आर्थिक 📈

नेपालको कुरिलो दुबई र कतारमा निर्यात

चितवन, ६ असार । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ । एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए। उनले भने, “हामीले गरेकाे उत्पादन विदेशसम्म पुग्ने गरेको छ । मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन् । उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन् ।” एक पटकमा ५० किलो कुरिलो विदेश जाने… पुरा पढौ

श्वेत गंगा हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ६ असार । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले निष्काशन तथा बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले जेठ २३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि सेयर खुला गरेकाे थियाे । कम्पनीले १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ जारि पूँजीको १० प्रतिशतले हुने रू १०० अंकित मूल्य दरमा १५ लाख ९३ हजार कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे थियाे। रामेछापकाे लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४, ओखलढुङ्गाकाे लिखु गा.पा. वडा नं.… पुरा पढौ

नेपालका उद्योगको आय वृद्धिदर २७ प्रतिशतले बढ्यो : परिसंघ

काठमाडौं, ५ असार । नेपालका उद्योगले आफ्नो उत्पादन क्षमताको ७१ प्रतिशत मात्रै क्षमता उपयोग गरेको पाइएको छ । नेपाल उद्योग परिसंघले उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्याङ्क प्रतिवेदनमा समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगले आफ्नो कूल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको पाइएको हो । प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को… पुरा पढौ

लगानीकर्ताको माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिर

काठमाडौं, ५ असार । नेपाल धितोपत्र बोर्ड सम्बद्ध कर्मचारी युनियनले लगानीकर्ताका तर्फबाट राखिएका कतिपय माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिरका विषय भएको स्पष्ट पारेको छ । धितोपत्र बजारको सुधारको माग राख्दै विगत केही दिनदेखि जारी आन्दोलनप्रति आज धारणा सार्वजनिक गर्दै कर्मचारी युनियनले वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालयको पहलकदमीमा मात्रै माग सम्बोधन हुनसक्ने स्पष्ट पारेको छ । युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले आज जारी गरेकाे प्रेस विज्ञप्तिअनुसार बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित… पुरा पढौ

विश्व बैंकका प्रबन्ध निर्देशक पान्जेस्तुले अर्थमन्त्री शर्मासँगकाे भेटमा के गरे कुराकानी ?

काठमाडौं, ५ असार । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेsका थिए। “नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको छ”, भेटमा उनले भने। विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिए । पछिल्लो… पुरा पढौ

चालु आर्थिक वर्षकाे अन्तिम महिनासम्म पुँजीगत खर्च ३७ प्रतिशत मात्रै

काठमाडौं, ५ असार । चालु आर्थिक वर्ष सकिन अब २७ दिन बाँकी छ । सरकारले कूल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । हालसम्मको विवरण हेर्दा मात्रै १ खर्ब ४० अर्ब १६ करोड ४५ लाख बराबर मात्रै पुँजीगत खर्च गरिएको छ । प्रतिशतका आधारमा हेर्दा यो ३७ दशमलव शुन्य सात मात्रै हो । सरकारले विकास निर्माणको काममा हुने खर्च बढाउने र त्यसका लागि सबै उपाय अवलम्बन गर्ने भने पनि त्यसअनुसार हुन… पुरा पढौ

रोकिएन नेप्सेको ओरालो यात्रा, नियामक निकाय माैन

काठमाडौं, ५ असार । सेयर बजारको ओरालो यात्रा जारी नै रहेको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजार राताम्मै हुँदा लगानीकर्ताको बनोवल झन् घटाएको छ । कारोबार रकममा पनि उल्लेखनीय बृद्धि भएको छैन । लगानीकर्ताहरु यतिबेला आन्दोलनमा पनि गरिरहेका छन् । संघर्ष समितिका संयोजक तिलक कोईराला आमरण अनशनमा बसिरहेका छन् भने सरकार तथा नियामक निकायबाट आधिकारिक धारणा बाहिर आउन सकेको छैन । लगानीकर्ताहरुले सरकारको बेवास्ताको कारण सेयर बजार माथि उठ्न नसकेको र धरासायी बन्न लागेको बताएका… पुरा पढौ

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई दियो डेढ अर्ब दाबी भुक्तानी

काठमाडौं, ५ असार । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई करिब डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा १ अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई १९ करोड ४५ लाख छ हजार ९७९ र ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत एक करोड ९१ लाख ३१ हजार १०६ दाबी भुक्तानी दिएको जनाएको छ । आश्रित परिवार सुरक्षा… पुरा पढौ

एनएमबि बैंकले ल्यायो मुद्दतीमा डबल प्रतिफलको योजना

काठमाडाैं, ५ असार । एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना “एनएमबि डबल मुद्दती” र “एनएमबि जन्मभूमि डबल मुद्दती” सार्वजनिक गरेको छ । “एनएमबि डबल मुद्दती योजना” अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुनेछ । त्यसैगरी, “एनएमबि जन्मभूमि डबल मुद्दती योजना” मा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ । सोही योजना अन्तर्गत एनएमबि बैंकका… पुरा पढौ

पहिलो कारोबारको दिन घट्यो सुनचाँदीको भाउ

काठमाडौं, ५ असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ ३०० ले घटेर तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९७… पुरा पढौ