आर्थिक 📈

मंगलबार पनि सेयर बजार राताम्मै, एनआईसी एशिया बैंक कारोबारमा अब्बल

काठमाडौं, २४ जेठ । लगातार ओरालोको यात्रामा गएको सेयर बजार आज पनि उकालाे नलागि ओरालोितरै गएकाे छ । साताको सेयर कारोबार हुने दाेश्रो दिन मंगलबार नेपाली सेयर बजार राताम्मै भएको छ भने कारोबार रकममा पनि उल्लेखनिय प्रगति हुन सकेको छैन । सेयर लगानीकर्ताहरु यतिबेला आन्दोलित भएका छन् । अहिले उनीहरुले आफ्नो १९ बुँदे ज्ञापनपत्र लिएर सराकोरवाला निकायहरुमा सुनुवाइका लागि गईरहेका छन् । केहि दिनअघि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका उनीहरुले धितोपत्र बोर्डलाई पनि ज्ञापनपत्र बुझाई सेयर धितो कर्जामा लगाईएको ४/१२ को मापदण्डलगायतका… पुरा पढौ

२ दिन सार्वजनिक बिदा दिँदा कति खपत भयो पेट्रोलियम पदार्थ ?

काठमाडौं, २४ जेठ । नेपाल सरकारले आइतबार दिएको बिदा असार १ गतेबाट लागू हुनेगरी नदिने निर्णय गरेको छ । हप्तामा दुइदिन बिदा हुने भएपछि यसका बारेमा आलोचना तथा मिस्रित प्रतिक्रियाहरु आएका थिए । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन दिने भनिएको सो बिदाको निर्णयलाइ उल्ट्याएर साविकको जस्तै शनिबार एक दिने बनाएको हो । इन्धन खपत कम गर्ने भन्दै गएको जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। दुई दिन बिदा दिएपनि इन्धनको खपत… पुरा पढौ

१० करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले अब अनिवार्य इ-बिलिङ जारी गर्नुपर्ने

काठमाडौं, २४ जेठ । कुनै पनि संस्थाले १० करोडभन्दा बढीको कारोबार गर्ने जुनसुकै कम्पनीले विद्युतीय माध्यमबाट अनिवार्य बिजक (इ–बिलिङ) जारी गर्नुपर्ने व्यवस्था गरेको छ । राजस्व विभागले सोमवार सूचना जारी गर्दै आगामी साउन १ गतेबाट १० करोभन्दा बढी कारोबार गर्ने कम्पनीले अनिवार्य रुपमा इ–बिलिङ जारी गर्नुपर्ने व्यवस्था गरेको हो । ‘आर्थिक वर्ष २०७७/७८ वा २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरणमध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम १० करोडभन्दा बढीको जुनसुकै वस्तु तथा सेवाको कारोबार करदाताहरूले इ–बिलिङ जारी गर्नुपर्नेछ,’… पुरा पढौ

तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजनाका लागि २६ अर्ब लगानी स्वीकृत

काठमाडौं, २४ जेठ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत बन्ने तामाकोशी-५ र राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि २५.९२ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । सोमबार बसेको लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । १०० मेगावाटको तामाकोशी-५का लागि १६ अर्ब ४५ करोड ९८ लाख र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँको लगानी स्वीकृत गरेको बोर्डका सीईओ सुशील भट्टले जानकारी दिए । तामाकोशी-५ कर्मचारी सञ्चय कोष समेतको लगानीमा निर्माण हुन… पुरा पढौ

सयपत्री हाइड्रोपावरको ३ करोडको सेयर निष्काशन हुँदै

काठमाडौं, २४ जेठ । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आगामी असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम… पुरा पढौ

फेरि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ जेठ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा हुने उतारचढावको कारण नेपाली बजार पनि त्यसबाट प्रभावित भईरहने गरेको छ । त्यहाँ भईरहने फेरबदलको कारणले यहाँ पनि सुनचाँदीको भाउ तलमाथि भईरहेको हुन्छ । अघिल्लो दिन सोमबार बढेर कारोबार भएको सुनचाँदीको भाउ यसदिन घटेर कारोबार भई रहेको छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा छापावाल सुनको भाउ रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ १५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ६०० ले घटेर… पुरा पढौ

यी चार मन्त्रालयमा विनियाेजित विधेयकका शीर्षकमाथि आज छलफल हुँदै

काठमाडाैं, २४ जेठ । प्रतिनिधिसभाको बैठक बिहान ११ः३० बजे बाेलाइएकाे छ। आजको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्। हिजाे विनियोजन विधेयक–२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको थियाे । बैठकमा कानुन न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा… पुरा पढौ

हिसाब गर्नुभएको छ तपाईँको आम्दानी कति ? यस्तो छ करको दर

काठमाडौं, २४ जेठ । तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक ग¥यो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गरेका थिए। सोही आधारमा आन्तरिक राजस्व विभागले आगामी आवका लागि तिर्नुपर्ने करको दरसमेत सार्वजनिक गरेको छ । विभागका अनुसार तपाईँ अविवाहित हो भने रु पाँच लाखसम्मको… पुरा पढौ

भारतीय कम्पनी एनएचपीसीले पायाे ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना

काठमाडाैं, २४ जेठ । पश्चिम सेती जलाशाययुक्त जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिने निर्णय भएकाे छ । लगानी बोर्डले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको हाे। प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले साे निर्णय गरेकाे लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन सुझाव समितिले बुझाएको छ । भट्टले साढे दुई दशकदेखि अल्झिएको यो परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर निर्माणको चरणमा ल्याइने बताएका छन्… पुरा पढौ

प्लस टु दिई बसेका विद्यार्थीहरुलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

पोखरा, २३ जेठ । प्लस टु को परीक्षा सकेर बसेका विद्यार्थी भाइबहिनीहरुलाई अन्नपूर्ण केबुलकारले ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै +२ दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो । यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु… पुरा पढौ