आर्थिक 📈

लगातार ओरालो लाग्दै सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २४ जेठ । नेपाली बजारमा सुनचाँदीको भाउ लागातार ओरालो लागेको छ । साताको पाँचौं दिन बिहिबार सुनचाँदीको भाउ रुपैयाँ १०० तथा चाँदी रुपैयाँ १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ १०० ले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार २००… पुरा पढौ

तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँड शुक्रबार

काठमाडौं, २४ भदौ । पर्याप्त लगानीका अन्य अवसरहरु नभईरहेको कोरोना कहर परिरहेको यो अवधिमा बैंक, वित्तीय संस्था परियोजनाहरुले विभिन्न स्वरुपका शेयरहरु निष्काशन तथा बिक्रीमा ल्याएर शेयर बजारलाई चलायमान बनाउन योगदान दिईरहेका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताहरुको आगमन पनि भईरहेको छ भने पूराना खेलाडीहरुको निरन्तरता रहेको छ । विभिन्न चरणका घटनाक्रमहरुले प्रभावित भईरहेको शेयर बजारको लय सकारात्मक हुने अपेक्षा रहिनै रहेको छ । यसैबीच, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले तेह्रथुम पावर कम्पनीको सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आइपीओ) भदौ… पुरा पढौ

एनआईसी एशिया क्यापिटलका ३ म्युचुअल फण्डको प्रतिफल आजसम्म सुरक्षित गर्न सकिने

काठमाडौं, २४ भदौ । एनआईसी एशिया म्युचुअल फण्डबाट सञ्चालित भएका तीन योजनाको प्रतिफल सुरक्षित गर्नका लागि आज अन्तिम अवसर रहेको छ । फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेको छ । साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट एशिया ग्रोथ फण्ड, एनआईसी एशिया व्यालेन्स्ड फण्ड तथा एनआईसी एशिया डाइनामिक डेष्ट फण्डको प्रतिफल वितरणका लागि भदौ २७ गते बुक क्लोज हुने जनाएको छ । यसका लागि भदौ २४, २५ र २६ गतेसम्म कायम रहेको इकाईकाधनीे प्रतिफल पाउनका… पुरा पढौ

बागमती प्रदेशमा थप मन्त्रीको शपथ : सबैभन्दा कान्छी खड्का बनिन् अर्थमन्त्री

हेटौंडा, २३ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रिमण्डलका मन्त्रीले आज प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री एवं भौतिक पूर्वाधार विकासमन्त्री रहेका केशवराज पाण्डेलाई भौतिक पूर्वाधारमन्त्री, रचना खड्कालाई आर्थिक मामिला तथा योजनामन्त्री, विजय सुवेदीलाई सामाजिक विकासमन्त्री, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री, प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्यमन्त्री, डा अजय क्रान्ति शाहीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री,… पुरा पढौ

‘विद्युतीय सवारी साधनको महत्व बढिरहेको छ’

काठमाडौं, २३ भदौ । सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, वातावरणका क्षेत्रमा कार्यरतलगायतले नेपालमा विद्युतीय सवारी साधनको महत्व बढ्दै गएको बताएका छन् । नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा उनीहरुले नेपालमा विद्युत् उत्पादन बढिरहेकाले र वायु प्रदूषण बढेर त्यो कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन । वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले कोरोनाका कारणले भन्दा पनि वायु प्रदूषणका कारणले लाग्ने रोगले मृत्यु बढिरहेको बताए । उनले भने, “वातावरण प्रदूषण कम… पुरा पढौ

पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

काठमाडौं, २३ भदौ । लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ । उक्त लक्ष्यसहितको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको हो । बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औँ वार्षिकोत्सव समारोहमा उक्त योजना सार्वजनिक गरे । “दिगो विकास लक्ष्य हासिल गर्न कूल वार्षिक औसत रु पाँच खर्ब… पुरा पढौ

ब्रिक्स फोरम विश्वव्यापी औद्योगिक शृङ्खलालाई स्थिरताका लागि जोड

चीन (सियामेन), भदौ २३ । पूर्वीचीनको फुजियान प्रान्तको बन्दरगाहनजिकको शहर सियामेनमा आयोजित ब्रिक्स फोरमको बैठकले अभिनव सहयोग र विश्वव्यापी औद्योगिक शृङ्खलाको स्थिरतामा जोड दिएको छ । ब्रिक्सलगायत विकासोन्मुख देशका कूटनीतिक दूत, अन्तरराष्ट्रिय सङ्गठनका प्रतिनिधि, सम्बन्धित सरकार, कम्पनी, अनुसन्धान संस्था र औद्योगिक सङ्गठनबाट उक्त ब्रिक्स फोरमको बैठकमा सहभागिता रहेको थियो । उक्त कार्यक्रमलाई भिडियोमार्फत सम्बोधन गर्दै रुसका उद्योग तथा व्यापार उपमन्त्री एलेक्सी ग्रुजदेवले ब्रिक्सले कोभिड–१९ महामारीले ल्याएका विकराल चुनौतीको सामना गर्दै अन्तरराष्ट्रिय सहयोगको लागि उत्कृष्ट उदाहरण बनेको बताए । उनकाअनुसार ब्रिक्स सदस्य… पुरा पढौ

२.०४ प्रतिशतले घट्यो नेप्से, कारोबार रकममा पनि दिनहुँ गिरावट

काठमाडौं, २३ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दिनहुँ गिरावट भएको छ । यसका साथै कारोबार रकममा पनि गिरावट भएको छ । साताको चौथो दिन नेप्से परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा झरेको छ । नेप्से २.०४ प्रतिशतले घटेको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ११.९१ अंकले घटेर ५३६.५१ विन्दुमा रहेको छ । कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ। । १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयरको कारोबारबाट ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२७ रुपैयाँ… पुरा पढौ

सुनको भाउमा भारि गिरावट, कारोबार कतिमा हुँदैछ ?

काठमाठौं, २३ भदौ । साताको चौथो दिन बुधबार सुनचाँदीको भाउमा भारि गिरावट भएको छ । सुनमा रुपैयाँ ७०० तथा चाँदीमा सामान्य १० रुपैयाँ गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ कारोबार भएको छ । यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका… पुरा पढौ

सेजनले आर्थिक पत्रकारको दक्षता अभिवृद्धि गर्ने

काठमाडौं, २२ भदौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को मुलुकभरका सञ्चार माध्यममा आर्थिक पत्रकारको उपस्थिति बढाउने र उनीहरुको दक्षता अभिवृद्धिका लागि दीर्घकालीन महत्वका कामलाई अघि बढाउने भएको छ । सेजनको २२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्दै पहिलो बैठकले आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि विश्वविद्यालयसँग मिलेर स्तरीय प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । सेजनका नवनिर्वाचित अध्यक्ष जनार्दन बरालले सदस्यको क्षमता अभिवृद्धिका लागि प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गरिने बताए । उनले भने, “कार्य समितिको पहिलो उद्देश्य भनेको… पुरा पढौ