आर्थिक 📈

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

काठमाडौं, ३१ असार । नेपालको मालवस्तुको निर्यात रु एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका… पुरा पढौ

उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सीमित

काठमाडौं, ३१ असार । चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको विवरणअनुसार २०७७ जेठमा ४.५४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति गत जेठमा ०.३५ प्रतिशतले घटेर ४.१९ कायम भएको हो । केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ६.२२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति २.६३ प्रतिशत रहेको छ । २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तीजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात… पुरा पढौ

साउन आउनै लाग्दा आकाशियो सुनचाँदीको मूल्य

काठमाडौं, ३१ असार । साताको पाँचौ दिन बिहिबार पनि सुनचाँदीको भाउ आकाशिएको छ । छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भएको छ । चाँदीमा सामान्य ५ रुपैयाँले बृद्धि भएको छ । साउन आउन एक दिन अगाडी नै बढेको सुनचाँदीको भाउ साउन महिनामा उच्च हुनसक्ने आकलन गरिएको छ । साउनकाे आरम्भसंगै नेपालीका चाडपर्व पनि शुरु हुने र साउनमा गरगहना लगाउने चलन पनि रहेकोले व्यवसायीलाई माग अनुसारको सुन पुर्याउन हम्मे-हम्मे पर्न सक्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा ५०० रुपैयाँले… पुरा पढौ

लक्ष्मी बैंकको ऋणपत्रकाे आवेदन म्याद साउन ११ सम्म थपियो

काठमाडौं, ३१ असार । लक्ष्मी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद साउनको ११ गतेसम्म थपिएको छ । कम्पनीले असार २८ गतेदेखि वार्षिक ‘८.५० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको हो । बैंकका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरिएको हो । त्यसमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको… पुरा पढौ

काठमाडौं महानगरकाे २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था

काठमाडौं, ३१ असार । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ । कामपाको नवौँ अधिवेशनबाट पारित आर्थिक विधेयक, २०७८ मा कोभिड–१९ को प्रभावलाई मध्यनजर गरेर आव ०७६/०७७ देखिका सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुटको व्यवस्था गरिएको छ । कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले कोभिड–१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरेर आर्थिक वर्ष ०७८/०७९ को सम्पत्ति… पुरा पढौ

पुनःनिर्माणमा खटिएका प्राविधिकको खर्च रु आठ करोड ३४ लाख निकासा

काठमाडौं, ३१ असार  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७, ७८ को साउन महिनादेखि पाउन बाँकी रु आठ करोड ३४ लाख निकासा भएको प्राधिकरणले जनाएको छ । लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको हो । यही असार १३ गते प्राविधिकको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध… पुरा पढौ

आँधिखोला लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज

स्याङ्जा, ३१ असार । आँधिखोला लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा आज आयोजना गरिएको छ । स्याङ्जा वालिङमा बोलााईएको सधारण सभामा कुनै लघुवित्त वित्तीय संस्थासंग मर्जर वा एक्विजिसनमा जाने भए त्यसको सबै अख्तियारी संचालक समितिलाई दिने एजेण्डा पेश हुँदैछ । सभामा आर्थिक वर्ष २०७६, २०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने भएको छ । यस्तै नाफा नोक्सान, वित्तीय विवरण, लेखापरिक्षकको नियुक्ति र उनको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव गरेका छन् । साधारण सभामा सर्वसाधारणबाट २ जना संचालक चयन गर्ने… पुरा पढौ

माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्रमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ३१ असार । माछापुच्छ्रे बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको छ । बैंकले ८.५० प्रतिशत ब्याजदरमा ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र १० वर्षे अवधिको लागि खुल्ला गरेकाे हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि रहेको छ ।… पुरा पढौ

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति गच्छदारसंग रू १० लाख धरौटी माग

काठमाडौं, ३१ असार । विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहनुभएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग रु १० लाख धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने आदेश गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार नेता गच्छदारलाई अदालतले उक्त विवादमा बयान लिएर थुनछेक बहसपछि रु १० लाख धरौटी माग गरेको थियो । उनले हिजै रु १० लाख बुझाए । बालुवाटारको… पुरा पढौ

रु ६७ करोड राजस्व छली गरेको आरोपमा अदालतमा मुद्दा दर्ता

काठमाडौं, ३० असार । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बीजक जारी गरी रु ६७ करोड बराबरको राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली गतिविधि गरी राजस्व छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । सर्लाहीको मनिराज सप्लायर्सका प्रोप्राइटर राजदेवी तथा उक्त फार्मको मुख्य कारोवार गर्ने व्यक्ति राजाराम महतोले रु ४१ करोड ५१ लाख बढी बिगो बराबरको राजस्व छली गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ । उनीहरुले मालवस्तु खरीद तथा… पुरा पढौ