आर्थिक 📈

हस्तकलामा सरकारले लिएको नीति सकारात्मक-महासंघ

काठमाडौं, २० जेठ । नेपाल हस्तकला महासंघले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ । महासङ्घले आर्थिक वर्ष २०७८, ०७९ को बजेटको समीक्षा गर्दै कोभिड–१९ का कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास र विस्तारमा सरकारले खेलेको भूमिका सकारात्मक भएको बताएको हो । महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोभिड–१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानको निमित्त निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहित महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अवस्थामा सोहीअनुसार बजेट विनियोजन हुनु सराहनीय र स्वागतयोग्य भएको उल्लेख… पुरा पढौ

बिहीबार सुन तोलामा चार सय बढ्यो

काठमाडौं, २० जेठ । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन तोलामा ४ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुन तोलाको ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । यसअघि बुधबार स्थिर रहँदै सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुन र डलरको मूल्य बढेकाले नेपालमा भाउ बढेको महासंघले जनाएको छ । यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँ बढेको छ… पुरा पढौ

विरोध भएपछि सरकारले भन्यो- चुरे संरक्षणमा प्रतिबद्ध छौं

काठमाडौं, २० जेठ। व्यापार घाटा कम गर्न भन्दै चुरे दोहनको कार्यक्रम बजेटमार्फत ल्याएकोमा चौतर्फी विरोध हुन थालेपछि सरकारले ध्यानाकर्षण भएको जनाएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेटको ११९ बुँदामा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ। निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोप–वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिने व्यवस्था गरिएको छ’ भनिएको छ। यहि बुँदामा चौतर्फी विरोध भएपछि अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायसँग छलफल… पुरा पढौ

बाँकेमा राजस्व सङ्कलनमा वृद्धि, १७ अर्ब ८० करोड सङ्कलन

बाँके, २० जेठ । बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा राजस्व सङ्कलन गत वर्षको तुलनामा वृद्धि भई रु १७ अर्ब ८० करोड सङ्कलन भएको छ । नेपालगन्ज भन्सार कार्यालयका बाँकेका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्षमा सरकारले रु १८ अर्ब लक्ष्य तोकेको थियो । गत आर्थिक वर्षमा रु १५ अर्ब १८ करोड सङ्कलन भएको थियो । नेपालको सबैभन्दा बढी राजस्व सङ्कलन हुने सिमा नाका नेपालगन्ज भन्सार कार्यालय बाँके हो । यसलाई मुलुकको आयात–निर्यातहरु नियन्त्रण गर्ने अन्तराष्ट्रिय ठूलो व्यापारिक केन्द… पुरा पढौ

शेयर बजारमा आयाे चमक, सूचक र खरिदबिक्री दुबैमा उत्साह

काठमाडौं, १९ जेठ । दुई दिनपछि पुनः शेयर बजारमा चमक देखिएको छ । साताको चौथो दिन बुधबार शेयर बजार दुई दिन ओरालो हिंडेपछि आज पुनः उत्साहको लयमा फर्किएको हो । नेप्से परिसूचककासाथ कारोबारमा पनि उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से पसिूचक ५५.७६ अंकले बृद्धि भएर २८२७.१२ विन्दुमा पुगेको छ । नेप्से २.०१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.८३ अंकले बृद्धि भएर ५०५.१५ विन्दुमा पुगेको छ । आज २१९ कम्पनीको शेयर कारोबार भएको छ । कुल २… पुरा पढौ

आर्थिक पुनरुद्धार, मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय

फ्रान्कफर्ट, १९ जेठ । तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र तेलको मूल्य बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो । ओपेकका सदस्य एवं तेल उत्पादक राष्ट्रहरुका ऊर्जा मन्त्रीहरुको मङ्गलबार भएको अनलाइन बैठकमा यस्तो निर्णय गरिएको हो । साउदी अरेबियाका ऊर्जा मन्त्री राजकुमार अब्दुलाजिज बिन सल्मानले पछिल्ला दिनहरुमा तेलको… पुरा पढौ

निषेधाज्ञा उल्लंघन गर्ने व्यवसायीबाट २३ लाख राजश्व संकलन

चितवन, १९ जेठ । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३ सय ८८ व्यवसायीलाई कारबाही गरिएको छ । निषेधाज्ञा उल्लंघन गरेकाहरूबाट २३ लाख राजश्व संकलन समेत भएकाे जनाइएकाे छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार उनीहरुलाई १ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको थियाे । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको समयभन्दा बढी व्यवसाय सञ्चालन गरेका उनीहरुलाई जरिवाना गराई सम्झाएर पठाइएको उनले बताए । यस्तै निषेधाज्ञाको समयमा विनाकारण बजारमा हिँड्डुल गर्ने ११ हजार ७२०… पुरा पढौ

बैंक,बीमा,दुरसंचार लगायतका सेवामा बन्द हड्ताल गर्न नपाइने

काठमाडौं, १९ जेठ । नेपाल सरकारले बैंक,बीमा,दुरसंचार, अस्पताल, हवाइ,संचार, इन्टरनेट,बिधुत, खानेपानी सहितका २५ अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न निषेध गरेको छ।  गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै अत्यावश्यक सेवामा पर्ने यी सेवाहरुमा अब उपरान्त बन्द तथा अन्य अवरोध पुर्‍याउन निषेध गरेको जनाइएकाे छ ।  नेपाल सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै सेवामा हड्ताल गर्न निषेध गरेको गृह मन्त्रालयले जनाएकाे छ। बैंक,बीमा,दुरसंचार सहितका २५ वटा सेवाहरुमा हड्ताल गर्न निषेध गरेको सूचनामा… पुरा पढौ

चौधरी ग्रुपको बियर प्लान्ट र गोदाममा आगलागी

नवलपरासी, १९ जेठ । चौधरी ग्रुपद्वारा संचालित नवलपरासीकाे चौधरी उद्योग ग्राममा आगलागी भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो । बुधबार बिहान लागेको आगो नियन्त्रण बाहिर गएपछि अहिले भवन भत्काउएर निभाउन थालिएको प्रहरीले जानकारी दिएको छ । तीनवटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । गोदामभित्र रहेकाे सबै बियर नष्ट भएकाले कराेडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी विद्युत सर्टका कारण भएको बताइएको… पुरा पढौ

सुनको मूल्य स्थिर, चाँदी तोलामा १० रुपैयाँ घट्यो

काठमाडौं, १९ जेठ। बुधबार सुनको मूल्यमा घटबढ भएको छैन। बुधबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तराष्ट्रिय बजारमा भाउ घटेपनि डलर मजबुत भएकाले नेपालमा सुनको भाउ स्थिर रहेको महासंघले जनाएको छ। सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेको छ। चाँदी आज तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ