आर्थिक 📈

स्वावलम्वन लघुवित्तको अध्यक्षमा डा.गुरुङ चयन

काठमाडौं, २१ पुस । स्वावलम्वन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा संचालक डा.सुमित्रा मानन्धर गुरुङलाई चयन गरिएको छ । पुस २० गते बसेको संचालक समितिको ३८१औं बैठकले डा. गुरुङलाई संचालक समितिको अध्यक्षमा चयन गरेको लघुवित्तका सचिव अवधेश प्रसाद पन्तले जानकारी गराएका छन् । पुरा पढौ

जनरल इन्स्योरेन्स पनि अब एनपीआइमा आबद्ध

काठमाडौं, २१ पुस । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिं प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एलपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआइ) सँग जोडिने निर्जीवन बिमा कम्पनी बनेको छ, भने यसले कम्पनीको… पुरा पढौ

अब आइएमई जनरल इन्स्योरेन्स एनपीआइमा आबद्ध

काठमाडौं, २१ पुस । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिं प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चात् आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआइ) सँग जोडिने निर्जीवन बिमा कम्पनी बनेको छ, भने यसले कम्पनीको… पुरा पढौ

तीन दिनसम्म लगातार उकालो लागेको नेप्से बुधबार फेरि ३० अंकले घट्यो

काठमाडौं, २१ पुस । साताको पहिलो तीन दिनसम्म उकालो लागेको सेयर बजार पुनः ओरालो लागेको छ । आइतबारदेखि मंगलबारसम्म दोहोरो अंकले बढेको नेप्से बुधबार भने दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबारबाट बढ्न थालेको नेप्से परिसूचक सोमबार र मंगलबारसमेत दोहोरो अंकले बढेको थियो । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७५ अंकले घटेर दुई हजार ६४९.२० अंकमा झरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.६८ अंकले घटेर ४९७.०३ बिन्दुमा झरेको हो । नेप्से साताको… पुरा पढौ

नेप्सेमा छ्याङ्दी हाइड्रोसहित ५ कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं, २१ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा छ्याङ्दी हाइड्रोपावर कम्पनीसहित पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेका ४ कम्पनी र हकप्रद निष्काशनका लागि बुक क्लोज गर्ने निर्णय गरेको एक कम्पनी गरी पाँच कम्पनीको मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार आज साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेका जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्स र हकप्रद निष्काशनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ्याङदी… पुरा पढौ

कति पुग्यो अमेरिकी डलरको भाउ ?

काठमाडौं, २१ पुस । आज बुधबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसामा कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५१ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर १३५ रुपैयाँ १८ पैसा पुगेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ८२ पैसा पुगेको छ भने बिक्रीदर ८६ रुपैयाँ २५ पैसामा कायम भएको छ । साउदी अरेबियन रियाल एकको खरिददर भने ३१ रुपैयाँ ६९… पुरा पढौ

किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई

बलेवा, २१ पुस । एक साताअघि वर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो, ‘बोटमै रहेका सुन्तला स्याहार्न पाइएला कि हिउँले मास्ने होला ?’ रातभर वर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए । बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया मारिसकेका थिए । फसल लिने बेलाको सुन्तलामा हिउँ परे कामै लाग्दैन । झरेको भए व्यापारीले लाने थिएनन् । संयोग सुन्तला बगानको केही माथिसम्म भएको हिमपातले बगान प्रवेश गरेन । किसान उत्साहित छन् । रोग, वर्षा र हिमपातबाट जोगाएको सुन्तला टिप्न यतिबेला… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २१ पुस । नेपाली बजारमा सुनचाँदीको भाउ आज उकालो लागेको छ । अघिल्लो दिन रुपैयाँ ९०० ले घटेको छापावाला सुनमा यसदिन ६०० रुपैयाँले बढेको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार छापावाला सुनमा रुपैयाँ ६०० ले बृद्धि भई प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भई कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी… पुरा पढौ

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २१ पुस । साताको चौथो दिन बुधबार दुई कम्पनीका सेयरधनीहरुका लागि लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी तथा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सेयरधनीहरूकाे लागि लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको हो । लाभांश वितरण तथा साधारण सभाको प्रयोजनका लागि दुबै कम्पनीले बिहिबार बुक क्लोज गरिएको बताएका छन् । आजसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरु साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिनेछन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश… पुरा पढौ

चिनी उद्योगले उखु किसानको रु ८ करोड ७० लाख बक्यौता भुक्तानी गर्न अझैं बाँकी

काठमाडौं, २१ पुस । उखु किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन संसदीय समितिले बारम्बार सरकारलाई निर्देशन दिएको भए पनि अझै किसानले पूर्णरुपमा पाउन सकेका छैनन् । विभिन्न चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी रहेको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले अझै उद्योगीले रु आठ करोड ७० लाख भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए। गत वर्ष उद्योगीले उखु किसानलाई रु एक अर्ब ४० करोड भुक्तानी गर्न बाँकी थियो । “सरकारको निर्देशनपछि किसानलाई भुक्तानी दिने क्रम बढेको… पुरा पढौ