आर्थिक 📈

यस्तो छ नेपाल सरकारले ल्याएकाे आर्थिक वर्ष २०७९/८० को बजेट(पूर्णपाठ)

काठमाडौं, १५ जेठ । नेपाल सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गरे । बजेटमा चालुतर्फ कूल रु सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत बराबर रहने… पुरा पढौ

बजेट २०७९/८० : १७ खर्ब ९३ अर्ब ८३ करोड, यस्तो छ पछिल्ला ६ वर्षको बजेट आकार

काठमाडौं, १५ जेठ । सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षको बजेट चालु आवको भन्दा ठूलो हुने गरी प्रस्तुत गरेका हुन् । अर्थमन्त्री शर्माका अनुसार बजेटमा चालुतर्फ कूल रु सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब ३० अर्ब २२ करोड… पुरा पढौ

सहुलियत कर्जाकाे ब्याज अनुदानमा १३ अर्ब ५९ करोड, स्वच्छ खानेपानीका लागि३७ अर्ब ३५ करोड विनियाेजन

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिन १३ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ । विपन्न, दलित तथा पिछडिएको क्षेत्र, वैदेशिक रोजगारीबाट फर्किएका, लघु साना तथा मझौला, महिला उद्यमीले यस्तो कर्जा पाउने छन् । स्वच्छ खानेपानीका लागि रु ३७ अर्ब ३५ करोड बजेट सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आर्थिक वर्ष २०७९/८० को बजेटमा… पुरा पढौ

नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जनाका लागि ३ अर्ब ४५ करोड विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जनाका लागि रु तीन अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान (बजेट)मा सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगको व्यवस्था मिलाइने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको बजेटमा पूर्वाधार निर्माण मेसिनरी औजार, नवप्रवर्तन प्रवद्र्धन गर्न प्रोत्साहन गरिने, युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केकालाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने र लघु, घरेलु तथा… पुरा पढौ

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’द्वारा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै (लाइभ)

काठमाडौं, १५ जेठ । सरकारले आज (आइतवार) आर्थिक वर्ष २०७९/८० को राजश्व तथा व्ययको अनुमान (बजेट) सार्वजनिक गर्दैछ । संसदको दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेट पेश गर्दैछन् । चालु आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान सरकारले गरेको छ। संघीय संसद्‍मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन । सरकारले आगामी ५ बर्षमा व्यापार सन्तुलन गर्ने लक्ष्य लिएको बताएकाे छ। आगामी आर्थिक वर्ष २०७९/८० को… पुरा पढौ

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घट्यो

काठमाडाै, १५ जेठ । सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८-८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ । कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन सङ्ख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष प्रति पर्यटकको औसत बसाइँ १५.५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८ डलर रहेको छ । यस्तो खर्च सन् २०२१ को… पुरा पढौ

वन क्षेत्रबाट फागुनसम्म २ अर्ब २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं, १५ जेठ । नेपालमा चालू आर्थिक वर्षको आठ महिनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ । नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार चालू आवको गत फागुनसम्म सो परिमाणमा काठ उत्पादन भएको देखिएको हो । यसैगरी गत आवको सोही अवधिमा भने एक करोड ९४ लाख २४ हजार घनफिट गोलिया काठ उत्पादन भएको थियो । यसैगरी चालू आवको आठ महिनामा १० हजार ६७७ चट्टा दाउरा उत्पादन भएको छ भने गत आवको सोही अवधिमा १०… पुरा पढौ

आर्थिक सर्वेक्षण : आर्थिक वृद्धि ५.८४ प्रतिशत, व्यापार घाटा कहालीलाग्दो

काठमाडाैं, १५ जेठ । चालू आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रको वृद्धिदर सामान्य रूपमा सुधार भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा पेश गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार, यस वर्ष नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.२५ प्रतिशत मात्रै थियो । यस वर्षका कोभिड महामारी न्यूनीकरण भएको र उर्जा क्षेत्रको उत्पादन र विस्तारले आर्थिक वृद्धिमा योगदान गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।आगामी आर्थिक वर्षको बजेट… पुरा पढौ

संबृद्धि सहकारीको रक्तदानमा ७४ युनिट रगत संकलन

पाेखरा, १५ जेष्ठ । संबृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिका वडा नंं २६ र २७ का वडाध्यक्ष नरेन्द्र थापा र पूर्णकुमार गुरुङ्गले पहिलो रक्तदाता समिक्षा गिरी र विश्वनाथ त्रिपाठीलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारंभ गरेका थिए । कार्यक्रममा रक्तदान समेत गरेका वडा नं. २६ वडाध्यक्ष थापाले मानव सेवाका सवै कामहरुमा वडाले सहकार्य गर्ने उल्लेख गरे । रक्तदानका बारेमा युवापुस्तामा भ्रम रहेको उल्लेख गर्दै, अध्यक्ष थापाले… पुरा पढौ

सुनचाँदीको भाउ स्थिर रहि कारोबार हुँदै

कठमाडौं, १५ जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदीको भाउ शुक्रबारकै भाउमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ स्थिर रहि तोलाको ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन तोलाको ९७ हजार ५००… पुरा पढौ