आर्थिक 📈

४२.७१ प्रतिशतले बढ्यो गुडविलको खुद नाफा, इपिएस कति ?

काठमाडौं, ९ माघ । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासम्ममा खुद नाफा तथा प्रतिसेयर आम्दानी बढेको जनाएको छ । फाइनान्सको सार्वजनिक भएको दोश्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार सो अवधिमा गुडविलकाे खुद नाफा र प्रतिसेयर आम्दानी बढेको देखिएको हो । यस आर्थिक वर्षको पुस महिनाको अन्त्यसम्म फाइनान्सले ७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गएको वर्ष सोहि अवधिकोभन्दा ४२.७१ प्रतिशत बढी हो । फाइनान्सको खुद ब्याज आम्दानीमा बृद्धि भएपछि नाफामा बृद्धि भएको हो… पुरा पढौ

महिलालाई उद्यमशील बनाउन वुमन लिडरशिप फोरम, नबिल बैंक र महिला शक्ति विकास केन्द्रबीच समझदारी

काठमाडौं, ८ माघ । नेपाल उद्योग परिसंघ वुमन लिडरशिप फोरम, नबिल बैंक र महिला शक्ति विकास केन्द्रबीच महिलालाई वित्तीय साक्षरता, आर्थिक गतिविधि, जिवनस्तरको विकासमा सहयोग र पहुँच पुर्याउने उद्देश्यले त्रिपक्षिय समझदारी कायम भएको छ । उद्योग परिसंघ ओमन लिडरशिप फोरका संयोजक छायाँ शर्मा, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र महिला शक्ति विकास केन्द्र नेपालका तर्फबाट कार्यकारी निर्देशक कविता गरुङ्गले समझदारी पत्रमा हस्ताक्षर गरे । नेपाल उद्योग परिसंघ ओमन लिडरशिप फोरमले महिलालाई उद्यमी बनाउने उद्देश्यले फोरम गठन… पुरा पढौ

आर्थिक वृद्धिदर गत वर्षभन्दा माथि हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडाैं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवं सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी र उच्च कर्जा प्रवाह तथा आयातमा भएको वृद्धिले आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुने अनुमान रहेको बताएका छन्। उनले यस अवधिमा मुद्रा स्फिति करिब ७.११ प्रतिशतको हाराहारीमा रहेको र करिब ६.८ महिनाको वस्तु तथा सेवाको आयात धान्नका लागि विदेशी मुद्राको सञ्चिति रहेको बताए। प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै यस अवधिको पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाह्य क्षेत्रमा केही दबाब… पुरा पढौ

सरकारद्वारा ७४ अर्ब ९३ करोड वैदेशिक सहायता सम्झौता

काठमाडौं, ७ माघ । मुलुकको द्रुततर विकासका लागि अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने नीतिअनुसार सरकारले बितेका ६ महिनामा ७४ अर्ब रुपैयाँ वैदेशिक सहायता सम्झौता गरेको छ । आफ्नो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितमा गठन भएको सरकारले छ महिना पूरा गरेको सन्दर्भमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय मुद्राकोषबाट ४७ अर्ब २० करोड रुपैयाँ ‘बजेटरी’ सहयोग र खोपको लागि रकम व्यवस्था गर्न विश्व बैंक र एसियाली विकास बैंकबाट २७ अर्ब ७३ करोड सहायता प्राप्त गर्ने सम्झौता… पुरा पढौ

एक वर्षमा ६३१ अर्बले बढ्यो धितोपत्र बजार पुँजीकरण

काठमाडौं, ७ माघ । सेयर बजारमा एक वर्षको अवधीमा ६३१ अर्ब रुपैयाँले धितोपत्र बजार पुँजीकरण बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधीमा ६ खर्ब ३१ हजार ४ करोड रुपैयाँले बजार पुँजीकरण बढेको हो । चालू आर्थिक वर्षको मंसिर मसान्तमा बजार पुँजीकरण ३३ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ पुगेको थियो भने गत आवको सोही अवधीमा बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब ६६ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । बजार पुँजीकरणसँगै नेप्से सूचकांक पनि… पुरा पढौ

कर्पोरेट डेभलपमेन्ट बैंकको रू ३० करोडको हकप्रद सेयर बिक्री खुल्ला

काठमाडौं, ७ माघ । कर्पोरेट डेभलपमेन्ट बैंकको आजदेखि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला भएको छ । बैंकले १ कित्ता सेयर बराबर १.५ को अनुपातमा सेयर बिक्री खुल्ला गरेको हो । बैंकले रुपैयाँ १०० मूल्य अंकित दरको ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याएको हो । पुसको २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर कारोबार गरी कायम भएका सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।… पुरा पढौ

बढ्याे सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, ७ माघ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार पनि सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार छपावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला… पुरा पढौ

५ महिनामा फाइनान्सहरुकाे खुद नाफा ५५ करोड नाघ्याे, बेष्ट फाइनान्स बन्याे बढी कमाउने कम्पनी

काठमाडौं, ७ माघ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिनामा फाइनान्स कम्पनीहरुले ५५ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् । १७ वटा फाइनान्स कम्पनीहरुमध्ये ११ कम्पनीहरु नाफामा गएका छन । ४ कम्पनीको नाफा न्युन र बाँकी दुई कम्पनी घाटामा गएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिना मंसिरसम्मको फाइनान्स कम्पनीहरुको नाफा हेर्दा सबैभन्दा माथि बेष्ट फाइनान्स रहेको छ । तथ्यांकअनुसार बेष्ट फाइनान्सले १२ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएर बढी कमाउने… पुरा पढौ

ग्लोबल आइएमई बैंकले कमायाे २ अर्ब ६६ करोड

काठमाडौं, ७ माघ । ग्लोबल आइएमई बैंकले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा सामान्य बृद्धि भएको छ । यस वर्षको पुस अन्तिमसम्म बैंकले २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । याे गतवर्षको सोहि अवधिकोभन्दा १५.०४ प्रतिशत बढी हो । कमिसन आम्दानी बढ्दा इम्पेयरमेन्ट चार्ज घटेको कारण बैंकको नाफामा बृद्धि भएको हाे। बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशत, कमिसन आम्दानी १३.६९ प्रतिशत… पुरा पढौ

वीरगञ्ज भन्सारले गर्याे १ खर्ब ५ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज, ६ माघ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले १ खर्ब २२ करोड १५ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा ३२ अर्ब बढी राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कुन शीर्षकमा कति राजश्व ? चालु आर्थिक वर्षको… पुरा पढौ