आर्थिक 📈

प्राधिकरणको नयाँ नीति : डेरावालसँग बढी महसुल असुले लाइन काटिने

काठमाडौं ५ माघ । के तपाई अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ ? त्यसका लागि चार्जिङ सिष्टम कसरी जडान गर्ने र त्यसको बिल कसरी तिर्ने भन्ने जिज्ञासा पनि स्वभाविक रुपमा नै आउँछ नै । नेपाल विद्युत् प्राधिकरणले अब विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिका लागि आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने व्यवस्था गरेको छ । घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न… पुरा पढौ

बुधबार ३८ अंकले घट्यो नेप्से, ६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं, ५ माघ । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १.३१ प्रतिशतले घटेर ६ अर्ब रुपैयाँको मात्रै सेयर खरिदबिक्री भएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३५ अंकले घटेर दुई हजार ८९८.३१ बिन्दुमा झरेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । आज कारोबार रकमसमेत घटेको छ । मंगलबार ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकोमा बुधबार ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१… पुरा पढौ

४० हजारभन्दा बढीले गरे छुटमा कम्पनी विवरण अद्यावधिक, उद्योग दर्तामा समेत वृद्धि

काठमाडौं, ५ माघ । सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण ९अद्यावधिक० गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई छुट दिएसँगै नवीकरण गर्नेका संख्यामा वृद्धि भएको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २०७८ पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न पाउने व्यवस्था गरेसँगै ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण गराएका हुन् । वर्षौंदेखि नवीकरण नभएका कम्पनीले सो अवधिमा छुट दस्तुर बुझाएर नवीकरण गराएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । सरकारले कम्पनी… पुरा पढौ

आरएमडीसी लघुवित्तको सञ्चालकमा शर्मा र तिमल्सिना नियुक्त

काठमाडौं, ५ माघ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा भीमप्रसाद तिमल्सिना र मुरलीप्रसाद शर्मा नियुक्त भएका छन् । गत शुक्रबार सम्पन्न भएको वार्षिक साधारणसभाले सर्वसाधारण सेयर धनीहरुको तर्फबाट शर्मा र तिमल्सिनालाई निविरोध निर्वाचित गरेको कम्पनी सचिव अनिलकृण जोशीले जानकारी दिए । पुरा पढौ

नेप्सेमा प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन, माघ २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय

काठमाडौं, ५ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०६१.७१ रुपैयाँ निर्धारण गरिएको हो । नेप्सेका अनुसार कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । कम्पनीको बैठकले लाभांश र साधारण सभा प्रयोजनका लागि माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १२१३ रुपैयाँमा पटक कारोबार भएको थियो । पुरा पढौ

आज अमेरिकी डलरको मूल्य ११९ रुपैयाँ, अन्य देशको विनिमयदर कति ?

काठमाडौं, ५ माघ । नेपाली बजारमा आजको विदेशी मुद्राको विनिमयदर कायम गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली बजारमा आज एक अमेरिकी डलरको बिक्रीदर ११९.६२ रुपैयाँ र खरिददर ११९.०२ रुपैयाँ छ । आज एक यूरोको बिक्रीदर १३६.३५ रुपैयाँ र खरिददर १३५.६७ रुपैयाँ छ । यस्तै पाउण्ड स्ट्रलिङको बिक्रीदर १६२‍.९९ र खरिददर १६२.१८ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्रीदर ८६.०३ र खरिददर ८५.६० रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । एसियाली मुलुकतर्फ सिंगापुर डलरको बिक्रीदर ८८.७१ र खरिददर ८८.२६ तथा… पुरा पढौ

उकालो लाग्दै सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, ५ माघ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ३० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर तोलाको ९२ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको… पुरा पढौ

बाढीपीडितका लागि कर्णाली प्रदेशद्वारा १२ करोड निकासा

कर्णाली, ५ माघ । कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि रु १२ करोड निकासा गरेको छ । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि सो रकम निकासा गरिएको हो । बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत रु ६१ लाख ८५ हजार राहत रकम पठाएका छन् । यस्तै रु दुई… पुरा पढौ

३८.१० प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्स लघुवित्तकाे नाफा

काठमाडौं, ५ माघ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशनमा ल्याएको छ । संस्थाको आज बुधबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा १० करोड ४४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । सो नाफा गत वर्षको सोहि अवधिकोभन्दा ३८.१० प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले ७ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाकाे संचालन मुनाफा १४ करोड ८८ लाख रहेको छ । गएको वर्ष यही अवधिमा संचालन मुनाफा… पुरा पढौ

रु ९२ अर्ब लागतकाे फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत शेयर पाउने

मान्म, ५ माघ । रु ९२ अर्ब लागत अनुमान रहेकाे कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ । सार्वजनिक सुनवाईका क्रममा आयोजनाले उक्त घोषणा गरेको हो । रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिए। “माटोको अवस्था, चट्टानलगायतका भौगर्भिक अध्ययन सकिएको छ”, उनले भने, “करिब १० हजार रुख कटान हुने अनुमान… पुरा पढौ