आर्थिक 📈

बुढीगण्डकी बनाउन कम्पनी स्थापना गर्ने सरकारको निर्णय, यस्तो छ शेयर संरचना

काठमाडौं, १५ असार । सरकारले अन्ततः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी जलाशयुक्त आयोजनालाई कम्पनी मोडलमा निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले सो आयोजना कम्पनी मोडलमा निर्माण गर्नेसम्बन्धी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले गरेको प्रस्ताव पारित गरेको हो । कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने कि विदेशी कम्पनीलाई दिने भन्ने सन्दर्भमा लामो समयसम्म ठोस निर्णय हुन नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन । बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले शेयर संरचनासमेत तयार पारेर… पुरा पढौ

पोखरा विश्वविद्यालयको आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ४६ करोड बजेट स्वीकृत

काठमाडौं, १५ असार । पोखरा विश्वविद्यालयको २२ औं साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटार, काठमाडौंमा सम्पन्न भएकाे छ। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुन्दर नगरी पोखरामा अवस्थित पोखरा विश्वविद्यालय मुलुककै उच्चशिक्षाको एउटा गहना रहेकोले समाजलाई समुन्नत बनाउन र मुलुकलाई विकासको पथमा डोर्याउन यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम नभएसम्म विकासले गति लिन नसक्ने भन्दै प्रधानमन्त्रीले यसको लागि विश्वविद्यालयहरूको भूमिका महत्वपूर्ण रहने बताए। उनले दक्ष… पुरा पढौ

नेप्सेमा लगातार गिरावट, जीवन बीमामा झुम्मिए लगानीकर्ता

काठमाडौं, १४ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन आज मंगलबार पनि सेयर बजारको ओरालोको यात्राले निरन्तरता पायो । सेयर लगानीकर्ताहरु र नियामक निकायबीच १९ बुँदे सहमति भएपछि त्यसको भोलिपल्ट उछाल आएको नेप्सेमा त्यसपछि लगातार ओरालो लागिरहेकाे छ । सेयर बजारले सकारात्मक लय पकड्न नसक्दा लगानीकर्ताहरुको मनोवल घटेकाे छ । अघिलो दिनको तुलनामा कारोबार रकम पनि आधाभन्दा बढीले घटेको छ । नेप्सेमा ११.८२ अंकको गिरावट भई १९२१.३१ विन्दुमा झरेको छ । यस्तै नेप्से ०.६१ प्रतिशतले घट्दा सेन्सटिभ इण्डेक्स ३.२२… पुरा पढौ

अकबरे खुर्सानीबाट ६ करोडभन्दा बढी आम्दानी

भोजपुर, १४ असार । व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ । गएको वर्ष यसै याममा यस गाउँपालिकामा खुसार्नी विक्रीबाट रु छ करोड ५० लाखभन्दा बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताए। उनले भने, “हाम्रो गाउँपालिकाको निकै… पुरा पढौ

मंगलबार सुनचाँदीको भाउ स्थिर रहि कारोबार हुँदै

काठमाडौं, १४ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसदिन साेमबारकै भाउमा काराेबार भईरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन स्थिर रहि तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको ९७ हजार २०० रुपैयाँमा नै कारोबार… पुरा पढौ

अपर हेवाखोला हाइड्रोपावरकाे असार २४ गतेदेखि १५ लाख कित्ता सेयर निष्काशन हुने

काठमाडाैं, १४ असार । अपर हेवाखोला हाइड्रोपावरकाे असार २४ गतेदेखि १५ लाख कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागिएकाे छ । कम्पनीले सर्वसाधारणका साे सेयर निष्काशन गर्न लागेको हो। कम्पनीका अनुशार प्रतिसेयर रू १०० अंकित मूल्य दरकाे १५ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागेकाे बैंकले जनाएकाे छ । कुला सेयरबाट ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । बाँकी रहने १३ लाख ९५ हजार कित्ताका लागि… पुरा पढौ

शुक्लाफाँटा नगरपालिकाले सुरू गर्याे इ-पेमेन्ट सेवा

कञ्चनपुर, १४ असार । शुक्लाफाँटा नगरपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जफावदेही बनाउनका लागि इ–पेमेन्ट (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिधै सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए। “ई–पेमेन्ट सेवा सुरु भएसँगै चेक काट्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ,” उनले भने, “यसका माध्यमबाट सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा दिन सकिनेछ… पुरा पढौ

वैदेशिक रोजगारीमा ठगिएकालाई २ करोड ४ लाख क्षतिपूर्ति

तनहुँ, १४ असार । सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई २ करोड ४ लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी एक सय पाँचमध्ये ५६ घटनाको पूर्ण रुपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ । विसं २०७६ मङ्सिर १ गतेदेखि… पुरा पढौ

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार रकम

काठमाडौं, १३ असार । लगानीकर्ताको आन्दोलन सहमतिमा टुंगिएपछि भएको पहिलो कारोबारको दिन आईतबार नेपाली सेयर बजारमा झण्डै शतकको बढोत्तरी भएपनि त्यसको भोलि पल्टै आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा झरेको छ । नेप्सेमा १.२२ प्रतिशतले गिरावट भएको छ । सेन्सटिभ इण्डेक्स ७.०२ अंकले बढेर ३७५.८२ विन्दुमा पुगेको छ । यसदिन कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । ५६ लाख ४१ हजार ५४० कित्ता सेयरको खरिदबिक्रीबाट… पुरा पढौ

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब… पुरा पढौ