आर्थिक 📈

कोरोना बीमाबापतको रकम दिन बीमा कम्पनीको नाममा परमादेश जारी

नेपालगञ्ज, ९ असार । उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो । रिट निवेदकको पक्षमा अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विकाश आचार्य, प्रभाकर भट्टराई, बलबहादुर चन्द, केवलसिंह थारुलगायतले बहस गरेको अधिवक्ता वसन्त गौतमले जानकारी दिए। विपक्षी बीमा कम्पनीको तर्फबाट वरिष्ठ अधिवक्ता इद्रजित… पुरा पढौ

सञ्चालनमा आयो कफी गाइड, क्वालिटी फर ट्रेड प्लेट फर्म र मार्केट एक्सेस म्याप पोर्टल

काठमाडौं, ९ असार । वैदेशिक व्यापारलाई सहज बनाउनका लागि सरकारले कफी गाइड, क्वालिटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टल सञ्चालनमा ल्याइएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्र र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त सहकार्यमा उद्योग मन्त्रालयका सचिव गणेश पाण्डे र ईयु नेपाल ट्रेड र इन्भेष्टमेन्ट प्रोग्राम नेपालका लागि राजदूत नोना डेप्रेजले उद्घाटन गरेका हुन् । सचिव पाण्डेले वैदेशिक व्यापारलाई सहजीकरण गर्नका लागि नयाँ इँटा थपिएको बताए । उनकाअनुसार कफी गाइडलगायत पोर्टलले व्यापारमा थप सहज बनाउनेछ । ‘नेपालको कफी… पुरा पढौ

यस्ताे छ पोखरा महानगरपालिकाकाे आ.व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)

पाेखरा, ९ असार । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आ. व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बर्तमान अवस्थाको समीक्षा गरिरहँदा पोखरा महानगरपालिकाको सर्वेक्षण अनुसार ग्रस म्युनिसिपल प्रोडक्ट (GMP) १ खर्व १० अर्व ५४ करोड रहने अनुमान गरिएकाे छ । प्रतिव्यक्ति औसत आय १६०५ अमेरिकन डलर रहेको छ । GMP मा व्यावसायिक क्षेत्रको योगदान ५७ प्रतिशत कृषि तथा पशुपालन क्षेत्रको ११ प्रतिशत र १४ प्रतिशत बाँकी अन्य क्षेत्रको योगदान रहेको छ । हाल २८२१५ वटा व्यावसायिक… पुरा पढौ

बढ्न थाल्यो नेपालमा विद्युतीय गाडीको आयात, रु पाँच अर्ब बढीका भित्रिए

काठमाडौं, ८ असार । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयातमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको एघार महिनामा १७ सय बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार एक हजार ७०४… पुरा पढौ

हरियाली छाएको भोलिपल्टै सेयर बजार राताम्मै, कारोबार झर्यो ८४ करोडमा

काठमाडौं, ८ असार । अघिल्लो दिन मंगलबार हरियाली छाएको सेयर बजारमा त्यसको भोलिपल्टै आज बुधबार राताम्मै भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन नेपाली बजारमा पुनः करेक्सन हुँदा लगानीकर्ताको मनोवल झन् घटाएको छ । लगानीकर्ताहरु यतिबेला नेपाल राष्ट्र बैंकले लागू गरेको सेयर धितो कर्जामा ४/१२ करोडको सिमा लगायतका माग राखेर बैंककाे मापदण्ड खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् । संघर्ष समितिका संयोजक तीलक कोईराला आमरण अनशनमा बसिरहेका छन् । अहिलेसम्म नियामक निकाय समस्या समाधानका लागि मौन रहेको छ… पुरा पढौ

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनु पर्यो : आपूर्तिमन्त्री बडू

काठमाडौं, ८ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउँदै २०७१ सालदेखि नै अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया सुरु भएको प्रस्ट पारे । उनले भने, “पछिल्लो समय रुस–युक्रेन युद्धका कारण सिर्जना भएको विशिष्ठ ऊर्जा सङ्कटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो… पुरा पढौ

बैतडीमा पहिलो पटक विद्युतीय भुक्तानी ‘क्यास लेस’सेवा सुरु

बैतडी, ८ असार । बैतडीमा पहिलो पटक विद्युतीय भुक्तानी ‘क्यास लेस’सेवा सुरु भएको छ । ‘क्यास लेस’को अवधारणा अन्तर्गत दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी सुरु भएको हो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्ने बैतडीको पहिलो पालिका बनेको नगरपालिकाका लेखापाल रामबहादुर चन्दले जानकारी दिए। यस्तै विद्युतीय भुक्तानी गर्ने सुदूरपश्चिमको सातौँ स्थानीय तहसमेत दशरथचन्द बनेको छ । उहाँले भन्नुभयो,“ विद्युतीय भुक्तानी प्रणाली सुरु भएपछि अब सेवाग्राहीलाई समेत सजिलो हुन्छ । चेकमार्फत कारोबार झन्जिटलो हुँदै… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ८ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४०० ले घटेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९७… पुरा पढौ

दोर्दीखोला जलविद्युतको सेयर बाँडफाँड, २ लाख आवेदकले पाए प्रति ब्यक्ति १० कित्ता

काठमाडाैं, ८ असार । दोर्दी खोला जलविद्युत कम्पनीको सेयर आज बिहान बाँडफाँड गरिएकाे छ। कम्पनीले जेठ २६ गतेदेखि सेयर निष्काशन गरेको थियाे । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार साे सेयर आज बिहान ९ बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो। क्यापिटलका अनुसार सेयरमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको थियो। कुल आवेदनबाट १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएका छन् । ८८२ वटा आवेदन रद्द भएका छन्। २ लाख १ हजार ९८६ आवेदकलाइ १० कित्ताका दरले सेयर परेकाे… पुरा पढौ

पिपुल्स पावरको सेयर आजदेखि खुल्ला, कहिलेसम्म दिने आवेदन ?

काठमाडाैं, ८ असार । पिपुल्स पावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका जनताका जनताका लागि सेयर निष्काशन तथा बिक्रीमा ल्याएकाे छ । कम्पनीले ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेकाे हो। जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुने प्रतिकित्ता रूपैयाँ १०० अंकित मूल्य दरमा ६ लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे । साे सेयरमा इलाम नगरपालिका वडा नं. १ र ४ र बढी प्रभावित भएका जनताका लागि १ लाख ८९ हजार ७८० कित्ता… पुरा पढौ