आर्थिक 📈

हिमालयन हाइड्रोपावरको सेयरमा आजदेखि आवेदन खुल्ला, कहिलेसम्म दिने ?

काठमाडौं, २५ वैशाख । हिमालयन हाइड्रोपावरको आजबाट सेयर निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । कम्पनीले आयोजना क्षेत्रका प्रभवितत जनताका लागि १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत सेयर निष्काशन गरेको हो । कम्पनीले १०० रुपैयाँ मूल्य अंकित दरमा ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर निष्काशन गरेको हो । आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिकाका वडा नं १, २, ३, ४, ६ र ७ का जनताको लागि सेयर निष्काशन गरिएको हो । सेयरमा लगानी गर्न चाहने… पुरा पढौ

मनसुनमा बिजुली खेर जाने, बजार खोज्दै सरकार

काठमाडौं, २५ वैशाख । गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै पाँच अर्ब रूपैयाँ बराबरको थियो । केही समयपछि नेपालमा पुनः मनसुन शुरू हुँदैछ । पानी पर्ने याम शुरू भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ । त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन् । नेपालको कूल जडित क्षमता दुई हजार २०० मेगावाटको हाराहारीमा पुगेको छ । यस्तै, नेपालभित्र कूल खपत झण्डै एक हजार… पुरा पढौ

नयाँ बजेटमा के–के कुरालाई प्राथमिकता दिँदैछ सरकार ?

काठमाडौं, २५ वैशाख । आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमा सरकारले कृषि, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता दिने भएको छ । अर्थ मन्त्रालयका अनुसार अहिले बाह्य क्षेत्रमा दबाब परेकाले अबको बजेट अर्थतन्त्र सुधार्न कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्रलाई केन्द्रमा राखेर ल्याइनेछ । ‘कृषिक्षेत्रमा हामी खस्किँदै गएका छौं । गतवर्ष ३ खर्ब २५ अर्बको कृषिजन्य वस्तुको आयात भएको थियो । अब कृषिमा फरक नीति र कार्यक्रम हुनैपर्छ,’ शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले… पुरा पढौ

आईतबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २५ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको पाइएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा रुपैया ६०० ले बढेको छ । चाँदी तोलामा रुपैयाँ ५ ले बृद्धि भएको छ । यसअघि शुक्रबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनमा रुपैयाँ ६०० ले बढेर तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन तोलाको ९८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन… पुरा पढौ

मौद्रिक नीतिमार्फत आयात निरुत्साहित गर्न राष्ट्र बैंकलाई आईएमएफको सुझाव, ब्याजदर बढाइनुपर्ने

काठमाडौं, २५ वैशाख । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले कसिलो मौद्रिक नीतिबाट आयात निरुत्साहित गर्न सुझाव दिएको छ । बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिलाई सन्तुलनमा राख्न सरकारले विलासी सामानको आयातमा रोक लगाएका बेला आईएमएफले यस्तो सुझाव दिएको हो । नेपाललाई उपलब्ध गराएको ऋण सहायता (एक्स्टेन्डेड क्रेडिट फेसिलिटी) को उपयोगिताबारे अध्ययन गर्न रोवर्ट ग्रेगरीको संयोजकत्वमा आएको टोलीले कसिलो मौद्रिक नीतिमार्फत ब्याजदर वृद्धि गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको हो । आयात प्रतिबन्धले मुद्रास्फीति बढ्न गई आर्थिक वृद्धिलाई समेत असर गर्ने… पुरा पढौ

उद्योग व्यवसाय गर्ने वातावरण बनाउनेहरू मात्र नेतृत्वमा आउनुपर्छ-साँवा लिम्बू

काठमाडौं, २४ वैशाख । राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका अध्यक्ष एलपी साँवा लिम्बूले देशमा शान्ति र स्थायित्व कायम भए मात्र उद्योग व्यवसाय गर्ने वातावरण बन्ने बताएका छन् । महासङ्घको स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उनले मुलुकको शान्ति र स्थायित्वका लागि स्थानीय तहदेखि नै वातावरण बनाउनुपर्ने बताए। यही वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने नेतृत्वले उद्योग व्यवसायका लागि स्थानीय तहबाटै उचित वातावरण बनाउन सक्ने कार्यसूची भएको पार्टीलाई मतदान गर्नुपर्ने उनको भनाइ थियो । तत्कालीन नेकपा (एमाले)… पुरा पढौ

चितवनमा एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि

चितवन, २४ वैशाख । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि कुखुरा नष्ट गर्न थालिएको छ । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा सङ्क्रमण… पुरा पढौ

सामाजिक सुरक्षा कोषद्वारा रु एक अर्ब ६ करोड योगदानकर्ताको खातामा जम्मा

काठमाडौं, २४ वैशाख । सामाजिक सुरक्षा कोषले गत जेठ र असार महिनाको योगदानवापतको रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ । रोजगारदाताका तर्फबाट जम्मा गर्नुपर्ने २० प्रतिशत र योगदानकर्ताका तर्फबाट जम्मा गर्नुपर्ने ११ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा गरिएको हो । करिब एक लाख ३० हजार योगदानकर्ताको खातामा रकम जम्मा गरिएको कोषले जनाएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत कोषमा योगदान गर्ने योगदानकर्ताको जेठ र असार महिनाको योगदानवापतको रकम सरकारका तर्फबाट जम्मा गर्ने घोषणा गरिएको थियो । कोरोना महामारीका कारण रोजगारदाता… पुरा पढौ

महासंघले चलायाे छलफल, शेयर बजारको परिपक्वता खोजिँदै

काठमाडौं, २४ वैशाख । झण्डै रु ४४ खर्ब बराबर पुगेको बजारको पूँजीकरण पुगेको धितोपत्र बजार पछिल्ला दिनमा क्रमशः ओरालो लागेको छ । कारोबार मापक नेप्से परिसूचक न्यून बिन्दुमा ओर्लिएको छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासङ्घले शेयर बजारका सन्दर्भमा एक छलफल चलायो । छलफलमा नियमक निकायदेखि सरोकारवालाको सहभागिता थियो । नेप्से लगातार ओरालो लाग्दा त्यसले लगानीकर्तालाई पनि निराश बनाएको छ । निराशालाई चिर्दै अगाडि बढ्ने लक्ष्यका साथ आयोजित छलफलका वक्ताले बजारलाई परिपक्व बनाउने विषयमा मतैक्यता प्रदर्शन गरेका छन् ।… पुरा पढौ

अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर बजेट बनाइदै

काठमाडाैं, २३ वैशाख । कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा गरिरहेको छ । आगामी आर्थिक वर्षको बजेटमा देशको सन्तुलित आर्थिक विकासका लागि जल, जमिन, जङ्गल, खानी, कृषिलगायत प्राकृतिक स्रोतको अधिकतम उपयोग, निर्यात प्रवद्र्धन व्यवस्थापन एवं प्रतिस्थापन, गुणस्तरीय पर्यटन सेवा विस्तार र विद्युत् ऊर्जाको विकासलाई प्रमुख प्राथमिकतामा राखेर अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ । बजेट महाशाखाका एक अधिकारीका अनुसार निरपेक्ष र बहुआयामिक गरिबीको अवस्थाबाट देशलाई मुक्त गर्दै मध्यम… पुरा पढौ