आर्थिक 📈

नियम उल्लंघन गर्ने बिमा कम्पनीलाई धमाधम कारबाही गर्दै बिमा समिति

काठमाडौं, १९ माघ । नियम उल्लंघन गर्ने बिमा कम्पनीहरुमाथि बिमा समिति आक्रामक बन्दै गएको छ । पछिल्लाे सातामात्रै समितिले नियम उल्लंघन गरेको भन्दै १ दर्जन कम्पनीलाई कारबाही गरेको हो । बिमा समितिले जारी गरेको निर्देशिकाहरु पालना नगरेको भन्दै नेपाल लाइफ, प्राइम लाइफ इन्स्योरेन्ससहित १२ कम्पनीलाई कारबाही गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई समितिले संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ उल्लघंन गरेको भन्दै १० हजार रुपैयाँ र समयमै लेखापरीक्षणको प्रतिवेदन नबुझाएको भन्दै थप १० हजार गरी २० हजार रुपैयाँ जरिवाना तिराएको थियो… पुरा पढौ

नेपालगञ्जमा २९ करोडको लगानीमा ‘होल्डिङ सेन्टर’

बाँके, १९ माघ । सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र यसबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिलाई ध्यानमा राखेर सरकारले सीमा नाकामा निर्माण गर्न लागेको होल्डिङ सेन्टरको ८५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ४ बिघा ८ धुर क्षेत्रफलमा २९ करोड ३८ लाख २० हजार रुपैयाँको लागतमा निर्माण भइरहेको सो होल्डिङ सेन्टर एक हजार क्षमताको रहेको छ । नेपाली… पुरा पढौ

५ क्यासिनोलाई ८७ करोड १५ लाख रुपैयाँ बक्यौता बुझाउन ७ दिने अल्टिमेटम

काठमाडौं, १९ माघ । सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने ५ क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन ७ दिने अल्टिमेटम दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले ७ कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण बापतको आव २०७७/७८ सम्मको बाँकी बक्यौता बुझाउन ७ दिनको म्याद दिएको हो । ५ कम्पनीले ८७ करोड १५ लाख १५ हजार रुपैयाँ बक्यौता तिरेका छैनन् । यीमध्ये क्यासिनो सञ्चालनको इजाजतपत्र लिएका २ कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट… पुरा पढौ

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, १९ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९.३७ रुपैयाँ र बिक्रीदर ११९.९७ रुपैयाँ तोकेको छ । अमेरिकी डलरसँगै अन्य मुद्राको विनिमयदरअनुसार एक यूरोको खरिददर १३४.३९ र बिक्रीदर १३५.०६ रुपैयाँ कायम गरिएको हो । पाउण्ड स्र्टलिङको खरिददर १६१.१५ र बिक्रीदर १६१.९६ रुपैयाँ हो । आज अष्ट्रेलियन डलरको एकको खरिददर ८४.५७ रुपैयाँ छ भने बिक्रीदर ८४.९९ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । सिंगापुर… पुरा पढौ

गुराँस लघुवित्तको नाफा ४७ प्रतिशत घट्यो, चुक्ता पुँजी ९ करोड ७५ लाख

काठमाडौं, १९ माघ । गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा करिब ४७ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा लघुवित्तको खुद मुनाफा ४६.८२ प्रतिशतले घटेर ७३ लाख ८९ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको तुलनामा लघुवित्तको नाफा करिब ६५ लाख रुपैयाँ माइनसमा गएको हो । गत आवको पहिलो ६ महिनामा लघुवित्तले १ करोड ३८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी ३ प्रतिशत बढेको छ । विवरणअनुसार… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, १९ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाला सुनमा रूपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनको भाउ रूपैयाँ ३०० ले बृद्धि भई प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ९०० रूपैयाँ तोकिएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी… पुरा पढौ

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम मासिक साढे ४ अर्ब घाटामा

काठमाडौं, १९ माघ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्यायले बताए। इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको छ । पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा… पुरा पढौ

दार्चुला र धार्चुला जोड्ने पुल बनाउन नेपाल र भारतबीच सहमती

काठमाडौं, १८ माघ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी महाकाली नदीमा पक्की मोटरेबल पुल बनाउन दुई पक्षीय सम्झौता भएको छ । मंगलबार पुल बनाउने परियोजनाबारे भारत र नेपालबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरेका हुन् । पुरा पढौ

अध्यक्ष गोल्छा र राजदूत आचार्यबीच भेटवार्ता, बेलायतसँग व्यापार सम्झौता प्राथमिकतामा राख्न माग

काठमाडौं, १८ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन् । बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भए पनि बेलायतबाट न्युन लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताए । भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि सहभागिता थियो । पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए । पूर्वाधार, श्रम सम्बन्ध,… पुरा पढौ

पुँजीगत खर्च गर्नु भनेर बारम्बार दबाब दिनु राम्रो होइन : अर्थमन्त्री शर्मा

काठमाडौं, १८ माघ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्नु भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उनले यस्तो बताएका हुन् । उनले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताएका हुन् । ‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारम्बार यस्तो बैठक गर्नु आवश्यक होइन, राम्रो कुरा होइन,’ उनले भने, ‘समस्याको सहजीकरण गर्नु ठिकै हो । तर, खर्च गर्नुपर्छ भनेर दबाबको… पुरा पढौ