आर्थिक 📈

नेप्सेमा लगातार गिरावट, ४ अर्ब ४१ करोडकाे काराेबार

काठमाडौं, १० असार । सेयर बजारमा ओरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। पछिल्ला दुई कारोबार दिनदेखि लगातार घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको चौथो कारोबार दिन बुधबार पनि घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक १४.४५ अंकले ओरालो लागेर २६६०.०२ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.६० अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले ओरालो लागेका छन्। कारोबार रकममा सुधार परिसूचक घटे पनि… पुरा पढौ

यी हुन् मौद्रिक नीतिका लागि बैंकर्स संघले दिएका २१ बुँदे सुझाव

काठमाडौं, १० असार। नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकसमक्ष आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि २१ बुँदे लिखित सुझाव बुझाएको छ। संघले कर्जा प्रवाहमा सहजीकरण, ब्याजदर निर्धारण, डिजिटल बैंकिङ सुधार तथा वित्तीय स्थायित्वलाई केन्द्रमा राखेर आफ्ना महत्त्वपूर्ण सुझावहरू पेस गरेको हो। संघका सुझावहरूलाई तीनवटा क्षेत्रमा वर्गीकरण गरेर तल राखिएकाे छ: १. कर्जा, ब्याजदर र क्षेत्रगत लगानीका सुझावहरू विपन्न वर्ग कर्जाको सीमा घटाइनुपर्ने: बैंकहरूले कुल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने विद्यमान व्यवस्थालाई बजारको माग अनुरूप ४… पुरा पढौ

लाभांश पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्याे एजिएम

काठमाडौं, १० असार। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले आफ्नो ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयानुसार उक्त सभा आगामी असार ३१ गते, बुधबार बिहान १०ः३० बजे बालुवाटारस्थित अमरपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट्स प्रा.लि.मा बस्ने गरी तय भएको हो। लाभांश र चुक्ता पूँजी वृद्धि सभाको मुख्य आकर्षणका रूपमा शेयरधनीहरूका लागि लाभांश वितरणको विशेष प्रस्ताव पेश गरिनेछ। इन्स्योरेन्सले हालको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँबराबरको बोनस शेयर जारी गर्ने… पुरा पढौ

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं, १० असार। बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १४ र सवारीसाधनको अवस्था… पुरा पढौ

साढे २५ अर्ब खर्चेर १० हजार ८४५ विद्युतीय गाडी आयात

काठमाडौं, १० असार । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् । उक्त अवधिमा रु पाँच अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा रु १६ अर्ब ४९ करोड… पुरा पढौ

बाँदर धपाउन रु ४५ लाख बजेट विनियोजन

खोटाङ, १० असार। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो । नगर उपप्रमुख विशन राईले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि रु ४५ लाख छुट्याइएको छ । नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३÷८४ का लागि रु एक अर्ब एक… पुरा पढौ

यस्तो छ बुधबार ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १० असार । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०० रुपैयाँ ७३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५९… पुरा पढौ

नेप्से २६ अंकले घट्याे, ४ अर्ब ३६ करोडकाे काराेबार

काठमाडौं, ९ असार। साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दिनहरूमा २७०० विन्दुको नजिक बन्द भइरहेको नेप्से, यस दिन भने घटेर सो विन्दुभन्दा तल झरेको हो। मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा ओर्लिएको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इण्डेक्स २.३१ अंक, फ्लोट इण्डेक्स १.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंकले घटेको छ। कारोबार रकममा पनि संकुचन नेप्से परिसूचकसँगै यस दिन कारोबार रकममा पनि केही गिरावट आएको छ। अघिल्लो… पुरा पढौ

स्पेनी लगानीकर्ता र निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौं, ९ असार। स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी लगानीकर्ता तथा व्यवसायी र नेपाल सरकार तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा विशेष जोड दिइएको छ। म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित उक्त फोरमको मुख्य उद्देश्य स्पेनका लगानीकर्ता र नेपालका सरकारी तथा निजी क्षेत्रबीचको दूरी घटाई व्यापार तथा लगानी सहकार्य विस्तार गर्नु रहेको थियो। कार्यक्रममा नेपाल र स्पेनका सरकारी अधिकारी तथा व्यावसायिक समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। व्यापारिक सम्बन्ध सुदृढ बनाउने र साझेदारी विस्तार गर्ने लक्ष्य… पुरा पढौ

वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्तिको थुप्रो-१० महिनामै ४६ अर्ब (सूचीसहित)

काठमाडौं, ९ असार। नेपालको वित्तीय प्रणालीमा खराब कर्जा असुली प्रक्रिया सुस्त बन्दा वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति (Non-Banking Assets) थुप्रिने क्रम तीव्र बनेको छ। ऋणीहरूले समयमै कर्जा चुक्ता गर्न नसक्दा र धितो लिलामी समेत हुन नसकेपछि बैंकहरूले त्यस्ता धितो आफैं सकार्नुपर्ने बाध्यता बढेको हो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–वैशाख) सम्मको वित्तीय तथ्याङ्कअनुसार, स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक सञ्चालनमा रहेका १९ वटा वाणिज्य बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति १९.५१ प्रतिशतले बढेर ४५ अर्ब ९९ करोड ५४ लाख… पुरा पढौ