आर्थिक 📈

घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, १७ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।सुनको भाउमा रुपैयाँ ६०० तथा चाँदीमा सामान्य ५ रूपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छपावाला सुन रुपैयाँ ६०० ले घटेर तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छपावाला सुनको भाउ तोलाको ९८ हजार दुई सय रुपैयाँ तोकिएको थियो । तेजाबी सुन तोलाको ९७ हजार १०० रुपैयाँ तोकिएको छ । सोमबार तेजाबी सुन तोलाको ९७… पुरा पढौ

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौ, १७ फागुन । नेको इन्स्योरेन्सले लाभांश पारित गर्नका लागि चैत्र ९ गते २६औं साधारण सभा आव्हान गरेको छ । साधारण सभा इन्स्योरेन्सको काठमाडौं, ज्ञानेश्वरमा रहेको केन्द्रीय कार्यालयमा बोलाईएको छ । साधारण सभा पूर्वान्ह ११ बजे सुरु हुनेछ । कम्पनी संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । इन्स्योरेन्सको गएको आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनका लागि लाग्ने ०.७९ प्रतिशत नगद लाभांशसहित १५.७९ प्रतिशत लाभांस वितरणको घोषणा भएको… पुरा पढौ

रोकिएन सेयर बजारको ओरालो लागेको यात्रा, कारोबारमा अपि पावर अब्बल

काठमाडौं, १६ फागुन । सर्वाधिक चर्चामा रहेको एमसिसि पास भएको भोलिपल्ट आज त्यसको विरोधमा विभिन्न दलहरुले संयुक्त रुपमा आयोजना गरेको नेपाल बन्दको दिन सेयर बजार सकारात्मक हुन सकेन । साताको सेयर कारोबार हुने दोश्रो दिन नेपाली सेयर बजार राताम्मै भएको छ । कारोबार रकममा पनि कमि आएको छ । धेरैले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) संसदबाट पारित भएपछि त्यसको सेयर बजारमा सकारात्मक प्रभाव पर्ने आकलन गरिएको भएपनि लगानीकर्तामा सो अनुसारको मनस्थिति देखिएन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ४३.१० अंकले गिरावट… पुरा पढौ

सोमबार रु १६०० ले बढ्यो सुनको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, १६ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ आकाशिएको छ । यसदिन छपावाला सुन तोलामा रुपैयाँ १६०० ले बढेको छ । चाँदीमा रुपैयाँ ४५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रूपैयाँ १६०० ले बढेर ताेलाकाे ९८ हजार २०० रूपैयाँमा काराेबार भइरहेकाे छ । आईतबार छापावाला सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन यसदिन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ… पुरा पढौ

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने म्याद फागुन २३ गतेसम्म थप

काठमाडौं, १६ फागुन । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेबाट बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ । म्याद थप भएपछि स्थानिय लगानीकर्ताले फागुन २३ गतेसम्म आवेदन सक्नेछन् । प्रतिसेयर १०० रुपैयाँ मूल्य दरको ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गरिएको हो । आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं १, २, ३, लिखु गाउँपालिकाको वडा नं ९, रामेछाप लिखु तामाकोशी गाउँपालिकाको वडा नं १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं ७ का स्थानियको लागि… पुरा पढौ

३ बैंकको ६ करोड ३३ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, १५ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । आइतबार कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकको ६ करोड ३३ लाख ३३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर बापतको २ करोड १९ लाख ७९ हजार ८५९ कित्ता, सिद्धार्थ बैंकको १४‍.२५ प्रतिशत बोनस सेयर बापतको १ करोड ५६ लाख २१ हजार २७६ कित्ता र प्राइम कमर्सियल बैंकको… पुरा पढौ

आइतबार २६५३ अंकमा झर्‍यो नेप्से, ३ अर्ब २७ करोडको कारोबार

काठमाडौं, १५ फागुन । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेको छ । सेयर बजार ०.७९ प्रतिशतले घटेर बजार २ हजार ६५३.७० बिन्दुमा झरेको हो । आज २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता सेयर ३ अर्ब २७ करोड ३० करोड ६५ लाख ९१० रुपैयाँमा सेयर खरिदबिक्री भएको छ । आज नेपाल हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, युनियन हाइड्रोपावरसहितका जलविद्युत् कम्पनीहरूका लगानीकर्ताले २.७० प्रतिशतभन्दा बढीले कमाएका छन् । बजार घटेका कारण हिमालयन जनरल… पुरा पढौ

प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ, साधारण सेयर बिक्रीको तयारी

काठमाडौं, १५ फागुन । सरकारी स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा समेत स्थापित भएको छ । अधिकांश सरकारी स्वामित्वका संस्थान वित्तीयरुपमा संकटग्रस्त भइरहेका बेला प्राधिकरणले भने निरन्तर सफलता हासिल गर्दै गएको छ । राजनीतिक नेतृत्वको सहयोग र संस्थाको नेतृत्वको इमान्दार प्रयासका कारण वित्तीयरुपमा संकटमा परेको संस्था पनि नाफामा लैजान सकिने उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ । सोही क्रममा प्राधिकरणले ‘डबल ए प्लस क्रेडिट रेटिङ… पुरा पढौ

सहकारी संघ संस्थाका लागि १६ प्रतिशत ब्याजदर

काठमाडौं, १५ फागुन । सहकारी संघ संस्थाका लागि आजदेखि लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको छ । सहकारी विभागले सहकारी संघसंस्थालाई जारी गरेको सूचनामा सहकारी ऐन २०७४ को दफा ५१ बमोजिम सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा तोकेको जनाइएको छ । सूचनामा सबै सहकारी संघसंस्थाले सदस्यलाई ऋण प्रवाह गर्दा सीमा १६ प्रतिशतमा नबढ्ने गरी बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम हुने गरी र बचत तथा ऋणको कारोबार गर्ने सबै संघसंस्थाले प्रवाह… पुरा पढौ

एकैदिन रु १४०० ले घट्यो सुनको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, १५ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ अँझैं ओरालो लागेको छ । यसदिन छपावाला सुनमा रुपैयाँ १४०० तथा चाँदीको तोलामा रुपैयाँ ४० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छपावाला सुन तोलामा रुपैयाँ १४०० ले घटेर प्रतितोला ९६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भई रहेको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ कायम भएको थियो । तेजाबी सुन तोलाको रुपैयाँ ९६ हजार १०० मा कारोबार… पुरा पढौ