आर्थिक 📈

१७.९९ प्रतिशतले बढ्यो सानिमा माई हाइड्राेपावरको खुद नाफा

काठमाडौं, २१ माघ । सानिमा माई हाईड्रोपावर लिमिटेडले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आउँदा ३७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सार्वजनिक भएको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार गएको वर्षकोभन्दा ३७ करोड १४ लाख रुपैयाँ बढी खुद नाफा भएको छ । जो नाफा १७.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ४८ लाख गुमाएको थियो । कम्पनीले विद्युत बिक्रीबापत ५७ करोड ६५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो पटककोभन्दा… पुरा पढौ

अमेरिकी डलरको मूल्य १२० रुपैयाँ पुग्यो, अन्य देशको विनिमयदर कति ?

काठमाडौं, २१ माघ । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा पुगेको छ भने बिक्रीदर १२०.०८ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.४४ रुपैयाँ पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१.८३ रुपैयाँ र बिक्रीदर १६२.६४ रुपैयाँ कायम छ । आज कतारी रियालको एकको खरिददर ३२.८२ रुपैयाँ र बिक्रीदर ३२.९८ रुपैयाँमा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आज जापानी येन आज १०… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैंछ ?

काठमाडौं, २१ माघ । केहिदिन उकालो लागेको सुनचाँदीको भाउ फेरि घटेको छ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार आज सुनचाँदीको भाउ घटेको हाे। छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार छापावाला सुन यसदिन रुपैयाँ ५०० ले घटेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छपावाला सुनको भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ

जाल्पा सामुदायिक लघुवित्तको आजदेखि सेयर बिक्री खुला

काठमाडौं, २१ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आजदेखि सेयर निष्काशन तथा बिक्री खुल्ला भएको छ । संस्थाको ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर बिक्रीमा ल्याईएको हो । निष्काशन गरिएको ५ लाख २२ हजार कित्ता सेयरमध्ये ८ हजार कित्ता सेयर कर्मचारी र सर्वसाधारणको लागि छुट्याईएको छ । २६ हजार १०० कित्ता सेयर भने सामुहिक लगानी कोषका लागि रहेको छ । सर्वसाधारण लगानीकर्ताले ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन पाउने… पुरा पढौ

डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन अर्थमन्त्रीको आग्रह

काठमाडौं, २१ माघ । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् । बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह गरेका हुन् । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैर कानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे । कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्नसमेत उनले अनुरोध गरे ।… पुरा पढौ

लोफाले शनिबार राष्ट्र बैंकका निर्देशकसहित ‘कृप्टो टक’ कार्यक्रम गर्ने

काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी भर्चुअल करेन्सी/कृष्टाे करेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतकाे काराेबार / व्यवसाय गैरकानूनी रहेकाे बताइसकेकाे छ । नेपालमा विदेशी विनिमय वा मुद्राकाे रुपमा भर्चुअल करेन्सी /कृष्टाे करेन्सीले मान्यता नपाएकाे सन्दर्भमा गैरकानूनी वित्तीय औजारमा आवद्ध भइ काराेबार गर्दा ठगिने, अवैधािनक तरिकाले रकम विदेशीने र स्वदेसी पूँजी पलायन हुने भएकाेले यस्ताे कार्य गरेमा कारबाही हुने जनाइसकेकाे छ । नेपाल राष्ट्र बैंककाे सूचना यसैबीच, आउँदो शनिबार माघ २२ गते लोफा (लिटरेसी अफ फाइनान्स फोर… पुरा पढौ

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडौं, २० माघ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । छनोट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाएपछि १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । ५ मध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो । पाल्पा स्थायी ठेगाना भएका कार्की बुढीगण्डकी आयोजनाको प्रमुख थिए । नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको… पुरा पढौ

साताको अन्तिम दिन १४ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ८ अर्ब नाघ्यो

काठमाडौं, २० माघ । साताको अन्तिम दिन सेयर बजार १४ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ अंकमा झरेको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३ अंकले घटेको छ । साताको अन्तिम दिन ३.२६ अंकले घटेर ५३९.६४ बिन्दुमा झरेको नेप्सेले जनाएको छ । बिहीबार २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँमा किनबेच भएको… पुरा पढौ

गोर्खाज फाइनान्सको सीईओमा सन्तोष घिमिरे नियुक्त

काठमाडौं, २० माघ । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष घिमिरे नियुक्त भएका छन् । फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । घिमिरेले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण लिइसकेका छन् । उनी यसअघि फाइनान्सको डेपुटी सीईओमा कार्यरत थिए । आगामी ४ वर्षको लागि घिमिरे सीईओको कार्यभार सम्हाल्नेछन् । पुरा पढौ

‘ग्रीन गोल्ड’ बेचेर आम्दानी गर्दै दंगाली किसान

देउखुरी, २० माघ । घोराही–७ की रमा आचार्य पेसाले शिक्षक हुन् । उनले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पालेकी छन् । उनलाई बाख्रा पाल्न सजिलो छ । हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाएको हुँदा बाख्रा पाल्न कुनै उनलाई कुनै असहज छैन । उनले पूरै खेतमा घाँस लगाउन थालेको पाँच वर्ष भयो । हरियो हुँदा काटेर गाई वस्तुलाई खुवाउन पनि पाइएको छ । सुकेको डाँठलाई खुवाउन पाइने र फल लाग्यो भने बिक्री… पुरा पढौ