आर्थिक 📈

आयातमा अग्रणी नेपाल: जहाँ साल्मन माछादेखि महीसम्म आयात हुन्छ

काठमाडौं, १३ वैशाख । संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला नेपालमा भित्र्याइएको प्रशान्त महासागरको माछाबारे जिज्ञासा जाग्नु स्वाभाविकै हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरणमा दुई हजार ७१८ किलो सालमन माछा आयात भएको देखिन्छ । त्यस्तै, विभागको विवरण अनुसार सोही माछाको अन्य प्रकारसमेत गरी… पुरा पढौ

पोखरा बचत तथा ऋण सहकारीले २०औं स्थापना दिवस मनायो

पोखरा, १३ बैशाख । पोखरा नयाँबजारको पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २०औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले पोखरा—२५, हेम्जा स्थित मानवसेवा आश्रमलाई २५ हजार नगद सहयोग हस्तान्तरण गरेको छ । संस्थाका उपाध्यक्ष शम्भुराज बास्तोलाले सोमबार आश्रम परिसरमा आयोजित एक समारोहका बीच आश्रमका सञ्चालकलाई उक्त रहयोग रकम हस्तान्तरण गरेका हुन । उनले संस्थाको बार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम जस्तो पवित्र परोपकारी संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । सो कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी लगायत… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीको स्थिर, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, १३ वैशाख । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । छापावाल सुनमा यसदिन तोलामा रुपैयाँ ९०० ले घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रुपैयाँ ९०० ले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन तोलाको ९८ हजार… पुरा पढौ

२ अर्ब २० करोडको ऋणपत्र बिक्रीमा ल्याउदै सेञ्चुरी बैंक

काठमाडौं, १३ बैशाख । सेञ्चुरी कमर्सियल बैंकले वैशाख २१ गतेबाट वार्षिक साढे १० प्रतिशत ब्याजदरको '१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८' को निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको छ । यसको अवधि १० वर्षका लागि रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो । उक्त ऋणपत्रमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि रहेको छ । बाँकी रहने १ अर्ब ३२… पुरा पढौ

जापानको नारितामा साताको तीन उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं, १३ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ । निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । उक्त गन्तव्यमा निगमले साताको तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान सञ्चालन गर्ने योजना बनाएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ । जापान सरकारको नियमानुसार आइतबार र मङ्गलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना… पुरा पढौ

सबै निकायसँग छलफल गर्दै बजेट निर्माणमा जुट्याे अर्थ मन्त्रालय

काठमाडौं, १३ वैशाख । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणलाई तीव्रता दिएको छ । पछिल्लो समय मन्त्रालयले विभिन्न मन्त्रालयहरूसँग बजेट निर्माणको प्राथमिकता लगायतका विषयमा छलफलमा जुटिरहेको छ । अर्थ मन्त्रालयले सोमवार बिहान वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ । त्यस्तै दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको थियो । वन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वनको विनाश नगरी अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताएका थिए । उनले विदेशबाट ठूलो… पुरा पढौ

सोलु हाइड्राेले साढे १३ करोडको सेयर निष्काशन गर्दै

काठमाडौं, १३ वैशाख । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले वैशाख २२ गतेदेखि रू १३ करोड ५० लाख बराबरको १३ लाख ५० हजार कित्ता सेयर निष्काशनको तयारी गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० मूल्य अंकित दरको १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । सेयरमा आयोजना प्रभावित सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाका जनताले लगानी गर्न सक्नेछन् । लगानीकर्ताले घटिमा १० तथा… पुरा पढौ

गरिमा क्यापिटलको छैटाैं साधारण सभा सम्पन्न, अध्यक्षमा दिपक पाण्डेय चयन

काठमाडौं, १२ वैशाख । गरिमा क्यापिटलको छैटाैं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । सभाले आ.व. २०७७-७८ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ। सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७-७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरेको बताइएकाे छ। सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकहरू निर्वाचित भएका छन। जसमा दिपक पाण्डेय, रमाकान्त बराल, यादव कुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल… पुरा पढौ

३४.९५ अंकले घट्यो नेप्से, २ अर्ब ४ करोड बढिको कारोबार

काठमाडौं, १२ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार नकारात्मक लयमा गएकाे देखिएकाे छ । अघिल्लो दिनमात्रै नेप्सेमा ९४.४६ अंकको उछाल देखिएकोमा आज भने ३४.९५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । नेप्सेमा १.४४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.१९ अंकले घटेर ४५४.६९ विन्दुमा झरेको छ । कुल २३९ कम्पनीको सेयर कारोबार भएको छ । ५० लाख ४७ हजार ७६९ कित्ता सेयरको खरिदबिक्रीबाट २… पुरा पढौ

९ महिनाको अवधिमा फलफूल मात्रै ११ अर्बको आयात

काठमाडौं, १२ वैशाख । जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस् या सामान्य कुराकानीमा पनि ‘नेपाल कृषिप्रधान देश हो’ भनिन्छ । नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको तथा दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेको तथ्याङ्क समयसमयमा सार्वजनिक भएकै छन् । आर्थिक सर्वेक्षण २०७७-०७८ मा कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान… पुरा पढौ