आर्थिक 📈

निर्माण व्यवसायीको आन्दोलन, आजदेखि ‘कन्स्ट्रक्शन होलिडे’

काठमाडौं, ११ वैशाख । नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि निर्माणका सबै काम बन्द गर्ने भएको छ । शुक्रवार महासंघ सचिवालय अनामनगरमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने भएकाले आइतवारदेखि ‘कन्स्ट्रक्शन होलिडे’ आह्वान गरिएको बताए । महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्याधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई यही आइतबारदेखि लागु हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने स्पष्ट पारेको छ । कन्स्ट्रक्शन होलिडे’ को अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने… पुरा पढौ

काठमाडौं फ्रेस बेकरी २६ औं बर्षमा प्रवेश

पोखरा १० बैशाख । पोखरा महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरी २६ औं बर्षमा प्रवेश गरेको छ । बेकरीले शनिबार एक कार्यक्रमको आयोजना गरी स्थापनाको रजत बर्ष मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीब बहादुर कोइरालाले सरकारी तवरबाट व्यवसायीहरुलाई आवश्यक सहयोग नभएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरुमा दूरदर्शीताको खाँचो रहेको बताए । उनले निरन्तर रुपमा व्यवसायमा लागेमा मात्र सफल उद्यमी बन्न सकिने भएकाले धैर्यता नै महत्वपूर्ण भएको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष… पुरा पढौ

आर्थिक र सामाजिक विकासमा युवा उद्यमी लाग्नुपर्छः मन्त्री भुसाल

काठमाडौं, १० वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा उद्यमीको संस्था ७५३ वटै स्थानीय तहमा विस्तार गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नुछ । त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्छ ।” मन्त्री भुसालले कृषि उत्पादनमा युवा… पुरा पढौ

सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सक्छौं : उद्योगी

चितवन, १० वैशाख । उद्योगी व्यवसायीले सरकारले सहयोग गरेमा नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने बताएका छन् । नेपाल फर्मा एक्स्पो २०२२ को समारोहमा बोल्ने वक्ताले नीतिगतरुपमा नै स्वदेशी औषधि उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने उनीहरुको भनाइ छ । कतिपय देशले आफ्नो देशमा उत्पादन हुने औषधि आयातमा रोक लगाएको भन्दै नीहाँहरुले नेपालमा पनि यसको सिको गर्नुपर्नेमा जोड दिए। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मागको ५० प्रतिशत धान्न सक्ने अवस्थामा नेपाली औषधि उद्योग पुगेको जनाउँदै स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गर्नसकेमा ९० प्रतिशत आत्मनिर्भर… पुरा पढौ

एफएनसीसीआई र कोरियन एजेन्सी कोस्मेबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १० वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीबीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गरेको महासंघले जनाएको छ । विशेषगरी अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यावसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको… पुरा पढौ

नौ महिनामा मास्क र स्यानिटाइजर आयातमा रु एक अर्ब २२ करोड बढी रकम बाहिरियाे

काठमाडौं, ९ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि रु एक अर्ब २२ करोड २९ लाख ३९ हजार बाहिरिएको हो । तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा रु एक अर्ब आठ करोड ७५ लाख ४० हजार बराबरको फेस मास्क र रु १३ करोड ५३ लाख ९९ हजार बराबरको स्यानिटाइजर आयात भएको छ ।… पुरा पढौ

आइएमई जनरल इन्स्योरेन्सको २४औं साधारण सभाबाट ७.३७ प्रतिशत लाभांश पारित

काठमाडौं, ९ वैशाख । आइएमई जनरल इन्स्योरेन्सको २४औं साधारण सभा सम्पन्न भएको छ । काठमाडौं लैनचाैरस्थिर लैनचौर बैङ्क्वेट्समा सम्पन्न साधारण सभाले ७.३७ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । संचालक समितिले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुको लागि ७ प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव गरेको थियो । यस्तै साधारण सभाले चुक्ता पूँजीलाई २ अर्ब ५० करोड पुर्याउने विशेष प्रस्तावलाई पनि पारित गरेकाे छ । संचालक समितिका अध्यक्ष हेमराज ढकालले नीर्जिवन बीमाका… पुरा पढौ

नाै महिनामा रु एक खर्ब ६० अर्ब बढिकाे स्वदेशी वस्तु निर्यात

काठमाडौं, ९ वैशाख । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । विभागको तथ्याङ्कअनुसार नौ महिनामा रु एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट रु ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो । चालू आवको नौ महिनामा… पुरा पढौ

उपकार लघुवित्तको आइपिओ बाँडफाँड, कतिले पाए ?

काठमाडाैं, ९ वैशाख । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं, ९ वैशाख । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भने घटेको छ । नेपाल सुनचँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनको भाउ स्थिर रहेको र चाँदीमा रुपैयाँ २० ले गिरावट भएको जनाएको छ । छापावाल सुन तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुनको भाउ पनि सोहि रहेकाे थियो । तेजाबी सुन तोलाको १ लाख ४०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन पनि बिहिबार… पुरा पढौ