आर्थिक 📈

वीरगञ्ज भन्सारले गर्याे १ खर्ब ५ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज, ६ माघ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले १ खर्ब २२ करोड १५ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा ३२ अर्ब बढी राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कुन शीर्षकमा कति राजश्व ? चालु आर्थिक वर्षको… पुरा पढौ

३३.०३ अंकले बढ्यो नेप्से, ५ अर्ब ७७ करोड बढीको कारोबार

काठमाडौं, ६ माघ । दुई दिन लगातार ओरालो लागेको सेयर बजार आज भने उकालो लागेको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार सेयर बजारको सकारात्मक लयले लगानीकर्ताको उत्साह बढाएको छ । यसदिन सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेसे परिसूचक ३३.०३ अंकले बढेर २९३१.३४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले बढेर ५४३.७४ विन्दुमा पुगेको छ । कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ ।… पुरा पढौ

विराटनगरमा रु २१ अर्बभन्दा बढी राजस्व सङ्कलन

विराटनगर, ६ माघ । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले रु २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले सो अवधिमा गत आर्थिक वर्षभन्दा रु तीन अर्ब ७५ करोड ९९ लाख ७३ हजार बढी राजस्व सङ्कलन… पुरा पढौ

एक बैंक र तीन लघुवित्तको १ करोड ३४ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ६ माघ । नेपाल स्टक एकसचेन्जमा एक बैंक तथा तीन लघुवित्त गरी चारवटा कम्पनीको सेयर सूचीकृत भएको छ । माछापुच्छ्रे बैंक, आशा लघुवित्त, साधना लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्थाको १ करोड ३४ लाख ९१ हजार ८८९ कित्ता सेयर सूचीकृत भएको हो । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गएको वर्ष १३.३० प्रतिशत सेयर वितरण गरेको थियो । आशा लघुवित्त आशा लघुवित्त वित्तीय संस्थाको ६… पुरा पढौ

सांग्रिला बैंकको नाफामा छलाङ, इपीएसमा आकर्षक बृद्धि

काठमाडौं, ६ माघ । सांग्रिला डेभलपमेन्ट बैंकले यसै आर्थिक वर्षको दोश्रो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । याे अवधिमा बैंकको खुद नाफा तथा इपीएस दुबैमा बृद्धि भएको छ । तरलता संकट र कोरोना प्रभाव कायमै रहेको अवस्थामा समेत सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुनाफामा आकर्षक प्रगति गरेको हाे । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५९ प्रतिशतले नाफा बढाएको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २६ करोड १८ लाख बढी नाफा… पुरा पढौ

डेढ अर्ब लागतकाे मौलाकाली केबुलकार निर्माण सुरु, १ वर्षभित्र सञ्चालनमा ल्याइने ढकालकाे दाबी

नवलपुर, ६ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबुलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो । “मौलाकाली केबुलकार सञ्चालनका लागि औपचारिक अनुमतिका सबै काम सकिएको छ”, ढकालले भने, “अब हामी फिल्डमा कन्स्ट्रक्सनको काममा जुटेका छौँ ।” केबुलकार… पुरा पढौ

सुनमा एकैदिन १००० ले बृद्धि, चाँदीको पनि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, ६ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार छापावाला सुन र चाँदीको भाउमा बृद्धि भएको छ । छापावाला सुनमा एकैदिन १००० र चाँदीमा ३० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ १००० ले बृद्धि भई प्रतितोला ९३ हजार ७०० रुपैयामा करोबार भईरहेको छ । यसअघि बुधबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी… पुरा पढौ

नेपालमा लगानी गर्न जर्मनीलाई चेम्बरको आग्रह

काठमाडाैं, ६ माघ । नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवद्र्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग चेम्बर भवन जमलमा भएको भेटघाटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्, पर्यटन, निर्यातमूलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरे। भेटमा अध्यक्ष मल्लले जलाशाययुक्त जलविद्युत् आयोजनामा लगानीको सम्भावना रहेकाले जर्मनीका निजी क्षेत्रलाई अध्ययन भ्रमणका लागि बोलाउन राजदूत प्रिन्जसँग आग्रहसमेत गरे। उनले पर्यटन क्षेत्रमा युरोपेली मुलुकलाई आकर्षित गर्न नेपालले विभिन्न अभियान… पुरा पढौ

६ महिनामा मेची भन्सारबाट ७ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं, ५ माघ । चालू आर्थिक वर्षको ६ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस मसान्तसम्ममा सात अर्ब ३८ करोड ८६ लाख २४ हजार रुपैयाँ लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८.९ प्रतिशत राजस्व असुल्न सफल भएको हो । पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताए । मेची भन्सार कार्यालय काँकडभिट्टाको कूल… पुरा पढौ

प्राधिकरणको नयाँ नीति : डेरावालसँग बढी महसुल असुले लाइन काटिने

काठमाडौं ५ माघ । के तपाई अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ ? त्यसका लागि चार्जिङ सिष्टम कसरी जडान गर्ने र त्यसको बिल कसरी तिर्ने भन्ने जिज्ञासा पनि स्वभाविक रुपमा नै आउँछ नै । नेपाल विद्युत् प्राधिकरणले अब विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिका लागि आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने व्यवस्था गरेको छ । घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न… पुरा पढौ