आर्थिक 📈

६३ अंकले बढ्यो नेप्से, ४ अर्ब ३२ करोड बढीको कारोबार

काठमाडौं, २० पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजार सकारात्मक लयमा देखिएको छ । दुई उपसमूहबाहेक सबैमा हरियो लागेको छ । कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केहि कम भएको छ । बजारमा आएको सकारात्मक परिवेशले लगानीकर्ताहरुलाई जाँगरिलो बनाईदिएको छ । नेपाल स्टकएक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.४१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १५.८५ अंकले बढेर ५०३.७२ विन्दुमा पुगेको छ । यसदिन कुल २३४ वटा कम्पनीको… पुरा पढौ

‘सुनकोशी-तेस्रो’ को अनुमानित लागत १६० अर्ब रुपैयाँ

काठमाडौं, २० पुस । सुनकोशी–तेस्रो (६३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको निर्माणका लागि एक खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागले सो आयोजनाको सम्भाव्यता अध्ययन गर्दा उक्त लागत लाग्ने अनुमान गरेको हो । आयोजनाको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको पनि विभागले जनाएको छ । विभागका इञ्जिनीयर सुवास थपलियाका अनुसार यो आयोजनाको ‘डिजाइन ड्रइङ’, भौगर्भिक सर्भे, टोपोग्राफी सर्भे, योजनाको लागत अनुमान, वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) तथा जैविक, आर्थिक र सामाजिक अध्ययन गरी मस्यौदा प्रतिवेदनको तयारी सकिएको… पुरा पढौ

१४ लाख ३० हजार कित्ता बराबरको आइपीओ निष्कासन गर्दै भगवती हाइड्रोपावर

काठमाडौं, २० पुस । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर ९आइपीओ० निष्कासन गर्ने भएको छ । कम्पनीले साधारण सेयर (आइपीओ) को सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका १४ लाख ३० हजार १६२ कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । पुरा पढौ

एकै दिन ९०० रुपैयाँले घट्यो सुनको मूल्य, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २० पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार सुनचाँदीको भाउमा गिरावट भएको छ । छापावाला सुन एकैदिन तोलामा रुपैयाँ ९०० ले गिरावट आएको छ । चाँदी प्रतितोला रुपैयाँ १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ ९०० ले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ… पुरा पढौ

किवीले बजार नपाउँदा किसान निराश

फुङ्लिङ, २० पुस । फलफूलको राजा उपनामले परिचित फल किवीले बजार पाउन सकेको छैन । बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न लागिएको तर अहिले सोचेजस्तो मूल्य नआएपछि उनीहरू निराश भएका छन् । किवीका खेतिकाे आर्थिक लगानी डुब्न लागेको भन्दै… पुरा पढौ

ऊर्जा मन्त्रीद्वारा ‘भोर्ले कुलो’ को शिलान्यास

काठमाडौं, १९ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गोदावरी नगरपालिकास्थित ‘भोर्ले कुलो मुहान निर्माण’ को शिलान्यास गरेकी छन् । ललितपुरका खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सो कुलोको मुहान निर्माण गर्न सुरु गरिएको हो । जिल्लाको उत्तर-पश्चिम गोदावरी-९ स्थित नख्खु खोला किनारमा आज आयोजित कार्यक्रममा उनले ललितपुरका खेतीयोग्य जमीनमा सिँचाइ उपलब्ध गराउने अभियानलाई पूरा गर्ने बताइन् । उनले पानीको स्रोत पहिचान गरी लिफ्ट, बोरिङ तथा सतहको पानी प्रयोग गरेर सिँचाइ पुर्‍याइने बताइन् । मन्त्री भुसालले भनिन्, ‘ललितपुरका सबै… पुरा पढौ

स्थानीय तहमा मौज्दात रकमको ८० प्रतिशत उत्पादनशील क्षेत्रमा परिचालन गर्न निर्देशन

काठमाडौं, १९ पुस । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा मौज्दात रहेको रकमको ८० प्रतिशत उत्पादनशील क्षेत्रमा परिचालन गर्न निर्देशन दिएको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्म कुल मौज्दात रकमको ८० प्रतिशत उत्पादन क्षेत्रमा लगानीका लागि निर्देशन दिएको हो । सोमबार अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सूचना जारी गर्दै स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको २० प्रतिशतबाहेक सबै रकम आयात र व्यापारिक क्षेत्रमा नभई उत्पादनशील क्षेत्रमा परिचालन गर्न निर्देशन दिएको हो । वाणिज्य बैंकहरुले निक्षेपको… पुरा पढौ

३२ अंकले बढ्यो नेप्से, ४ अर्ब ५३ करोड बढीको कारोबार

काठमाडौं, १९ पुस । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सेयर बजार सकारात्मक लयमा गएको छ । एउटा उपसमूहबाहेक सबैमा हरियो लागेको छ । कारोबारमा पनि सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२४ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा पुगेको छ । कुल २३० कम्पनीहरुको सेयर कारोबार भएको छ । ८२ लाख ५ हजार ५२ कित्ता सेयरको खरिदबिक्री हुँदा… पुरा पढौ

बेष्ट फाइनान्सले गर्यो चावहिल शाखा स्थानान्तरण

काठमाडौं, १९ पुस । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चावहिलमा रहेको आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ । फाइनान्सले पुस १८ गते आईतवारदेखी काठमाडौ महानगरपालिका वडा न.७, हस्पिटल मार्गमा रहेको चावहिल शाखा चावहिलचोक स्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको बताइएकाे छ । फाइनान्सका संचालक समिति अध्यक्ष खिमलाल पौडेलले उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवं ग्राहक महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियाे । कमलादी, काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल… पुरा पढौ

भगवती हाईड्राेले गर्यो आइपीओ निष्कासनको तयारी, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं, १९ पुस । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेकाे छ। कम्पनीले १०० रुपैयाँ मूल्य अंकितदरमा १४ लाख ३० हजार १६२ कित्ता सेयर निष्कासन गर्ने भएको हो । कुल कित्ताबाट ५ लाख ७२ हजार ६४ कित्ता सेयर आयोजना क्षेत्रका प्रभावित जनताका लागि रहेको छ । बाँकी रहेको ८ लाख ५८ हजार ९८ कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ । भगवती हाइड्रोपावरले साधारण शेयरको सार्वजनिक तथा निष्काशन गर्नको लागि सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त… पुरा पढौ