आर्थिक 📈

अष्ट्रेलियाली राजदूतसँग सीएनआईको छलफल, लगानीकर्तालाई नेपाल आकर्षित गर्न सघाउन आग्रह

काठमाडौं, २७ वैशाख । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ । नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको संभावना रहेकाले त्यस्ता क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न पहल गरिदिन परिसंघले आग्रह गरेको हो । परिसंघले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्न पनि राजदूत भोल्कसमक्ष आग्रह गरेको छ । कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी… पुरा पढौ

राजस्व चुहावटको अभियोगमा रु १७ करोड बढी बिगो दाबी गर्दै मुद्दा दायर

काठमाडौं, २६ वैशाख । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले काठमाडौं महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादव विरुद्ध मुद्दा दायर गरेको हो । विभागले रु १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि आज… पुरा पढौ

‘सिटीसी मल’ लिलामी गर्न कोषले निकाल्यो सूचना

काठमाडौं, २६ वैशाख । कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ । कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागमा २०६४ असोज ९ मा दर्ता भएको सिभिल इस्टेट्रस प्रालिले कोषको ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेको पाइएको छ । काठमाडौं महानगरपालिका ११ सुन्धारामा रहेको छ रोपनी जग्गामा निर्माण भएको ८२ हजार ९५… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, लगानीकर्ताको मनोबल बढ्दै

काठमाडौं, २६ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि सेयर बजार सकारात्मक बनेको छ । यसरी लगातार दोश्रो दिन पनि सेयर बजार उकालोतिर लागेपछि लगानीकर्ताहरुको मनोवल बढ्न थालेको छ । सूचकहरुमा छिटपुट रातो लागेपनि हरियो लाग्नेहरुको पनि कमि भएको छैन । यसदिन चारवटा उपसमूहले गुमाएका छन् भने ९ वटा उपसमूहमा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.२७ अंकले बढेको छ । यसरी बढेको नेप्से २२६८.८४ विन्दुमा उक्लिएको छ… पुरा पढौ

बजेट अधिवेशन आह्वान, कर्मचारीको तलब बढ्ने, आयकर सीमामा पनि हेरफेरको तयारी

काठमाडौं, २६ वैशाख । आगामी ३ जेठका लागि संघीय संसद्को बजेट अधिवेशन आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठमा बस्नेगरी अधिवेशन आह्वान गरेकी हुन् । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सो सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशन आह्वान गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार नै सरकारले आगामी ३ जेठमा बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो । वर्तमान संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको… पुरा पढौ

बोण्ड जारी गरेर कोरोना बीमाको दाबी भुक्तानी गर्न चार्टर्ड एकाउन्टेन्टहरूको माग, आगामी बजेटलाई दिए यस्ता सुझाव

काठमाडौं, २६ वैशाख । लेखा व्यवसायीहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोण्ड जारी गर्न सुझाएको छ । संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिने क्रममा कोरोना बिमाको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैंले वा बीमा कम्पनीहरूलाई स्वीकृति दिएर सय करोड बराबरको १० वर्षे ४ प्रतिशत कोरोना बोण्ड जारी गर्नु उपयुक्त हुने जनाएको छ । उक्त बोण्ड वाणिज्य बैंकहरूले किन्ने र त्यो लगानीलाई बैंकहरूले कायम गर्नुपर्ने वैधानिक… पुरा पढौ

सुनको भाउमा सामान्य बृद्धि, चाँदीको स्थिर

काठमाडौं, २६ वैशाख । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार नेपाली बजारमा सुनको भाउमा सामान्य बृद्धि भएको छ । चाँदीको भाउ भने यसदिन स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ १०० ले बढेर तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आईतबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९८… पुरा पढौ

चैत मसान्तसम्म दर्ता भए २३२ वटा उद्योग

काठमाडौं, २६ वैशाख । चालू आवको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । आव २०७८/७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् । गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला,… पुरा पढौ

चिलिमे जलविद्युतकाे विद्युत बिक्री र नाफा उस्तै देखियो

काठमाडौं, २६ वैशाख । चिलिमे जलविद्युत कम्पनीको विजुली बिक्री आम्दानी तथा खुद नाफामा खासै उतारचढाव देखिएको छैन । कम्पनीको सार्वजनिक गरिएको यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार विजुली बिक्री आम्दानी र खुद नाफामा सराबरी जस्तो देखिएको छ । कम्पनीले यस आर्थिक वर्षको चैत मसान्त्सम्म ५२ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जो गएको वर्षको सोहि अवधिकोभन्दा १.२४ बढि हो । गएको वर्ष यो नाफा सोहि अवधिमा ५१ करोड ५६ लाख रुपैयाँ रहेको थियो । विजुली… पुरा पढौ

१७.९५ अंकले बढ्याे नेप्से, १ अर्ब ३२ करोड बढीको कारोबार

काठमाडौं, २५ वैशाख । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजार सकारात्मक लयमा गएको छ । लामो सयमसम्म ओरालो लाग्दै आएको सेयर बजारमा आज देखिएको सकारात्मक लयले लगानीकर्तामा उत्साह थपिएको छ । तर कारोबार रकममा भने सुधार भएन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.९५ अंकले बढेर २२५६.५७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.८० अंकले बढेर ४३६.३५ विन्दुमा पुगेको छ । कुल २३३ कम्पनीको सेयर कारोबार भएको छ । ३३ लाख… पुरा पढौ