आर्थिक 📈

नवौं दिनमा छायो सेयर बजारमा हरियाली, कारोबारमा सुधार

काठमाडौं, २५ जेठ । लगातार ओरालो लाग्दै आएको सेयर बजार आज नवौं दिनमा उकालो चढेको छ । आजको दृश्यले लगानीकर्ताको मनोवल बढेको छ भने सेयर बजार लयमा जाने आशा बढाएको छ । आजै नेपाल धितोपत्र बोर्डले ३०औं वार्षिक उत्सव मनाएको छ । यहि दिन अध्यक्ष रमेश कुमार हमालले सेयर धितो कर्जामा लगाईएको ४-१२ को नीतिमा पुर्नबिचार गर्नुपर्ने बताए भने समस्या समाधानको बाटोमा लागेको बताएका थिए । यहि दिन सेयर बजारमा हरियाली छाएको छ । हमालले पूँजीबजारको समस्याका बारेमा जानकार रहेको… पुरा पढौ

राष्ट्र बैंकले सेयर धितो कर्जाकाे ४/१२ को नीति पुर्नविचार गर्नुपर्छ : धितोपत्र बोर्ड अध्यक्ष हमाल

काठमाडौं, २५ जेठ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाकाे ४/१२ को नीति पुर्नविचार गर्नुपर्ने बताएका छन । नेपाल धितोपत्र बोर्डकाे ३० औं वार्षिकउत्सव कार्यक्रममा उनले याे कुरा बताएका हुन । बोर्ड अध्यक्ष हमालले राष्ट्र बैंकले यसो गर्दा लगानीकर्ताको मनोवल बढ्ने कुरामा समेत जोड दिएका थिए । उता बोर्डले वार्षिक उत्सव बनाईरहँदा लगानीकर्ताहरुले भने माइतीघरमा जम्मा भएर आफना मागहरुको सुनुवाई गर्न माग गर्दै विराेध गरिरहेका थिए । अध्यक्ष हमालले लगानीकर्ताले ४/१२ सहितको १९ बुँदे… पुरा पढौ

एनआईसी एशिया बैंकले ल्यायो ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, २५ जेठ । एनआईसी एशिया बैंकले नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको बिक्री खुल्ला गरेको छ । नेपाल लाइफ को नाममा रहेको ५ लाख कित्ता सेयर बिक्री खुल्ला गरिएको हो । सो सेयरको प्रतिकित्ता मूल्य ४७५ रुपैयाँ रहेको छ । सेयर खरिदन गर्नका लागि संस्थापक सेयरधनी हुनुपर्नेछ । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले आजदेखि ३५ दिनभित्र बैंकको काठमाडौं, थापाथलिस्थित रजिष्टर्ड कार्यालयमा आवेदन दिन सक्नेछन् । बैंकका अनुसार तोकिएको समयमा संस्थापकहरुले आवेदन पेस नगरेको खण्डमा सर्वसाधारणले खरिद गर्न सक्ने र… पुरा पढौ

प्रदेश नं १ को नीति तथा कार्यक्रम आज

विराटनगर, २५ जेठ । प्रदेश नं १ सरकारले आज अपराह्न २ बजे आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सरकारको यो १०औँ तथा बजेट अधिवेशन हो । प्रदेशसभा गठन भएपछि प्रदेश सरकारको कार्यकालको यो अन्तिम बजेट अधिवेशन हो । नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलपछि आगामी असार १ गते आव २०७९÷८० लागि सरकारले अनुमानित आयव्यय बजेट सार्वजनिक गर्ने र यसका लागि बजेट निर्माण भइरहेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

बुधबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, २५ जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ स्थिर रहेको छ । चाँदीमा सामान्य ५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छपावाल सुन स्थिर रहेर मंगलबारकै भाउ तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा करोबार भईरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा नै कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले बृद्धि… पुरा पढौ

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, २५ जेठ । एनआईसी एशिया बैंकको एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्रीमा ल्याएको थियो । बीज पूँजीबापत् १ करोड ५० लाख कोषको प्रवर्धक रहेको एनआईसी एशिया बैंकको लागि सुरक्षित गरिएको छ । बाँकी भएको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि रहेको छ । सो फण्डमा घटिमा १०० बढीमा १ करोड २० लाख… पुरा पढौ

काठमाडौंमा अब ३ आनामा घर बनाउन नपाइने, कित्ताकाट गर्न ४ आना अनिवार्य

काठमाडौं, २५ जेठ । सरकारले नयाँ भूउपयोग नियमावलीमार्फत अब काठमाडौं उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्र्याउँदा चार आना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भूउपयोग नियमावली–२०७९ मार्फत यस्तो व्यवस्था गरिएको हो । सरकारले नयाँ भूउपयोग नियमावली–२०७९ लाई सोमबार राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याएको छ । नियमावलीमा जग्गा टुक्रा गर्दा यदि आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँग मिलान (प्लट मिलान) गर्न उपयुक्त… पुरा पढौ

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नाट्टाको आग्रह

काठमाडौं, २५ जेठ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुउत्थान हुने मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । नाट्टाले कोरोना महामारीबाट आक्रान्त पर्यटन व्यवसाय थोरै चलायमान हुन लागेको अवस्थामा हालै राष्ट्र बैंकले पुनःकर्जा कार्यविधिमा गरेको परिवर्तनले असाध्यै अप्ठ्यारो परिस्थिति उत्पन्न भएको उल्लेख गर्दै पर्यटन क्षेत्रलाई पुनरुउत्थान… पुरा पढौ

पर्यटन, जलस्रोत, सूचना प्रविधि, जडीबुटीलगायत क्षेत्रमा लगानी गर्न चिलीलाई चेम्बरको आग्रह

काठमाडाैं, २५ जेठ । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न चिलीलाई आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपालका लागि चिलीका राजदूत जुवान एङ्गुलोबीच चेम्बर भवन कान्तिपथमा भएको भेटमा चेम्बरका अध्यक्ष एवं पदाधिकारीले चिलीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । भेटमा चेम्बरका अध्यक्ष मल्लले नेपालमा पर्यटन, जलस्रोत, सूचना प्रविधि, जडीबुटीलगायत क्षेत्रमा लगानीको अथाह सम्भावना रहेको उल्लेख गर्दै लगानी गर्न चिलीलाई आग्रह गरे। “नेपाल र चिलीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको… पुरा पढौ

यस्तो छ गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम(पूर्णपाठ)

पाेखरा, २४ जेठ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएकाे छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आर्थिक वर्ष २०७९र८० को साे नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्। आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम(पूर्णपाठ) गण्डकी-प्रदेश-आब-२०७९।८०-को-नीति-तथा-कार्यक्रम-Download पुरा पढौ