आर्थिक 📈

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

दमौली, १० माघ । जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत प्रदान गरेको छ । गत पुस ३० गते बन्दीपुर गाउँपालिका–६ धरमपानी बाक्सेमा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिवारलाई गाउँपालिकाले आइतबार राहत प्रदान गरेको हो । गाउँपालिकाको बैठकको निर्णय अनुसार प्रति मृतक रु दश हजारका दरले रु ६० हजार राहत प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन। गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष गुरुङ, वडाध्यक्ष सन्तबहादुर गुरुङ सहित जनप्रतिनिधिको टोली मृतकको घरमै पुगेर राहत प्रदान… पुरा पढौ

क्रिप्टो करेन्सी लगायतका नेटवर्क मार्केटिङ अबैध भएकाे राष्ट्र बैंकको ठहर, कारोबार गर्नेलाई कडा कारबाही गरिने

काठमाडौं ९ माघ । नेपाल राष्ट्र बैंकले गैरकानुनी क्रिप्टो करेन्सी तथा नेटवर्क मार्केटिङमा कारोबार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । भर्चुअल करेन्सी, क्रिप्टो करेन्सी तथा नेटवर्क मार्केटिङ अबैध भएको भन्दै कारोबार नगर्न आग्रह गरेको हो । आइतबार विज्ञप्ति निकाल्दै राष्ट्र बैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सीजस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सर्वसाधारणलाई फसाउने गरिएको भन्ने सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन… पुरा पढौ

चोरी नियन्त्रण गर्दै प्राधिकरण, ९.१० प्रतिशतमा झर्‍यो विद्युत् चुहावट

काठमाडौं, ९ माघ । निरन्तरको प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणकाे चालू आर्थिक वर्षको पहिलो ५ महिनामा वितरणतर्फको विद्युत् चुहावट रणनीतिक रुपमा कम भएको छ । प्राधिकरणका अनुसार चुहावट ओरालो लागेर ९.१० प्रतिशतमा झरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले आशातीत सफलता हासिल गरेको हो । गत वर्षको मंसिरसम्म वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष २.८२ प्रतिशत विन्दुले घटाएको छ । गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत् चुहावट ११.९२ प्रतिशत थियो… पुरा पढौ

रूरू जलविद्युत् परियोजनाको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ९ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रूरू जलविद्युत् परियोजना लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा कम्पनीको ४ लाख ७ हजार ७०५.५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपछि बोनस सेयर सेयरधनीको हितग्राही खाता जाने र खरिदबिक्री गर्न सकिने नेप्सेले जनाएको छ । पुरा पढौ

१० अंकले घट्यो नेप्से, नेपाल सेवा लघुवित्तको सेयरमा सर्किट

काठमाडौं, ९ माघ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १० अंकले घटेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने झिनो अंकले बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १०.८३ अंकले बढेर २ हजार ९२०.५१ बिन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक ०.०६ अंकले बढेर ५४३.८० अंकमा कायम भएको छ । आइतबार २३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६३ रुपैयाँमा किनबेच भएको छ… पुरा पढौ

नेपाली उत्पादनकाे निर्यात ९५.४८ प्रतिशतले बढ्याे

काठमाडौं, ९ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ११ खर्ब १८ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । व्यापारमा निर्यातसँगै आयातको ग्राफ पनि उकालो लागेको भन्सार विभागले जनाएको छ । तथ्यांकअनुसार चालू आवको पहिलो ६ महिनामा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको नेपाली उत्पादन निर्यात हुँदा ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार ५४.८६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । गत आवको… पुरा पढौ

सुन्तला झर्ने समस्या नियन्त्रण गर्ने यी हुन उपाय

म्याग्दी, ९ माघ । सुन्तलाको दाना झर्ने समस्या नियन्त्रण गर्न प्लास्टिकको बोरा प्रभावकारी बनेको छ । चाइनिज सिट्रोस फ्रुट फ्लाई किराको संक्रमणबाट पाक्ने बेलामा औसा परेर झरेका सुन्तलाको दाना प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गर्ने तरिका प्रभावकारी बनेको हो । बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले गत वर्ष झरेका दानाको सुरक्षित व्यवस्थापन र खाद्य पासो थापेपछि यसपाली सुन्तला झर्ने समस्या नियन्त्रण भएको र उत्पादन बढेको बताए । ‘झरेका दानालाई हावा नछिर्ने प्लास्टिकको बोरामा हालेर खाडलमा गाड्नुका साथै फ्रुट फ्लाई किरा मार्ने… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, ९ माघ । साताको पहिलो दिन आज आईतबार सुनचाँदीको भाउमा गिरावट भएको छ । छापावाला सुन तोलामा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ३०० ले घटेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । यसअघि शुक्रबार छपावाला सुनको भाउ प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ३००… पुरा पढौ

४२.७१ प्रतिशतले बढ्यो गुडविलको खुद नाफा, इपिएस कति ?

काठमाडौं, ९ माघ । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासम्ममा खुद नाफा तथा प्रतिसेयर आम्दानी बढेको जनाएको छ । फाइनान्सको सार्वजनिक भएको दोश्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार सो अवधिमा गुडविलकाे खुद नाफा र प्रतिसेयर आम्दानी बढेको देखिएको हो । यस आर्थिक वर्षको पुस महिनाको अन्त्यसम्म फाइनान्सले ७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गएको वर्ष सोहि अवधिकोभन्दा ४२.७१ प्रतिशत बढी हो । फाइनान्सको खुद ब्याज आम्दानीमा बृद्धि भएपछि नाफामा बृद्धि भएको हो… पुरा पढौ

महिलालाई उद्यमशील बनाउन वुमन लिडरशिप फोरम, नबिल बैंक र महिला शक्ति विकास केन्द्रबीच समझदारी

काठमाडौं, ८ माघ । नेपाल उद्योग परिसंघ वुमन लिडरशिप फोरम, नबिल बैंक र महिला शक्ति विकास केन्द्रबीच महिलालाई वित्तीय साक्षरता, आर्थिक गतिविधि, जिवनस्तरको विकासमा सहयोग र पहुँच पुर्याउने उद्देश्यले त्रिपक्षिय समझदारी कायम भएको छ । उद्योग परिसंघ ओमन लिडरशिप फोरका संयोजक छायाँ शर्मा, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र महिला शक्ति विकास केन्द्र नेपालका तर्फबाट कार्यकारी निर्देशक कविता गरुङ्गले समझदारी पत्रमा हस्ताक्षर गरे । नेपाल उद्योग परिसंघ ओमन लिडरशिप फोरमले महिलालाई उद्यमी बनाउने उद्देश्यले फोरम गठन… पुरा पढौ