आर्थिक 📈

दोर्दी खोला जलविद्युत कम्पनी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, ३१ जेठ । दोर्दी खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएकाे सेयरमा आवेदन दिनका लागि आज अन्तिम दिन रहेकाे छ । कम्पनीले जेठ २६ गते २१ लाख ९५ हजार ५०९ कित्ता सेयर बिक्रीमा ल्याएकाे थियाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि निष्काशन गरेकाे सेयर बाँडफाँडपछि बाँकी रहेकाे २ लाख ९७ हजार ८४० कित्ता गाभेर प्रतिकित्ता रूपैयाँ १०० मूल्य अंकित दरकाे २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर बिक्रीमा ल्याएकाे थियाे । निष्काशन गरिएको कुल सेयरबाट ६५ हजार ८६५ कित्ता… पुरा पढौ

पारित भयो गण्डकीको नीति तथा कार्यक्रम, समृद्ध प्रदेश निर्माणमा सरकार केन्द्रित छ : मुख्यमन्त्री पोखरेल

पोखरा, ३० जेठ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ गते प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २६ गतेबाट नीति तथा कार्यक्रममा माथि छलफल सुरु भएको हो । छलफलका क्रममा उठेका प्रश्नमाथि सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएलगत्तै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत भएको… पुरा पढौ

साताकाे पहिलाे दिन सेयर बजार राताम्मै, कहिले होला सुधार ?

काठमाडौं, ३० जेठ । साताको सेयर कारोबार हुने पहिलो दिन साेमबार नेपाली सेयर बजार राताम्मै भएको छ । कुनै सयममा २० अर्ब नाघेको नेप्सेको कारोबार अहिलेका दिनहरुमा अर्बभन्दा तल ८८ करोडसम्म झरिसकेकाे छ । ८८ करोडसम्मको कारोबार झरिसकेको नेप्सेमा आज थोरै सुधार भएपनि काराेबा रकमले अर्बको घेरोलाई भने उछिन्न सकेन । यसदिन कारोबार ९९ करोड केही बढीमा सिमित भएको छ । नेप्सेमा आएको गिर्दो परिवेशले लगानीकर्ताहरुको मनोवल घटाएको छ । कहिले सुधार हाेला भन्ने उत्सुकता कायमै रहेकाे छ। नेपाल स्टक… पुरा पढौ

अब सातामा ६ दिन सेयर कारोबार हुने , यस्तो छ नेप्सेको तयारी

काठमाडौं, ३० जेठ ।अब असार १ गतेदेखि सातामा ६ दिन सेयर कारोबार हुने भएको छ । यसअघि सरकारले सातामा दुई दिन (शनिबार र आइबार) सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म भइरहेको छ । आइतबार विदा दिने निर्णयबाट सरकार पछि हटेको छ । यो सँगै अब आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन नै सेयर कारोबार हुने भएको छ । सेयर लगानीकर्ताको माग अनुसार नै सातामा ६ दिन सेयर कारोबार गर्न लागिएको बताइएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सातामा… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३० जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।पहेंलो धातु छापावाल सुनमा रुपैयाँ ३०० ले गिरावट भएको छ । चाँदीमा रुपैयाँ १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९८ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार… पुरा पढौ

राष्ट्र बैंकले आज २० अर्बकाे ट्रेजरी बिल बोलकबोल गर्दै

काठमाडाैं, ३० जेठ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेकाे छ । बैंककाे ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज हुन लागेकाे हाे। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्न लागेकाे छ । याे भदौकाे २८ गते परिपक्व हुनेछ।  यस्तै १८२ दिनकाे लागि ४ अर्बकाे ट्रेजरी बिल जारी हुन लागेकाे छ । यो मंसिर २७ गते परिपक्व हुनेछ। अर्काे ३६४ दिनकाे ११ अर्बकाे ट्रेजरी बिल रहेकाे… पुरा पढौ

सिवाईसी नेपाल लघुवित्तको सेयर कारोबार सोमबारदेखि खुल्ने

काठमाडाैं, ३० जेठ । सिवाईसी नेपाल लघुवित्त संस्थाकाे सेयर सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने भएकाे छ । लघुवित्तकाे आईपीओ अस्ति नेप्सेमा सूचीकृत भएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले सोमबारबाट मात्रै सेयर कारोबारमा आउने भएकाे छ। लघुवित्तको कुल १२ लाख १६ हजार ४१८ कित्ता सेयर नेपाल स्टक एक्सचेन्जान सूचीकृत भएको छ। साे सेयरमा संस्थापक समूहको ८ लाख २१ हजार ८२ कित्ता र सर्वसाधारणको ३ लाख ९५ हजार ३३६ कित्ता रहेकाे छ । लघुवित्तले सेयर कारोबारका लागि ‘सीवाईसीएल’ कारोबार संकेत… पुरा पढौ

विनियोजन विधेयकअन्तर्गत शीर्षकहरूमा आजदेखि मन्त्रीले जवाफ दिने

काठमाडाैं, ३० जेठ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ । आजदेखि मन्त्रीले विनियोजन विधेयकअन्तर्गत शीर्षकमा जवाफ दिने भएका छन् । बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि आगामी बैठकमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए । आज जेठ ३० गतेको बैठकमा कानून, न्याय तथा… पुरा पढौ

नेपालीको विदेश भ्रमणमा आयभन्दा व्यय बढी

काठमाडौं, २९ जेठ । कोभिड–१९ सङ्क्रमणको असर कम हुन थालेपछि नेपालीको विदेश भ्रमण बढेकाले बाहिरिने रकम पनि बढ्दो छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म विदेश भ्रमणकै लागि नेपालबाट ७२ अर्ब रुपियाँ बाहिरिएको छ । यो अघिल्लो वैशाखको तुलनामा १४३.४ प्रतिशतले बढी हो । त्यतिबेला भ्रमणबापत नेपालबाट ३२ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको थियो । विदेशी मुद्रा सञ्चितिको दबाबमा परेको नेपालका लागि भ्रमण व्यय बढेकाले त्यसका सिधा असर विदेशी विनिमय सञ्चितिमा परेको छ ।… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघको नेतृत्वका लागि ६ व्यवसायी मैदानमा

गलकोट, २८ जेठ । बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिएसँगै व्यवसायीमा नेतृत्वका लागि दौडधुप बढेको पाइएको छ । स्थानीय तहको निर्वाचनले बागलुङ बजार पुनः व्यवसायीको निर्वाचनले चुनावी माहोल सिर्जना गरेको छ । निर्वाचन नजिकिएसँगै व्यवसायले राजनीतिक भेटघाट, व्यवसायीसँग परामर्शलगायतका कार्य गरिरहेका छन् भने बागलुङ उद्योग वाणिज्य सङ्घले निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सम्पूर्ण व्यापारी व्यवसायीको साझा संस्थाका रूपमा रहेको बागलुङ उद्योग वाणिज्य सङ्घको १८औँ अधिवेशन आउँदो असार ४ गते हुँदैछ । सदस्यको पुसमा नवीकरण सकिएको र मतदाता नामावली जेठ… पुरा पढौ