आर्थिक 📈

ऋणसँगै प्रविधि पनि भित्र्याउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, १ चैत । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रमुख दातृ निकाय एसियाली विकास बैंक (एडीबी) लाई नेपालमा ऋण लगाानीसँगै विश्व बजारमा उपलब्ध नविन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरेका छन् । एडीबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समिक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ठूला परियोजनाहरुमा अझै दातृ निकायको ऋण आवश्यक परेको र यसरी ऋण दिँदा विकसित देशमा प्रयोग हुने नवीन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरे । ‘हामीलाई अबका दिनमा ऋण मात्र होइन, प्रविधि पनि भित्र्याइ दिनुपर्‍यो,’… पुरा पढौ

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सेवासम्बन्धि सम्झौता

भक्तपुर, १ चैत । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सहकार्य सम्झौता भएको छ । सो अवसरमा ‘उद्योग व्यवसायमा बिमाको आवश्यकता र फाइदा’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।‬‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बिमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका थिए । सोही कार्यक्रममा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्रराज दहालले आजको बदलिदो… पुरा पढौ

नेपाल लाइफको ‘नेपाल लाइफ अनमोल जीवन’ बिमा योजना सार्वजनिक

काठमाडौं, १ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । मंगलबार कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ जीवन बिमा योजना ल्याएको जनाएको छ । सार्वजनिक गरिएको नयाँ जीवन बिमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बिमा भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बिमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनीले सावधिक र आजीवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’… पुरा पढौ

गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते निगमले परीक्षण उडान गर्ने

काठमाडौं, १ चैत्र । नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वर्षको दिन परीक्षण उडान गर्ने भएको छ । निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको विमानस्थलमा परीक्षण उडानसँगै वैशाख ७ देखि व्यावसायिक उडान खुल्ला हुने भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार वैशाख १ गते नेपाल एयरलाइन्सले परीक्षण उडान गर्नेछ । वैशाख ७ पछि भने व्यावसायिक उडान खुल्ला हुने एयरलाइन्सले जनाएकाे छ । कुवेतको जजिरा एयरवेजले बुद्ध जयन्ती पारेर जेठ २ गतेदेखि दैनिक उडानको लागि अनुमति मागेको… पुरा पढौ

उपभोक्ताकाे हितविपरीत काम गर्ने १ हजार ६१५ कम्पनीलाई रु ४ करोड जरिवाना

काठमाडौं, १ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५ फर्म, कम्पनीलाई रु तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको छ । विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फर्म, कम्पनीको अनुमगन गरेका थिए । विभागले दुई हजार ९७४, मातहतका पाँच कार्यालयले एक हजार ८०५ र जिल्ला प्रशासन कार्यालयले आठ हजार १५ फर्मको अनुगमन गरेको विभागले जनाएको छ । अनुगमनका क्रममा विभागले रु चार करोड… पुरा पढौ

क्रिप्टोकरेन्सी कारोबार गर्ने २ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, १ चैत । क्रिप्टोकरेन्सी कारोबार गर्ने २ जनाविरुद्ध मुद्दा दायर भएको छ । मंगलबार राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ को पुस्कर श्रेष्ठ र २३ को बिनिता लिम्बुमाथि मुद्दा दायर गरेको हो । विभिन्न बैंकका स्टेटमेन्टहरु, मोबाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट पुस्कर श्रेष्ठ र बिनिता लिम्बु समेतका प्रतिवादीहरूले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स 1xbet, Binance, Adv Cash, Coinbase,… पुरा पढौ

मंगलबार नेप्से सूचक १७ अंकले घट्यो, ३ अर्बको कारोबार

काठमाडौं, १ चैत । साताको तेस्रो कारोबार मंगलबार सेयर बजार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से सूचक १७.१५ अंकले बढेर २ हशजार ६५०.९७ अंकमा झरेको छ । नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ । आज सेन्सेटिभ परिसूचक ७.२६ अंकले घटेर ५०२.५९ अंकमा झरेको हो । आज २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा सूचीकृत भएका… पुरा पढौ

पशुपन्छी तथा माछापालन गरिरहेका २३६ किसानलाई अनुदान

बागलुङ १ चैत । पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २३६ किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २३५ किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलब्ध गराएको हो । बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको कृष्ण गाई भैँसी फार्म उद्योगमा २०० किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानलाई नगद तथा चेक सोमबार उपलब्ध गराएको हो । दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी संरक्षण कार्यक्रमअन्तर्गत १४ किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान… पुरा पढौ

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

तनहुँ, १ चैत । तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । ‘जलविहारको व्यवस्था गरेर पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौं, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गरेर जलविहार यात्रा सञ्चालन गर्छौं ।’ गाउँपालिकाले यसका… पुरा पढौ

प्रि-ओपन सेसनमा साढे ५ अंक बढ्यो नेप्से

काठमाडौं, १ फागुन । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ । सोमबार झिनो अंकले बढेको नेप्से आज प्रि-ओपन सेसनमै ५.४३ अंक बढेर २ हजार ६७३.५५ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७४ अंक बढेको छ । मंगलबार प्रि-ओपन सेसनमा १२ स्टकको १ करोड ३ लाख ९८ हजार १९३ रुपैयाँ बराबरको ६ हजार ७७८ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १० स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ । बाँकी १… पुरा पढौ