आर्थिक 📈

गाउँको विकासका लागि समानुपातिक बजेट : मुख्यमन्त्री पोखरेल

गलकोट, ५ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा प्रदेश सरकार रहेको बताएका छन् । उनले कोरोना भाइरस सङ्क्रमणविरुद्धको अभियानमा सबै जुटेर लाग्नुपर्ने बताए। नेपाली कांग्रेस बागलुङले मङ्गलबार आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बजेट ल्याएकाले केही स्थानमा धेरै र केहीमा थोरै विनियोजन भएको पाइएको उल्लेख गर्दै आगामी दिनमा समानुपातिक बजेट विनियोजन गरिने बताए। आफ्नो नेतृत्वको सरकार परिस्थितिले निम्त्याएको हुँदा सोचेअनुसार काम हुन नसकेको र आगामी वर्ष सबै क्षेत्रलाई… पुरा पढौ

सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको २ लाख ४३ हजार सहयोग

पोखरा, ४ माघ । लुम्बिनी विकास बैंकले पोखरा १७ दोविल्लामा सहारा क्लबले सञ्चालन गरेको सुर्यबहादुर केसी स्मृती फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ । बैकका सञ्चालक रामचन्द्र सिग्देल, पोखरा न्यूरोड शाखाका प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारीले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकालीलाई चेक हस्तान्तरण गरेका थिए । बैंकका सञ्चालक सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले… पुरा पढौ

१०.७८ अंकले घट्यो नेप्से, ८ अर्ब ४४ करोड बढीको कारोबार

काठमाडौं, ४ माघ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार सेयर बजार करेक्सन देखिएको छ । बिहिबारबाट सेयर बजारमा सकारात्मक लय देखिएको भएपनि आज भने लय भत्किएको छ । नेप्सेमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ । नेप्सेमा ०.३७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने १.१० अंकले बढेर ५४७.४६ विन्दुमा पुगेको छ । यसदिन कुल २२४ कम्पनीको सेयर कारोबार भएको छ । १ करोड ६० लाख ४ हजार… पुरा पढौ

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा ढिलाई

डोटी, ३ माघ । जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन । बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रशारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको थियो । अहिलेसम्म विद्युत् विस्तारको काम नहुँदा समस्या भएको स्थानीय रोजबहादुर कलेलले बताए । बिपीनगर बजारबाट गाउँपालिकासम्म… पुरा पढौ

सुनको भाउ सामान्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, ४ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । सुन ताेलामा सामान्य १०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको स्थिर रहि कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन प्रतितोला… पुरा पढौ

११.८९ प्रतिशतले घट्यो कामना विकास बैंकको नाफा, सञ्चालन मुनाफा ४९ करोड ९ लाख रूपैयाँ

काठमाडौं, ४ माघ । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणमा बैंकको नाफा भने करिब १२ प्रतिशत घटेको छ । बैंकका अनुसार ११.८९ प्रतिशतले नाफा घटेर ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँमा सिमिति बनेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३९ करोड ४७ हजार रूपैयाँ रहेको थियो । ६ महिनामा बैंकको वितरणयोग्य नाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा… पुरा पढौ

प्रि-ओपनिङमा साढे ५ अंक बढ्यो नेप्से

काठमाडौं, ४ माघ । आज प्रि-ओपनिङमा सेयर बजार मापक नेप्से परिसूचक साढे ५ अंक बढेको छ । सोमबारको २०.६९ अंक बढेर दुई हजार ९४७.४४ विन्दुमा बन्द भएको नेप्से,आज प्रि-ओपनिङमै ५.६७ अंक बढेर दुई हजार ९५३.११ बिन्दुमा पुगेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १.९१ अंक बढेको छ । मंगलबार प्रि-ओपन सेसनमा १५ कम्पनीको २७ लाख ४४ हजार ७१३ रुपैयाँ ८० पैसा बराबरको ४ हजार ६२७ कित्ता सेयर खरिदबिक्री भएको भएका छन् । पुरा पढौ

एनआइसी एसिया लघुवित्तद्वारा बिमा दाबी रकम हस्तान्तरण

काठमाडौं, ३ माघ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बेलबारीले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व. चन्द्रकला राई र शानी धिमालको बिमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको छ । बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा परिवारजनको उपस्थितिमा सम्बन्धित केन्द्रका सेवाग्राही सदस्यहरुको श्रीमानहरु गंगाबहादुर लिम्बु र बनबहादुर धिमाललाई जनही १० लाख ५० हजार रुपैयाँ १२ लाख ७५ हजार रुपैयाँको चेक रकम हस्तान्तरण गरेको हो । पुरा पढौ

पुँजीगत खर्चको ग्राफ निराशाजनक, ६ महिनामा १३ प्रतिशत मात्रै खर्च

काठमाडौं, ३ माघ । नेपालमा पुँजीगत खर्चको ग्राफ सधैं कछुवा गतिमा हुने गर्छ । ७० प्रतिशतभन्दा माथि सरकारले कहिल्यै खर्च गर्न सकेको रेकर्ड देखिदैन । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा पनि सरकारले १४ प्रतिशत पनि विकासे बजेट खर्च गरेको छैन । महालेखा नियन्त्रण कार्यालयका अनुसार चालू आर्थिक वर्षमा तीन खर्ब ७८ अर्ब ९ करोड ७७ लाख खर्च गर्ने लक्ष्यअनुसार ६ महिनासम्म १३.४४ प्रतिशत अर्थात् ५० अर्ब ८० करोड ८० लाख मात्रै खर्च भएको छ । जसअनुसार सरकारले बाँकीको ६… पुरा पढौ

संघर्षशील पुष्पाको आशा लाग्दो भविष्य

पोखरा, ३ माघ । राज्यको नजर नपर्ने बस्ती । सहाराबिहीन परिवार । परिवेशले नै निर्धारण गरेको कालो अवस्था । त्यसै परिवारमा जन्मिएकी हुन्, पुष्पा दुरा । पुष्पाको कुनै बेला सुन्दर सपनामाथि ‘बादल’ घेरिरहेको जस्तै थियो भाग्य । जता जादाँ पनि ठक्कर । समाजबाट जे गर्दा पनि असहयोग, दमन, तिरस्कार । यो अवस्थाबाट उठ्न उनको परिवारले निकै संघर्ष गर्नुपर्‍यो । ‘मेहेनत गर्न चाहनेलाई मेहेनती मैदान नहुँदा उसले अन्तिममा भाग्यलाई दोष दिन्छ,’ भन्ने भनाई उनको परिवारमा लागू थियो । निरन्तरको संघर्षपछि बांगिएका… पुरा पढौ