आर्थिक 📈

धमाधम लाभांश दिदै कम्पनीहरु, कुन–कुनले घोषणा गरे ?

काठमाडौं, १७ असोज । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश दिन थालेका छन् । लगानीकर्ताहरुलाई गत वर्षको मूनाफाबाट कम्पनीहरुले लाभांश दिन शुरु गरेका हुन् । हालसम्म ४ कम्पनीको लाभांश पारित भएसकेको छ भने अन्य कम्पनीहरुको पनि लाभांश घोषणा हुने क्रममा छ । नेप्सेमा सूचिकृत कम्पनीमा अरुण कावेली १७ प्रतिशत बोनस दिने निर्णय गरेको छ । अरुण कावेलीले भर्दा भदौ ११ गते साधारणसभा गरेको छ । यस्तै अपी पावर १०।५ प्रतिशत बोनस सेयर दिएको छ । अपी पावरले भदौ २५… पुरा पढौ

साहस उर्जाको आइपीओ बाँडफाँड आज

काठमाडौं, १७ असाज । साहस उर्जाले आजदेखि आइपीओ बाँडफाँड गर्दैछ । कम्पनीको असोज ६ गतेदेखि सर्वसाधारणका लागि शेयर निष्काशन गरिएको थियो । सोहि शेयरलाई बाँडफाँड गरिने भएको हो । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । यसैका लागि शुक्रबार प्रिअलटमेन्ट सकिएको थियाे । असोज ६ गतेदेखि असोज १० गतेसम्म कम्पनीको ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याईएको थियो । जस्मध्ये २ लाख १०… पुरा पढौ

आयल निगमको नोक्सान चुलियो

काठमाडौ‌, १६ असोज । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ । आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग… पुरा पढौ

साताको शेयर बजार : २६ अर्ब बढीको कारोबार

काठमाडौ‌, १६ असोज । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । सातामा पाँच दिन शेयर कारोबार भए । त्यसमा चार दिन नेप्से परिसूचक ओरालो लाग्यो भने एक दिन मात्रै उकालो यात्रा तय ग¥यो । झण्डै तीन हजार ३०० बिन्दु नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ६०० मा ओर्लेको छ । पछिल्ला दिनमा लगानीकर्ताको मनोविज्ञानमा पनि केही नकारात्मक प्रभाव परेको टिप्पणी पनि सुनिएको छ । यस्तै नेपाल राष्ट्र बैंकले शेयर कर्जामा लगाएको सीमा, बैंक… पुरा पढौ

चाडपर्वका बेला : ‘कोशेलीमा मुस्ताङको स्याउ’

बलेवा, १६ असोज । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दशैंको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ । दशैंको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा बिक्री अत्यधिक बढेको छ । धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पु¥याउन भ्याइनभ्याई छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनले स्याउ बजमरमा… पुरा पढौ

आरम्भ चौतारी लघुवित्तको प्रमुख कार्यकारीमा शर्मा नियुक्त

काठमाडौं, १५ असोज । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मालाई नियुक्त गरेको छ । सञ्चालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए । प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामीण विकासमा स्नाकोत्तर हासिल गरेका छन् र बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ । कार्यक्रममा अध्यक्ष पोखरेलले शर्माको कार्यकालमा संस्थाले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे । निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको… पुरा पढौ

साहस उर्जाको आइपीओ प्रि-अलटमेन्ट सकियो, आईतबार बाँडफाँड हुने

काठमाडौं, १५ असाज । साहस उर्जाले आईतबारदेखि आइपीओ बाँडफाँड गर्ने भएको छ । कम्पनीको असोज ६ गतेदेखि सर्वसाधारणका लागि शेयर निष्काशन गरिएको थियो । सोहि शेयरलाई बाँडफाँड गरिने भएको हो । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । यसैका लागि शुक्रबार प्रिअलटमेन्ट सकिएको छ । असोज ६ गतेदेखि असोज १० गतेसम्म कम्पनीको ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याईएको थियो । जस्मध्ये २… पुरा पढौ

साल्ट ट्रेडिङले उपलब्ध गराउन सकेन चिनी

सुर्खेत, १५ असोज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ता मर्कामा परेका छन् । साल्ट ट्रेडिङले चिनी उपलब्ध गराउन नसकेपछि प्रदेश राजधानी वीरेन्द्रनगरका उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन् । सरकारी स्वामित्वको यस कार्यालयले चिनी प्रतिकेजी रु ७९ मा उपभोक्तालाई बिक्री गर्दथ्यो । बजार मूल्य प्रतिकेजी रु १०० छ । राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश अध्यक्ष विन्दुलाल रेग्मीले सरकारी कम्पनीको गोदाममा चिनी नभएपछि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको गुनासो गरे । “सरकारी गोदाममा चिनी नभएको मौका छोपेर… पुरा पढौ

बढ्यो सुनको भाउ एकैदिन ९०० रुपैयाँ

काठमाडौं, १५ असोज । साताको सुनको कारोबार हुने अन्तिम दिन शुक्रबार आज सुनको भाउ ९०० रुपैयाँले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भएको छ । पुरा पढौ

डिजिटल वालेटः एक वर्षमा ३० लाख प्रयोगकर्ता बढे, कत्तिको छ सुरक्षा ?

काठमाडौं, १५ असोज । विगत एक वर्षयता झन्डै ३० लाख प्रयोगकर्ताहरू थपिएर यतिखेर ९२ लाख जनाले डिजिटल वालेट प्रयोग गर्न थालेको बताइन्छ। यो अवस्थामा सुरक्षासम्बन्धी चुनौतीहरू टड्कारो रूपमा आएको अधिकारी तथा विज्ञहरूले औँल्याएका छन्। गतवर्ष साउन महिनामा क्यूआर कोडमार्फत् ५८ करोड रुपैयाँ जतिको कारोबार भएकोमा यो वर्षको साउनमा पाँच अर्ब रुपैयाँ नाघेको विवरण राष्ट्र ब्याङ्कले दिएको छ। राष्ट्र ब्याङ्कको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल भन्छन्, ूडिजिटल प्लेटफर्ममा हुने वित्तीय सेवाको सुरक्षाका लागि अन्तर्राष्ट्रिय मान्यताकै आधारमा सुरक्षा सुनिश्चितता गर्नुका… पुरा पढौ