आर्थिक 📈

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, १५ फागुन । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ विनिमयदरअनुसार आज अमेरिकी डलरको मूल्य १२० रुपैयाँ नाघेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२०.१७ रुपैयाँ र बिक्रीदर १२०.७७ रुपैयाँ कायम गरिएको छ । युरोपियन युनियनको एकको खरिददर १३४.३६ र बिक्रीदर १३५.०३ रुपैयाँ कायम गरिएको छ । आज युके पाउण्ड स्टलिङको एकको खरिददर १६०.७८ रुपैयाँ खरिददर र १६१.५८ रुपैयाँ बिक्रीदर कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज क्यानडियन… पुरा पढौ

नेस्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १५ फागुन । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज आईतबार अन्तिम दिन रहेको छ । लघुवित्तले फागुन ११ गतेदेखि ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कुल सेयरमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि रहेको छ । ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ… पुरा पढौ

बागलुङ कालिकाको भेटी प्रभु बैंककाे क्यूआर कोडमार्फत भुक्तानी सुरु

बलेवा, १५ फागुन । बागलुङ कालिका मन्दिरको भेटी तथा सहयोग रकमलाई बैंकिङ प्रणालीमा व्यवस्थापन गर्नका लागि क्यूआर कोडमार्फत भुक्तानी सुरु भएको छ । प्रभु बैंक बागलुङ शाखाले मन्दिरलाई क्यूआर कोड उपलब्ध गराएको हो । क्यूआर कोड हस्तान्तरण गर्दै नेपाल बैंकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख डा रामशरण खरेलले नोटको सुरक्षा, भेटी तथा सहयोग रकमको पारदर्शिता र असहज परिस्थितिमा भक्तजनको सहजताका लागि क्यूआर कोड सहयोगी बन्ने बताए। “देश डिजिटल युगमा प्रवेश गर्ने भनेको छ, अब हामी मन्दिरमा भेटी पनि डिजिटल माध्यामबाट… पुरा पढौ

जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन कालापत्थरसम्म महिला पदयात्रा हुँदै

काठमाडाैं, १५ फागुन । जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन काठमाडौंदेखि विश्वको अग्लो हिमाल सगरमाथाको आधारशिवर कालापत्थरसम्म पदयात्रा हुनेभएको छ । यस वर्षको मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसमा काठमाडौंदेखि कालापत्थरसम्म विभिन्न क्षेत्रका ४० जना महिलाले १३ दिने पदयात्रा गर्ने भएका हुन् । ‘साथसाथै’ संस्थाको आयोजनामा हुने पदयात्राका क्रममा यही फागुन १७ गते महिला टोली आधारशिवरतर्फ प्रस्थान हुने जानकारी दिइएकाे छ। कार्यक्रममा सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले दिवसका अवसरमा पराम्परागतभन्दा नौलो र उदाहरणीय कार्यक्रम हुन लागेकाेमा खुसी व्यक्त गर्दै यस… पुरा पढौ

मिर्गौलापीडित पण्डितलाई कर्मचारीद्वारा रु दुई लाख सहयोग

दमौली, १५ फागुन । मिर्गौलापीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब रु दुई लाख सहयोग गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्यसमेत रहेका उनलाई सो सङ्गठन कास्कीले रु एक लाख ९५ हजार सहयोग गरेको हो । सङ्गठनको ११औँ जिल्ला अधिवेशनका अवसरमा उक्त रकम उनलाई हस्तान्तरण गरिएको छ । कास्कीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीबाट सङ्कलन गरिएको रकम पण्डितको उपचारमा सहयोग पु¥याउन हस्तान्तरण गरिएको निजामती कर्मचारी सङ्गठन तनहुँका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए। बिरामी पण्डितलाई शुक्रबारमात्रै निजामती कर्मचारी सङ्गठन तनहुँले पनि… पुरा पढौ

बैंकको जागिर छाेडेर यामनाथले सुरु गरे कालिज पालन

गलेश्वर, १४ फागुन । म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि पेसा रोजेका छन् । आचार्य बैंकिङ क्षेत्रको जागिरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लागेका हुन्। लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर उनले कालिज, टर्की, हाँस, बाख्रा र माछापालन गरेका छन् । ३५ लाख लगानीबाट ‘जङ्गली कुखुरा’ भनेर चिनिने कालिजको व्यावसायिकपालन सुरु गरेका आचार्यले यस पेसामा धेरै सम्भावना रहेको बुझेपछि व्यवसायलाई थप लगानी र अझै व्यवस्थित बनाएका छन् । कालिजको मासु र अण्डा… पुरा पढौ

बेष्ट फाइनान्सले डाक्याे चैत्र ४ मा साधारण सभा

काठमाडौं, १४ फागुन। बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आगामी चैत्र ४ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सो दिन दिनकाे १२:३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पच्चिसाैं वार्षिक साधारण सभा डाकेको हो। सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षको लागि लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा सभाले छलफल गर्नेछ। संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा… पुरा पढौ

हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा २ करोड आम्दानी

खोटाङ, १४ फागुन । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ । त्यस्तै रु एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५÷०७६ मा रु ८७ लाख १९ हजार २१५ आय र रु ४२ लाख ४२ हजार ३५० व्यय, आव २०७६÷०७८ मा रु ५३ लाख ८९ हजार ८६९ आय र रु ४० लाख ६२ हजार… पुरा पढौ

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेज बीच सम्झौता

काठमाडाैं, १३ फाल्गुन । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । यसै क्रममा काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रा.लि संग ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । यस सम्झौता मार्फत बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा… पुरा पढौ

आर्थिक अनुशासन राज्यको मेरुदण्ड हाे-अर्थमन्त्री बराल

पोखरा, १३ फागुन । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जिवनले आर्थिक अनुशासन नै राज्यको मेरुदण्ड भएको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले शुक्रबार पोखरामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनका आयामहरु विषयक कार्यशाला गोष्ठीमा बोल्दै प्रमुख अतिथि बरालले आर्थिक र वित्तिय अनुशासन राज्यको प्राणसंग जोडिएकाले त्यसलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिए । उनले संस्थाहरु व्यक्तिगत भन्दा पनि नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकार संस्थाप्रति सदैव सकारात्मक रहेको बताए । राज्यका हरेक प्रणालीलाई अर्थले नै सक्षम… पुरा पढौ