आर्थिक 📈

२ करोड बढीकाे बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

भक्तपुर, ८ असार । बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् । महानगरीय प्रहरी बृत्त जगातीको टोलीले घिमिरेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी रु दुई करोड ३२ लाख ४० हजार बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए… पुरा पढौ

एघार महिनामा नेपाललाई करिब १६ खर्बको व्यापार घाटा

काठमाडौं, ७ असार । चालु आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो । विभागको तथ्याङ्क अनुसार एघार महिनाको… पुरा पढौ

सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज बीच सम्झौता

काठमाडौं, ०७ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर (Smart QR) प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप “Century Pay” प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर (Smart QR) मार्फत गर्न सक्ने जनाएकाे छ। उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी… पुरा पढौ

निरन्तरता पाइरहेको योजना बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौ, ७ असार । प्रतिनिधिसभाको बैठकमा सांसद धर्मशीला चापागाईंले सरकारले निरन्तरता पाइरहेको योजना पनि बजेटबाट हटाएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उनले द्वन्द्वपीडित बच्चा पढाइरहेको बच्चाका लागि भएको बजेटसमेत कटाएको उल्लेख गर्दै उनले भनिन्, “वर्षौंदेखि निरन्तरता पाएको योजनाको बजेट पनि कटाइएको छ, द्वन्द्वपीडितको बच्चा पढाउने बजेटसम्म विनियोजन भएन, त्यो बच्चा पढाउनु राज्यको दायित्व हो कि होइन, मलाई जवाफ चाहिन्छ ।” उनले बजेट निर्माण गर्दा संविधानले दिएको अधिकार प्रयोग गरेर आफूले बजेटका लागि योजनाहरु प्रस्तुत गरेको… पुरा पढौ

सेयर बजारमा छायो हरियाली, १ अर्ब २३ करोड बढीको कारोबार

काठमाडौं, ७ असार । लगातार ओरालो लागेको नेपाली सेयर बजार मंगलबार रातो घेरालाई ब्रेक गर्दै उकालो लागेको छ । सेयर बजारमा हरियाली छाउँदा लगानीकर्ताहरुको मनोवल बढेको छ । पछिल्ला दिनहरुमा दलका शिर्ष नेताहरुबीच सेयर बजारको खस्किएको अवस्थाका बारेमा छलफल भईरहेको छ । लगानीकर्ताहरुले यो समस्या समाधानको लागि नेताहरुसंग उचित पहल गर्न भेटघाट गरिरहेका छन् भने उनीहरुको आन्दोलन पनि जारि रहेको छ । सेयर लगानीकर्ताहरुले संघर्ष समिति बनाई आन्दोलन गरिरहेका छन् । समितिका संयोजक तीलक काेइराला आमरण अनशनमा बसिरहेका छन् भने… पुरा पढौ

एमाले प्रमुख सचेतक भट्टराईद्वारा शेयर कारोबारमा लगानी सुरक्षित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, ७ असार । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारकाे लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए। प्रतिनिधिसभाको आजको बैठमा समय माग गर्दै उनले शेयर बजारमा सुधारको सङ्केत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको हुँदा सरकारले तत्काल सुधार गर्न ध्यानाकर्षण गराए। “एकजना नेताले शेयर बजार जुवाजस्तै हो भने, त्यसपछि अर्थमन्त्रीले लगानीकर्तासँग गरेको सम्झौता पनि कार्यान्वयन हुन सकेन,” सांसद भट्टराईले भने, “लगानीकर्ताले शेयरबजारको सुधार गर्न माग गर्दै तिलक कोइराला आमरण… पुरा पढौ

इन्धनको मूल्यवृद्धिका कारण निर्माण उद्योग संकटमा, लाखौं श्रमिक मारमा परेको गुनासो

काठमाडौं, ७ असार । इन्धनमा पटकपटक गरिएको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको समेत अत्याधिक मूल्य बढेर निर्माण उद्योग नै ठप्प हुने अवस्था आउन लागेको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । पछिल्लो पटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्यवृद्धिले निर्माण उद्योग थप आक्रान्त हुने महासंघले बताएको हो । इन्धनमा चर्को मूल्यवृद्धि भएकाले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना एवं अत्यावश्यक निर्माण परियोजना समेत बन्द हुने सम्भावना रहेको महासंघको भनाइ छ । निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण… पुरा पढौ

बैंकहरूले जग्गाको धितोमा कर्जा दिन पाउने, सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं, ७ असार । बैंकहरूले जग्गा धितोका कर्जा दिने बाटो खुलेको छ। जग्गा धितो राख्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै बैंकहरूलाई जग्गा धितोमा राख्न बाटो खुलेको हो । सरकारले पारित गरेको भू-उपयोग नियमावली २०७९ अनुसार वर्गीकरण नभएका जग्गा धितोका रुपमा रोक्का राख्न छोडिएपछि ऋण दिन बन्द गरिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । 'जग्गाको वर्गीकरण गर्ने… पुरा पढौ

मंगलबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं, ७ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि केहि भएको छैन । यसदिन सुनचाँदीकाे भाउ अघिल्लो दिन सोमबारकै भाउमा खरिदबिक्री भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुनको भाउ तोलाको ९७ हजार ७०० रुपैयाँ नै कायम भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको ९७… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई सेवाको भाडामा वृद्धि, कहाँकाे कति ?

काठमाडाैं, ७ असार। नेपाल वायुसेवा सञ्चालक सङ्घले आन्तरिक हवाईसेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो। सङघले एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ। बढेको भाडाअनुसार यो रुटमा हवाई यात्रुले अधिकतम रु १६ हजार ८०५ तिर्नुपर्नेछ । सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ७० ले भाडा बढेर… पुरा पढौ