, १२ साउन । सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि राजस्वमा सङ्कलनमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार सरकारले स्पञ्ज आइरन आयातमा छुट दिएपछि राजस्व सङ्कलनमा वृद्धि भएको हो । तथ्याङ्कअनुसार अघिल्लो आव २०७७/७८ को एक वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट १९ करोड १५ लाख ९५ हजार १७० किलो स्पञ्ज आइरन आयात गरिएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत आर्थिक वर्ष २०७८/७९ का लागि प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा… पुरा पढौ

२१२७.४२ विन्दुमा उक्लियो नेप्से परिसूचक, वर्षकै उच्च कारोबार

काठमाडौं, १२ साउन । अघिल्लो दिन सकारात्मक यात्रामा गएर लगानीकर्तालाई उत्साही बनाएकाे सेयर बजार लगातार आज पनि दोहोरो अंकले उकालो लागेको छ । सेयर बजारमा भएकाे दोहोरो अंकको बृद्धिले सेयर बजारकाे माहाेल तातिएकाे छ। बजार बन्द हुनु अघिको अवधिमा लगानीकर्तालाई ढुकचुक बनाएको नेप्सेको परिदृश्यले बजार बन्द हुँदा भने निकै उत्साही बनायो । कारोबार रकम करिब ५ अर्ब भएको छ । यो कारोबार यस वर्षको अहिलेसम्मकै उच्च कारोबार हो । सेयर खरिदबिक्रिमा पनि बृद्धि भएकाे छ । लगातार दोश्रो दिनको सेयर… पुरा पढौ

लाभांश पारित गर्न नागरिक लगानी कोषले बाेलायाे साधारण सभा, बुकक्लाेज कहिले ?

काठमाडाैं, १२ साउन । नागरिक लगानी कोषले लाभांश पारित गर्न भदौ ६ गते साधारण सभा बाेलाएकाे छ । कम्पनीले २७औं वार्षिक साधारण सभा प्रयोजनका लागि साउन २५ गते बुकक्लोज गर्ने भएकाे छ। बिहिबार बसेकाे सञ्चालक समितिको बैठकले बुकक्लोज गर्ने निर्णय गरेको हो। साउन २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा काराेबार भइ कायम भएका सेयरधनीहरूले साधारण सभामा सहभागि हुन पाउनेछन् । साथै उनीहरू लाभांश प्राप्तिका लागि याेग्य मानिने छन् । कम्पनीले भदौ ६ गतेकाे साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने… पुरा पढौ

घरमा ताला लगाएपछि ऋणि विस्थापित,धादिङमा लघुवित्त पिडितले बुझाए प्रशासनलाई मागपत्र

धादिङ, १२ साउन । लघुवित्त संस्थाबाट पीडित भएका स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालयमा पाँच बुँदे मागपत्र बुझाएका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीमा पीडित महिलाले विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई मागपत्र बुझाएका हुन् । लघुवित्तबाट ऋण लिएपछि कहिल्यै तिर्न नसकिने भएको र किस्ता तिर्नुपर्ने दिन पैसा दिन नसके आर्थिक तथा मानिसिकरुपमा यातना दिने गरेको गुनासो पीडितहरुको थियो । सिद्धलेक गाउँपालिका–४ की चमेली मगरले आफ्नो बारी बेचेर ऋण तिर्दा पनि घरमा ताला लगाइदिन्छु भन्दै घलुवित्त संस्थाका व्यक्ति आएर ज्यादती गरेपछि मर्नु कि… पुरा पढौ

गत आर्थिक वर्षमा ५ अर्बकाे विद्युतीय सवारी आयात

काठमाडौं, १२ साउन । नेपालमा गत आर्थिक वर्षमा ५ अर्बभन्दा बढीका १ हजार ८ सयभन्दा बढी विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को समग्र आँकडा अनुसार नेपालमा ५ अर्ब ३२ करोड, ५ लाख ५० हजार रुपैयाँ बराबरका १ हजार ८०७ ओटा विद्युतीय सवारी भित्रिएका हुन्। यी सवारी साधनमा विद्युतीय कार, जीप र भ्यान रहेका छन्। नेपाल भित्रिएका समग्र १ हजार ८०७ विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र चीनबाट ८२३ ओटा आएका छन्… पुरा पढौ

तोलाको ९४ हजार ८ सय पुग्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं, १२ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाल सुनमा एकैदिन ८०० रुपैयाँ र चाँदीमा तीस रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाल सुनमा यसदिन रुपैयाँ ८०० ले बढेर तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको… पुरा पढौ