आर्थिक 📈

सिद्धार्थ इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस सेयर कति ?

काठमाडौं, २० माघ । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले वितरण गर्ने उक्त लाभांश बिमा… पुरा पढौ

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ भोलिदेखि निष्काशन

काठमाडौं, २० माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि… पुरा पढौ

फागुन ८ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्दै समृद्धि फाइनान्स

काठमाडौं, २० माघ । समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । फाइनान्सले सूचना जारी गर्दै फागुन ८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने जनाएको हो । फाइनान्सले १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि पुस ११ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । हकप्रद सेयरमा लगानीकर्ताले… पुरा पढौ

प्रि-ओपन सेसनमा ७ अंकले बढ्यो नेप्से, ८५ लाखको कारोबार

काठमाडौं २० माघ । साताको अन्तिम कारोबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ७ अंकले बढेको छ । सेयर बजार कारोबार मापक नेप्से सूचक ७.२७ अंकले बढेर २ हजार ८९८.६१ अंकमा प्रवेश गरेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ५४४.०६ अंकमा प्रवेश गरेको हो । सो सेसनमा ४८ कम्पनीको १२ हजार ६५५ कित्ता सेयर ८५ लाख १६ हजार ४७४ रुपैयाँमा किनबेच भएको छ । सो सेसनमा सामुहिक लगानी कोषबाहेकका सबै उपसमूहको सेयर उकालो लागेको छ… पुरा पढौ

सुन तोलामा ५०० ले बढ्यो, चाँदीको स्थिर

काठमाडौं, २० माघ । सुनचाँदीको कारोबार हुने पाचाैं दिन बिहिबार नेपाली बजारमा छापावाला सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउ भने यसदिन स्थिर रहेको छ । छपावाला सुन तोलामा रुपैयाँ ५०० ले बृद्धि भएको छ भने चाँदी स्थिर रहि बुधबारकै भाउमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ ५०० ले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार छपावाला सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकिएको थियो… पुरा पढौ

बलेफी हाइड्रोकाे १८ लाख २८ हजार बराबरकाे सेयर निष्काशन हुदैं

काठमाडौं, २० माघ । बलेफी हाइड्रोपावर कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँको १८ लाख २७ हजार ९७० कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो । कम्पनीको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भए बमोजिम सिन्धुपाल्चोकका जुगल गाउँपालिकाका वडा नं २, ३ र ४ का स्थानियका लागि १० लाख ९६ हजार ७८२ कित्ता रहेको छ । वडा नं ५ र ७ बलेफीको बडागातवा र सुनकोशी… पुरा पढौ

कानून समृद्ध बनाउने प्रयास हुँदै, वार्षिक १० अर्ब विदेश जानबाट रोकिने

काठमाडौं, २० माघ । संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबाट रोक्न सुरक्षित मुद्रणसँग सम्बन्धित कानुन छिटो समृद्ध बनाउन भगिरथ प्रयास गरिरहेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पछिल्ला दिनमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विज्ञसहितको सहभागितामा निरन्तर दफावार छलफल गरिरहेको छ । समिति सभापति परशुराम मेघी गुरुङले स्वदेशमै सुक्षित मुद्रणसँग सम्वन्धित काम गर्न सकियोस् भन्ने उद्देश्यले कानुन निर्माणलाई प्राथमिकता दिएर समितिमा भइरहेको छलफल अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले भने, “बैक… पुरा पढौ

नियम उल्लंघन गर्ने बिमा कम्पनीलाई धमाधम कारबाही गर्दै बिमा समिति

काठमाडौं, १९ माघ । नियम उल्लंघन गर्ने बिमा कम्पनीहरुमाथि बिमा समिति आक्रामक बन्दै गएको छ । पछिल्लाे सातामात्रै समितिले नियम उल्लंघन गरेको भन्दै १ दर्जन कम्पनीलाई कारबाही गरेको हो । बिमा समितिले जारी गरेको निर्देशिकाहरु पालना नगरेको भन्दै नेपाल लाइफ, प्राइम लाइफ इन्स्योरेन्ससहित १२ कम्पनीलाई कारबाही गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ उल्लघंन गरेको भन्दै १० हजार रुपैयाँ र समयमै लेखापरीक्षणको प्रतिवेदन नबुझाएको भन्दै थप १० हजार गरी २० हजार रुपैयाँ जरिवाना तिराएको थियो… पुरा पढौ

नेपालगञ्जमा २९ करोडको लगानीमा ‘होल्डिङ सेन्टर’

बाँके, १९ माघ । सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र यसबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिलाई ध्यानमा राखेर सरकारले सीमा नाकामा निर्माण गर्न लागेको होल्डिङ सेन्टरको ८५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ४ बिघा ८ धुर क्षेत्रफलमा २९ करोड ३८ लाख २० हजार रुपैयाँको लागतमा निर्माण भइरहेको सो होल्डिङ सेन्टर एक हजार क्षमताको रहेको छ । नेपाली… पुरा पढौ

५ क्यासिनोलाई ८७ करोड १५ लाख रुपैयाँ बक्यौता बुझाउन ७ दिने अल्टिमेटम

काठमाडौं, १९ माघ । सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने ५ क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन ७ दिने अल्टिमेटम दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले ७ कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण बापतको आव २०७७/७८ सम्मको बाँकी बक्यौता बुझाउन ७ दिनको म्याद दिएको हो । ५ कम्पनीले ८७ करोड १५ लाख १५ हजार रुपैयाँ बक्यौता तिरेका छैनन् । यीमध्ये क्यासिनो सञ्चालनको इजाजतपत्र लिएका २ कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट… पुरा पढौ