आर्थिक 📈

पोखराको सेभेन स्टार फूड मार्टका सेफ उमेशले जिते हस्पिटालिटी अवार्ड

काठमाडाैं, जेठ २८ । नेपाली मौलिक परिकार ८४ व्यञ्जनले राजधानीमा आयोजना गरेको हिमालयन हस्पिटालिटी अवार्ड २०२२ मा सेभेन स्टार फुड एण्ड मार्ट प्रालि तथा सेभेन स्टार रेष्टुरेन्ट एण्ड बार, पोखराका सञ्चालक तथा सेफ उमेश भुवाई हिमालयन सेफ अवार्ड २०२२ विजेता भएका छन् । नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रवद्र्वन गर्ने उद्देश्यले देशभरका सेफहरुबीच आयोजित प्रतियोगितामा प्रथम भएवापत सेफ भुवाईलाई प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले नगद १० हजार रुपियाँसहित अवार्ड प्रदान गरेका छन्। प्रतियोगितामा सेफ पूर्ण, सुवास थापा, उमेश तामाङ र… पुरा पढौ

पूर्वका व्यवसायीलाई अर्थमन्त्रीले भने : स्वदेशी उद्योगलाई अप्ठ्यारो पार्ने नीति छैन

काठमाडौं, २८ जेठ । अर्थमन्त्री जनार्दन शर्मा र पूर्वका उद्योगी, व्यवसायीबीच आगामी आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रवार भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९/८० को बजेटले वायर, घिउतेल र स्यानिटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए । त्यसक्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगिकीकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन… पुरा पढौ

विद्युत् व्यापार शुरु भएकाेमा इपान प्रसन्न, आर्थिक समृद्धि हाँसिल गर्ने मुलुकको सपना साकार हुने

काठमाडौं, २७ जेठ । स्वतन्त्र ऊर्जा उद्यमीहरुको संस्था (इपान)ले लामो प्रयासपछि नेपालको बिजुली भारत निर्यात हुन थालेकामा प्रसन्नता व्यक्त गरेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्नका लागि प्रक्रिया अघि बढाएको र त्यसमा सफलता हासिल गरेकाेमा इपानले स्वागत गरेको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले आज जारी गरेको विज्ञप्ति अनुसार प्राधिकरणको यस कदमले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने मुलुकको बहुप्रतिक्षित सपना साकार हुने अवस्थाको सुरुआत भएको छ । अघिल्लो वर्षायाममा ३९… पुरा पढौ

कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब, १० महिनामा भयाे १४ खर्ब ३१ अर्ब व्यापार घाटा

काठमाडौं, २७ जेठ । चालू आर्थिक वर्ष २०७८÷७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ । कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.७ र ९०.३ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कूल निकासी ५९.८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७३ अर्ब ३५ करोड तथा कूल पैठारी… पुरा पढौ

यूनाइटेड इन्स्योरेन्सका अध्यक्ष रवि भक्त श्रेष्ठद्धारा सपथ ग्रहण

काठमाडौं, २७ जेठ । यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि.को संचालक समितिको नवनियुक्त अध्यक्ष रवि भक्त श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम जेठ २६ गते अध्यक्ष रवि भक्त श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन । यूनाइटेड इन्स्योरेन्सको यहि जेठ २३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट संचालक समितिको अध्यक्ष… पुरा पढौ

सेयर बजारको ओरालोको यात्रा कायमै, कारोबार झर्यो ८९ करोडमा

काठमाडौं, २७ जेठ । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार पनि नेपाली सेयर बजार राताम्मै भएको छ । लगातार ओरोलो लाग्दै आएको नेप्सेमा जेठ २५ गते नवौं दिनपछि ओरालो छोडेर उकालो लागेको थियो । जेठ २६ मा नेप्से राताम्मै भएर लगानीकर्ताको मनलाई खिन्न बनाएको सोहि दृश्य आज काराेबार हुने अन्तिम दिन पनि दोहोरीएको छ । यतिमात्र नभै कारोबार रकममा पनि निकै गिरावट देखिएको छ । यसदिन काराेबार अर्बबाट घटेर ८९ करोडमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन तोलामा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९७ हजार… पुरा पढौ

म्याग्दीमा भित्रिएको दुई तिहाइ बढी विकास बजेट खर्च हुन बाँकी

म्याग्दी, २७ जेठ । चालु आर्थिक वर्ष २०७८/७९ सकिन करिब एक महिना बाँकी रहँदा म्याग्दीमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा म्याग्दीमा सङ्घीयको पुँजीगततर्फ १९.८७ प्रतिशत र प्रदेशको पुँजीगततर्फ ३२.३६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कोष तथा लेखा नियन्त्रक रामभक्त रानाभाटले बिहीबारसम्म सङ्घीयको चालुतर्फ ८२.७८ प्रतिशत र प्रदेशको चालुतर्फ ४८.४१ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । “तलबभत्ता, प्रशासनिक काम र स्थानीय… पुरा पढौ

पेट्रोलमा रू ८, डिजेल र मट्टितेलमा रू १२ ले बढ्याे भाउ, निगमकाे पाक्षिक घाटा रु तीन अर्ब ८९ करोड

काठमाडाैं, २७ जेठ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल/मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १७८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १६५ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । बुधबारसम्म निगमले आइओसीलाई रु २० अर्बभन्दा… पुरा पढौ

सहकारी क्षेत्रमा कर लगाउन गरिएको प्रस्ताव हटाउन माग

काठमाडौं, २६ जेठ । आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्रलाई कर वृद्धिको प्रस्ताव गरिएकोमा सरोकारवाला निकायहरूले हटाउनुपर्नेमा जोड दिएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले आज आयोजना गरेको ‘बजेटमा सहकारी कार्यान्वयन चुनौती’ विषयक कार्यक्रमका वक्ताले अरु क्षेत्रमा करको दर घटाइँदा सहकारी क्षेत्रमा भने वृद्धि गरिएकामा आपत्ति जनाएका हुन् । विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीमा वृद्धि गएिको करप्रति आफू पनि सन्तुष्ट हुन नसकेको बताए। आगामी वर्षको बजेटअघिको छलफलका क्रममा विभागले सहकारी नीति, २०६९ लाई परिमार्जन गरिनुपर्नेलगायत सुझाव मन्त्रालयमा… पुरा पढौ