आर्थिक 📈

सरकारले खोप किन्न विश्व बैंकसँग गर्याे २ अर्ब १४ करोडकाे सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडाैं, १३ फागुन । नेपाल सरकारले विश्व बैंकसँग रु दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे। उक्त ऋण कोभिड–१९ विरुद्धको खोप खरिदका लागि उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ । “कोभिड–१९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिमा समेत नेपालले प्रभावकारीरूपमा प्रतिकार्य जारी राखेको छ”, हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले भने। उनले नेपालले १२ वर्षभन्दामाथिका व्यक्तिलाई कोभिड–१९ विरुद्धको सुरुवाती साथै… पुरा पढौ

घट्यो छापावाल सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, १३ फागुन । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको स्थिर रहेको छ । छापावाला सुनमा ताेलामा रुपैयाँ १००० ले घटेकाे छ भने चाँदी स्थिर रहि बिहिबारकै भाउमा खरिदबिक्री भई रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनमा रुपैयाँ १००० घटेर तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहिबार छापावाला सुनको भाउ तोलाको ९९ हजार कायम भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार… पुरा पढौ

नेपाल-भारत नवौं ऊर्जा बैठक : नेपालको बिजुली किन्न भारत सहमत

काठमाडौं, १२ फागुन । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा ३/३ सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि सरकारीस्तरमा संयुक्त लगानीका कम्पनी स्थापना हुनेछ । सोही कम्पनीले पहिलो चरणमा एउटा ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्नेछ । दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको आज यहाँ सम्पन्न नवौँ बैठकमा संयुक्तरूपमा जलविद्युत्… पुरा पढौ

एमडीआरडीअन्तर्गत ‘कोर्ट अफ द टेबल’मा दीपक थापा

काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्सका दीपक थापा विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वाेच्च अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेवल (MDRT) अन्तर्गतको दोस्रो तह कोर्ट अफ द टेबलमा २ वर्ष लगातार छनौट भएका छन् । थापा आर्थिक वर्ष ०२०/२१ र ०२१/२२ मा लगातार २ वर्ष नेपाल लाइफ इन्स्योरेन्स कोटेश्वरबाट छनौट भएको भन्दै शाखाले सम्मान गरेको हो । बुधबारका कोटेश्वर शाखाले एक कार्यक्रम आयोजना गरी शाखा प्रमुख ज्ञानेन्द्रमान तुलाधरले थापालाई जीवन बिमा व्यवसायमा लगनशील भई ०२०/२१ मा १६ औं स्थान र ०२१/२२ मा ५… पुरा पढौ

साताको अन्तिम दिन ५८ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं, १२ फागुन । साताको अन्तिम दिन बिहीबार नेप्सेमा भारी अंकले गिरावट आएको छ । नेप्से २.१७ प्रतिशतले घटेको हो । आज सेयर बजार कारोबार मापक नेप्से सूचक ५८.९९ अंकले ओरालो लागेको हो । कारोबार बन्द हुनसम्म नेप्से २ हजार ६६१.४४ बिन्दुमा झरेको हो । नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ओरालो लागेको छ । आज सेन्सेटिभ इन्डेक्स १०.३६ अंकले घटेर ५०७.५८ बिन्दुमा झरेको हो । नेप्से घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ । २२९ कम्पनीको ४ लाख ९०… पुरा पढौ

जनरल इन्स्योरेन्सको सञ्चालकमा ढुंगाना नियुक्त

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा भोलानाथ ढुंगाना नियुक्त भएका छन् । संस्थापक सेयरधनी कुमारी बैंकले रामचन्द्र खनालको सट्टामा ढुंगानालाई पठाएको छ । बैंकले रामचन्द्र खनाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएपछि बैंकको कम्पनी सचिव ढुंगानालाई सञ्चालकमा पठाउने निर्णय गरेको हो । जनरल इन्स्योरेन्समा कुमारी बैंकको ७.१४ प्रतिशत सेयर स्वामित्व रहेको छ । पुरा पढौ

पुग्याे छापावाल सुनकाे भाउ ताेलाकाे १ लाख नजिक

काठमाडौं, १२ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन बिहिबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । छापावाला सुनको भाउ तोलामा एकैदिन २ हजार ५०० ले बृद्धि भई ताेलाकाे १ लाख नजिक ९९ हजार पुगेको छ । चाँदी तोलामा रुपैयाँ ३५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा एकैदिन रुपैयाँ दुई हजार ५०० ले बृद्धि भई तोलाको ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाला सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँँ तोकिएको… पुरा पढौ

प्रि-ओपन सेसनमा ४ अंकले घट्यो नेप्से, ३४ लाखको कारोबार

काठमाडौं, ११ फागुन । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से सूचक ४.९९ अंकले घटेको छ । नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज प्रि-ओपन सेसनमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१८ अंकले घटेर ५१५.७६ अंकमा झरेको हो । सो सेसनमा ४१ कम्पनीको ६ हजार ३१३ कित्ता सेयर ३४ लाख ५१ हजार ४७ रुपैयाँमा किनबेच भएको छ । बुधबार सेयर बजार दोहोरो अंकले घटेको थियो । सोमबार र मंगलबार… पुरा पढौ

नेशनल हाइड्रोपावरकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १२ फागुन । नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्नका लागि आज एक दिन बाँकी रहेको छ । साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ कम्पनीको शुक्रबार बुक क्लोज गरिने भएको छ । लाभांश प्राप्ति तथा साधारण सभामा भाग लिनका लागि सेयर लगानीकर्ताहरुले आज बिहिबारसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम भएको हुनुपर्नेछ । नेशनल हाइड्रोपावर कम्पनीले २५औं वार्षिक साधारण सभा ३० गते बोलाएको छ । सो सभा काठमाडौं, नयाँवानेश्वर, विनायकनगरमा पूर्वान्ह ११ बजे बोलाईएको छ । कम्पनीको साधारण सभाबाट… पुरा पढौ

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद फागुन १९ गतेसम्म थप

काठमाडौं, १२ फागुन । बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप भएपछि लगानीकर्ताले फागुन १९ गतेसम्म आवेदन दिन सक्ने भएका छन । कम्पनीले माघ २७ गतेबाट प्रतिसेयर १०० रुपैयाँ अंकित दरको १८ लाख सत्ताइस हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको थियाे। कुल सेयरमध्ये १० लाख ९६ हजार ७ सय बयासी कित्ता सेयर आयोजना प्रभावित सिन्धुपाल्चोको जुगल गाउँपालिका वडा नं २, ३, ४ का स्थानियका लागि रहेको छ । बाँकी रहेको ७ लाख एकतीस हजार १८८ कित्ता जुगल गाउँपालिका वडा… पुरा पढौ