आर्थिक 📈

वायुसेवा निगम ६५ वर्षमा प्रवेश, बजार हिस्सा गुमाउँदै, ऋण दायित्व ४७ अर्ब पुग्याे

काठमाडौं, १९ असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ६५ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ । प्रतिष्पर्धी बजारमा हिस्सा गुमाइरहेकाे निगमलकाे ऋण दायित्व रु ४७ अर्ब रहेकाे छ । निगमले हाल अन्तराष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको… पुरा पढौ

मधेस प्रदेश सरकारको बजेटमाथि असार २० देखि छलफल हुने

जनकपुर, १७ असार । मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि असार २० गतेदेखि छलफल हुने भएको छ । मधेस प्रदेशसभाको बैठक असार २० गते सोमबार दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । गत असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६… पुरा पढौ

आइएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याब एण्ड डाइग्नोस्टिक सेन्टर बिच सम्झौता

काठमाडौं, १६ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब एण्ड डाइग्नोस्टिक सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब एण्ड डाइग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहक महानुभावहरुले काठमाडौँ प्याथ ल्याब एण्ड डाइग्नोस्टिक सेन्टर महाराजगंज, काठमाडौँबाट प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त… पुरा पढौ

गरिमा बैंकद्धारा ट्राफिक प्रहरी वृत न्यूरोडलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

काठमाडाैं, १६ असार । गरिमा विकास बैंकले ट्राफिक प्रहरी वृतलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज असार १६ गते बिहिबार एक कार्यक्रम आयोजना गरि ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको हो । बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा कार्यक्रम सम्पन्न गरेको हो । बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यस प्रकारका ट्राफिक जनचेतनामूलक सामाग्री अति नै उपयोगी हुने विश्वास बैंकले राखेको बताइएको छ । हाल,… पुरा पढौ

७४.९३ अंकले बढ्यो नेप्से, २ अर्ब ४५ करोड बढीकाे कारोबार

काठमाडौं, १६ असार । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ । नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ । यसदिन काराेबार रकममा पनि सुधार भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.८२ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १२.६३ अंकले बढेर ३९१.७८ विन्दुमा पुगेकाे छ । कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । ७२ लाख ५४ हजार ७० कित्ता… पुरा पढौ

चालु आर्थिक वर्ष सकिन १६ दिन बाँकी रहदा पूँजीगत खर्च ४० प्रतिशत मात्रै

काठमाडौ, १६ असार । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, अवस्था भने त्यस्तो छैन । सरकारको दैनिक हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १५ गते बुधबारसम्म विकास निर्माणको काममा कूल विनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च भएको पाइएको छ । कार्यालयका… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

कठमाडौं, १६ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९७ हजार ५०० रूपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनको भाउ तोलाको ९७… पुरा पढौ

२२ करोड राजस्व छली गर्ने २७ जनाविरुद्ध मुद्दा दायर, काे हुन साढे ४४ करोड बिगाे माग भएका गिराेह ?

काठमाडौं, १६ असार । राजस्व अनुसन्धान विभागले २२ करोड बढी राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो । मालवस्तु पठाउँदा ढुवानी, साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांशलगायतका राजस्व नतिरेकाले कारबाही गरिएको विभागले जनाएको छ । मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख… पुरा पढौ

भन्सार एजेन्टको नतिजा प्रकाशित

काठमाडौं, १६ असार । भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ। गत वैशाख १७ गते भएको भन्सार एजेन्टको परीक्षाको अन्तिम नतिजा प्रकाशित गरिएको हो । लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए । यसमध्ये ६६० जना नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ । लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो । लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार… पुरा पढौ

बुद्धज्योतीलाई एक्वाएर गरेपछि मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने

काठमाडाैं, १६ असार । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ। बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरेपछि एफपीओ निष्काशन गर्ने भएको हाे । यसका लागि दुबै संस्थाले असार ३१ गते विशेष साधारण सभा आव्हान गरेका छन्। मिर्मिरे लघुवित्तले धुलिखलस्थित होटल सारथी र बुद्धज्योतीले पर्सास्थित केन्द्रिय कार्यालयमा सभा बोलाएको हो छ। दुबै लघुवित्तकाे विशेष साधारण सभा असार ३१ गते पूर्रवान्ह ११ बजे बाेलाएका हुन् । सभाबाट मिर्मिरेकाे बुद्धज्योती लघुवित्तलाई प्राप्त गर्ने प्रस्तावलाइ पारित गरिने भएकाे… पुरा पढौ