आर्थिक 📈

सिवाईसी नेपाल लघुवित्तले ल्यायो करिब ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा

काठमाडौं, २ वैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्रीमा ल्याएको छ । लघुवित्तका अनुसार ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयर बिक्रीमा ल्याईएको हो । जारी पूँजीको ०.५ प्रतिशत ६ हजार ८२ कित्ता सेयर कर्मचारीको लागि रहेको छ । यस्तै ५ प्रतिशतले हुने १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । सर्वसाधारण लगानीकर्ताले यसबाट बाँकी रहन आउने ३ लाख ६९ हजार… पुरा पढौ

आयात प्रतिस्थापनको बिकल्प कृषि यान्त्रिकरण : ढकाल

स्याङ्जा, १ वैशाख । निर्यातको तुलनामा आयात बढ्दै जाँदा देशमा बिदेशी मुद्रा सञ्चिति घट्दै गएपछि अर्थतन्त्रमा नकारात्मक प्रभाबहरु देखिन थालेको छन् । त्यसैको प्रभाबले बैंकहरुमा तरलता अभाब बढ्दै गएको छ भने व्यवसायीले लगानी योग्य रकम पाउन मुश्किल मात्रै छैन्, अत्यावश्यक वस्तुको आयातमा प्रतिबन्धित हुने अवस्था सृजना हुन लागेको छ । देशको अर्थतन्त्रमा देखिएको नकारात्मक प्रभावलाई कम गर्न र आयात प्रतिस्थापनको बिकल्प केबल कृषि क्रान्तिबाट मात्रै सम्भब भएको मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले बताएका छन् । आधुनिक युगमा चुनौती पूर्ण… पुरा पढौ

वर्षा भएपछि मध्यमर्स्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

लमजुङ, १ वैशाख  । लमजुङको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुनथालेको छ । केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङदी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए। पुस लागेसँगै २६, २७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यतिबेला ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उनले जानकारी दिए। विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्यमर्स्याङदी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली… पुरा पढौ

माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्र अब २४ सै घन्टा खुला

काठमाडौं, १ वैशाख । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहक सेवा केन्द्रलाई २४ सै घन्टा खुल्ला राख्ने बताएको छ । यो सेवा हप्तामा सातै दिन कायम रहने भएको छ । बैंकले ग्राहकको सुविधाको लागि विभिन्न समयमा विभिन्न सेवाहरु ल्याउँदै आएकोमा पछिल्लो यो नयाँ सेवाबाट ग्राहकहरुले आफ्नो अनुकुलको समयमा सेवा लिन र कुनै पनि सूचना पाउने भएका छन् । बैंकले देश तथा विदेशका रहेका बैंकका ग्राहकलाई सूचनाको पहुँचको लागि फोन नं पनि उपलव्ध गराएको छ । बैंकको ०१ ५९७०५५५… पुरा पढौ

विदेशमा रहेका नेपालीलाई पनि लगानीको अवसर : सरकारले स्थापना गर्ने भयो सञ्चित लगानी कोष

काठमाडौं, १ बैशाख । विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सरकारले सञ्चित लगानी कोष स्थापना गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रोजगारी वा अन्य शिलशिलामा विदेशमा बसेका नेपाली नागरिकहरूमा समेत लगानीको अवसर सिर्जना गर्नका लागि कोष स्थापना गर्ने निर्णय लिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।  अर्थमन्त्री शर्माका अनुसार सरकारले स्थापना गर्न लागेको सो कोषमा विदेशमा रहेका नेपालीले मासिक दुई/चार हजार डलरसम्म जम्मा गर्न सक्नेछन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले बुधबार आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा मन्त्री शर्माले… पुरा पढौ

उपकार लघुवित्तको आईपीओमा पर्यो २४ लाख बढीको आवेदन

काठमाडौं, १ वैशाख । उपकार लघुवित्त वित्तीय संस्थाले निष्काशण तथा बिक्रीमा ल्याएको आईपीओमा २४ लाख बढीको आवेदन परेको छ । लघुवित्तको आईपीओमा २४ लाख ३१ हजार १७० आवेदन परेको हो । सो आवेदनबाट २ अर्ब ७५ करोड ६५ लाख २३० कित्ता सेयरको लागि आवेदन पेश भएको छ । यो संख्या सर्वसाधारणका लागि बिक्रीमा ल्याईएको २ लाख २१ हजार १५६ कित्ताको १२४.५४ गुणा अधिक हो । संस्थाले चैत २५ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको थियो । लघुवित्तले सर्वसाधारणका लागि २… पुरा पढौ

भन्सार छलेर ल्याइएकाे एक करोडको सामान बरामद

बनियानी, १ वैशाख । भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री प्रहरीले बरामद गरेको हो । प्रहरीले बिर्तामोडबाट भन्सार छलेर ल्याइएको कपडाको ठूलो रोल आठ थान, सानो रोल ३१ थान, मोटर गार्ड पाँच थान, कपडा ठूलो बोरामा दुई बोरा, मोटरपार्टस् सानो बोरामा तीन बोरा फेला पारेको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

नयाँ वर्ष २०७९ को आगमनसंगै छायो नेप्सेमा हरियाली, कारोबारमा शिवम् सिमेन्ट अब्बल

काठमाडौं, ३० चैत । नयाँ वर्ष २०७९ सालमा सेयर बजारको कारोबार कस्तो होला ? भन्ने जिज्ञासाको उत्तर आगामी दिनहरुले देखाउने नै छन् । उता सन् २०२२ लागेपछि सेयर बजारले सोचे अनुरुपको सकारात्मक लय भने लिइरहन सकेन । यहीबिचमा हरेक बुधबार ओरालो लाग्दै आएको सेयर बजार आज बुधबार भने हरियाली हुँदै नयाँ वर्ष २०७९ साललाई स्वागत गरेको छ । पूरानो वर्षको अन्त्य र नयाँ वर्षको आरम्भ हुने दिनको ९ घन्टा अघि नै हरियालीकासाथ सकारात्मक लयको संकेत आगामी दिनका लागि यस्तै होस्… पुरा पढौ

चालू खाता घाटा साढे ४ खर्ब बढी, शोधनान्तर स्थिति पनि घाटामै

काठमाडौं, ३० चैत । चालू आर्थिक वर्ष २०७८/७९ मा मुलुकको चालू खाता घाटा ४ खर्ब ६२ अर्ब ९३ करोड रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार मुलुकको चालू खाता घाटा ४ खर्ब ६२ अर्ब ९३ करोड पुगेको देखिएको हो । गत वर्ष यस्तो चालू खाता घाटा १ खर्ब ५१ अर्ब मात्रै थियो । यो अवधिसम्ममा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रूपैयाँले घाटामा छ… पुरा पढौ

उकालो लाग्दै सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, ३० चैत । सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ झन् उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ६०० ले बृद्धि भएर तोलाको १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ तोलाको १ लाख ९०० रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख १ हजार… पुरा पढौ