आर्थिक 📈

प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं, २५ माघ । प्रुडेन्शियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजा ५६० रुपैयाँको ७… पुरा पढौ

बढ्याे सुन र चाँदी दुबैकाे भाउ, ताेलाकाे कति पुग्याे ?

काठमाडौं, २५ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । छपावाला सुनमा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भई प्रतितोला ९३ हजार १०० रुपैयाँँमा कारोबार भईरहेको छ । सोमबार छपावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी… पुरा पढौ

डेढ महिनादेखि हेटौंडा सिमेन्ट उद्योग महाप्रबन्धकविहीन, उत्पादन र बिक्रीसमेत ठप्प

काठमाडाैं, २५ माघ । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ । पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढन् नसकेकाले उद्योगको काम लथालिङ्ग भएको त्यहाँ कार्यरत प्राविधिक तथा कर्मचारीको भनाइ छ । साथै महाप्रबन्धकको समस्यासँगै हाल उद्योगको सिमेन्ट उत्पादन र बिक्रीसमेत ठप्प भएको बताइएको छ । उद्योगको ढुङ्गा धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन बन्द भएको… पुरा पढौ

सानिमा जनरल इन्स्योरेन्सको डीजीएममा रिजाल नियुक्त

काठमाडौं, २४ माघ । सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जेनरल म्यानेजर (डीजीएम) मा रेना रिजाल नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको निर्णयले रिजाललाई डीजीएम पदमा नियुक्त गरेको हो । एभरेष्ट इन्स्योरेन्सबाट करिअर सुरु गरेकी रिजालसँग ११ वर्ष काम गरेको अनुभव छ । उनी कुमारी बैंकमा पनि ११ वर्ष काम गरेर म्यानेजरसम्म पुगेकी थिइन् । बैंक तथा वित्तीय संस्थामा दुई दशक लामो अनुभव बटुलिसकेकी रिजाल पुनः इन्स्योरेन्स क्षेत्रमै फर्किएकी हुन् । पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तको व्यवस्थापन सम्मेलन सम्पन्न

काठमाडौं, २४ माघ । ग्लोबल आइएमई लघुवित्तले व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ । पोखराको लेकसाइडस्थित टीका रिसोर्टमा मा माघ २२ र २३ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उद्घाटन गरेका थिए । कार्यक्रममा स्टेशन प्रमुखहरुले आ.व २०७८/७९ को अर्धवार्षिक समीक्षा गर्दै कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती र आगमी रणनीतिहरु प्रस्तुत गर्दै स्टेशनको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रम समापनका क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने उत्कृष्ट… पुरा पढौ

मल उत्पादन गर्न सस्तोमा विद्युत् उपलब्ध गराउँछौं : ऊर्जामन्त्री भुसाल

काठमाडौं, २४ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत्को प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन् । कृषि मन्त्रालयमा आज भएको छलफलमा उनले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताइन् । उनले भनिन्, ‘देशभित्र ऊर्जाका रुपमा जे खपत हुन्छ त्यो जलविद्युत्बाट उत्पादित ऊर्जा नै हुनुपर्छ ।’ लगानी बोर्डमार्फत् लगानी गर्ने उद्योगी व्यवसायीले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले… पुरा पढौ

यूनियन लाइफले सञ्चालनमा ल्यायो ‘जीवन आवरण बिमा योजना’

काठमाडौं, २४ माघ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बिमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले बिमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । कम्पनीले ल्याएको जीवन आवरण बिमा योजनामा बिमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् । बिमा गर्ने व्यक्ति बिमा अवधिसम्म जिवित रहेमा बिमांक रकम र बोनस उपलब्ध हुनेछ भने बिमा अवधिभित्र कालगतीले निधन भएमा थप बिमांक रकम अर्थात् दुई गुणा बिमांक रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ… पुरा पढौ

सोमबार नेप्से परिसूचक १५ अंकले बढ्यो, ५ अर्बको सेयर किनबेच

काठमाडौं, २४ माघ । साताको दोस्रो कारोबार सोमबार नेप्से सूचक १५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १५.६९ अंकले बढेर २ हजार ८५१.८६ बिन्दुमा प्रवेश गरेको हो । नेप्से सूचकसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले बढेर ५३५.३२ अंकमा प्रवेश गरेको हो । साताको पहिलो कारोबार भारी अंकले गिरावट आएको नेप्से आज उकालो लागेको छ । आइतबार ४० अंकले घटेको नेप्से प्रि–ओपन सेसनमा पनि घटेको थियो । आज सेयर कारोबा ५… पुरा पढौ

दर्ना लघु जलविद्युत् ७ वर्षमै बन्द

भजनी, २४ माघ । अछामको बान्निगढी गाउँपालिका–६ साबिक दर्ना गाविसमा २०७० सालमा पहिलो पटक बिजुली बत्ती बलेको थियो । दर्नावासीको लामो प्रयासका बाबजुद कैलाश खोलाको पानीबाट ८३ किलोवाट क्षमताको आयोजना सुरु भए पनि त्यो आयोजना सात वर्ष नपुग्दै खस्कदो अवस्थामा पुगेको छ । जलविद्युत् आयोजनाको पानीको कुलो बाढीले बगाएपछि त्यसको सञ्चालनका लागि कुनै पहल नभएको स्थानीयबासी बताउँछन् । स्थानीय क्षेत्रमा उत्पादन भएको विद्युत्ले स्थानीयबासीलाई निकै राहत मात्रै दिएको थिएन गाउँमा साना तथा मझौला उद्योगहरु समेत सञ्चालनमा आएका थिए । साढे… पुरा पढौ

१४ अर्ब १० करोडको ‘विकास ऋणपत्र’ जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २४ माघ । नेपाल राष्ट्र बैंकले १४ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । २ वर्षका लागि ‘विकास ऋणपत्र २०८० ‘च’ सार्वजनिक गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार मौद्रिक व्यवस्थापन विभागद्वारा निष्काशन गरिने उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । भोलि माघ २५ गते अपराह्न ३ बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको निष्काशन मिति र… पुरा पढौ