आर्थिक 📈

घट्यो कारोबार हुने अन्तिम दिन सुनचाँदीको भाउ

काठमाडौं, १० असार । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनको भाउ तोलामा रुपैयाँ ३०० ले घटेको छ । सेतो धातु चाँदीको भाउ रुपैयाँ १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ३०० ले घटेर तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५०० रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९६ हजार… पुरा पढौ

अधिकांश पालिकाहरूकाे बजेट आज सार्वजनिक हुदैं

काठमाडौं, १० असार । धेरैजसो स्थानीय पालिकाले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् । पालिकाहरूले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् । केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् ।… पुरा पढौ

एफएनसीसीआई ५० विजनेश/५० लगानीकर्ता कार्यक्रम, मुरारका समूहले रासन टेकमा लगानी गर्ने

काठमाडौं, १० असार । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश/५० कार्यक्रम अन्तर्गत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नवीनतम उद्यमको बारेमा प्रस्तुति गरेका छन् । महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ । मुलुकभित्र नविनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम शुरू गरेको हो । कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो । प्रस्तुत योजनामा लगानीकर्ताले रूचि देखाएमा महासंघको स्टार्ट… पुरा पढौ

‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ मा आजदेखि आवेदन खुला

काठमाडौं, १० असार । सानिमा बैंक लिमिटेडले आजदेखि ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेकाे छ । वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरिएकाे हाे । बैंकले बिक्रीमा ल्याएकाे ऋणपत्रको अवधि १० वर्ष अवधिकाे रहेकाे छ । बैंकले प्रतिकित्ता रुपैयाँ १ हजार अंकित दरमा ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे हाे। यसबाट २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारण लगानीकर्ताका लागि रहेकाे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३०… पुरा पढौ

शनिबार नेपाल स्टार्टअप फेस्ट आयोजना हुँदै, ५० करोडको लगानी प्रतिबद्धता गरिने

काठमाडाैं, १० असार । नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले यही असार ११ ते शनिबार नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा स्टार्टअफ फेस्ट आयोजना गर्न लागिएको हाे । नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रूपमा स्थापित गराउन नवप्रवर्तनकारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र… पुरा पढौ

नेप्सेमा ४५.२५ अंकको गिरावट, १ अर्ब ४९ करोड बढीको कारोबार

काठमाडौं, ९ असार । साताको सेयर करोबार हुने पाँचौ दिन आज बिहिबार सेयर बजारमा अर्धशतक नजिकको गिरावट भएको छ । कारोबार रकममा केहि सुधार देखिए पनि बजार राताम्मै हुँदा सकारात्मक लयमा जाने दिनको पर्खाईमा रहनुको विकल्प भएन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा झरेको छ । नेप्सेमा २.३९ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ७.०६ अंकले घटेर ३६२.०९ विन्दुमा रहेको छ । कुल २३७ कम्पनीको सेयर कारोबार भएको छ । ५० लाख ८… पुरा पढौ

६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगरमा-उत्पादन, रोजगारी, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

चितवन, ९ असार । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदैछ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार बजेट अन्तिम तयारीमा रहेको छ । उनले भने, “हामी रु छ अर्ब हाराहारीको बजेट ल्याउँदैछौँ ।” बजेट पूर्व महानगरपालिकाले सङ्घ र प्रदेशका मन्त्री,… पुरा पढौ

बढ्यो सुनको भाउ, चाँदीकाे घट्यो

काठमाडौं, ९ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ सामान्य रुपले बढेको छ । छापावाल सुनमा रुपैयाँ २०० ले बढेको हो । यसदिन चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २०० ले बढेर तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसघघि बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको थियो तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी… पुरा पढौ

कृषि लगायत क्षेत्रमा ब्राजिलको प्रविधि नेपाल भित्र्याउन उद्योग परिसंघ र दूतावासबीच छलफल

काठमाडौं, ९ असार । नेपाल उद्योग परिसंघ र नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो माइकलसेन डेन हार्टोगबीच छलफल भएको छ । कृषि, ब्राजिलले इन्धनको रुपमा प्रयोग गर्दै आएको इथानल प्रविधि, ब्राजिलमा निर्यात हुने नेपाली वस्तु, छात्रवृत्ति, एवं पर्यटन क्षेत्रका विषयमा परिसंघ र राजदूतबीच छलफल भएको हो । राजदूत हार्टोगलाई परिसंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष विष्णुकुमार अग्रवालले कृषि, सेवा, उत्पादनमुलक उद्योगको प्रबद्र्धनसहित समग्र देशको आर्थिक संबृद्धिका लागि काम गर्दै आएको बताए । परिसंघले स्वदेशी उत्पादन बढाउन जोड दिदै आएको र कृषि… पुरा पढौ

अप्पर सोलु हाइड्रोकाे असार २० गतेदेखि सेयर निष्काशन हुँदै

काठमाडाैं, ९ असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले असार २० गतेदेखि सर्वसाधारणका लागि साडे १९ कराेड बढीकाे सेयर निष्काशन तथा बिक्रीमा ल्याउने भएकाे छ। प्रतिकित्ता रू १०० अंकित दरमा १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर बिक्रीमा ल्याउन लागिएकाे हाे। साे सेयरबाट ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएकाे छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेकाे १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन पाउने भएका छन्। सेयरमा लगानीका लािग… पुरा पढौ