काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले पुनः क्रिष्टोकरेन्सीको कारोबार नगर्न नगराउन संबद्ध सबैलाई आग्रह गरेको छ । राष्ट्र बैंक गभर्नरको कार्यालयले आज क्रिष्टोकरेन्सी तथा नेटवर्क मार्केटिङका बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्येश्यले जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रकाशित गरी छिटो आर्थिक लाभ पाउने प्रलोभनमा परी क्रिष्टोकरेन्सीको प्रयोग, यसमा लगानी र नेटवर्किङ मार्केटिङमा लाग्नाले लगानी डुब्ने तथा आर्थिक नोक्सानी हुने भएकोले सचेत रहन आव्हान गरेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको सचेतनामूलक सामग्रीमा उल्लेख भए अनुसार यस्को कारोबारमा कानूनी अफ्टेरो पर्नसक्ने…
पुरा पढौ