आर्थिक 📈

आइतबार सुन तोलामा ७ सय रुपैयाँ बढ्यो

काठमाडौं, २३ जेठ। हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन तोलामा ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि शुक्रबार एकैदिन सुन तोलामा १५ सय रुपैयाँ घटेर तोलाको ९३ हजार ४ सय रुपैयाँमा झरेको थियो। अन्तराष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ। यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको… पुरा पढौ

कोरोनाविरुद्ध लड्न अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

काठमाडौं, २३ जेठ । अष्ट्रेलियाले नेपाली सेनालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको छ। अष्ट्रेलियाका राजदूत फेलिसिटी जेनभल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्। अष्ट्रेलियन एय फोर्सले नेपाल ल्याएको सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण भएको हो। सामग्री बुझ्दै नेपाली सेनाका रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोगका लागि धन्यवाद दिए। पुरा पढौ

आइतबारको विनिमय दर, कुनको कति ?

काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी विनिमय दर तोकेको छ । आइतबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ५० पैसा र बिक्री दर ११७ रुपैयाँ १० पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ १७ पैसा र बिक्री दर १४१ रुपैयाँ ९० पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ५९ पैसा र बिक्री दर १६५ रुपैयाँ ४४ पैसा तोकेको छ। यसैगरी बहराइन… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, २३ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले शनिबार रातिदेखि लागु हुनेगरी डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको हो। निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार अब पेट्रोल प्रतिलिटर १२५ पुगेको छ भने डिजेल र मट्टीटेल १०८ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल १२३, डिजेल, मट्टीतेल १०६ र हवाई इन्धनको अन्तरिक तपर्फको मूल्य प्रतिलिटर ७८ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको… पुरा पढौ

राष्ट्र बैंकबाट अनुमति पाएपछि नारायणी हकप्रद शेयर निष्काशनको तयारीमा

काठमाडौं, २२ जेठ । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई १०० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकबाट अनुमति पाएपछि बैंकले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशनको लागि प्रक्रियाहरुलाई अगाडी बढाएको छ । बैंकले गएको माघ १६ गते आयोजना गरेको साधारण सभामा १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशनको प्रस्तावलाई पारित गरेपछि राष्ट्रपति समक्ष स्वीकृतिको लागि आवेदन दिएको थियो । राष्ट्र बैंकबाट माग गरे बमोजिम नभई १ः१ को अनुपातमा नारायणीले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ ।… पुरा पढौ

प्रदेश नं १ मा ३४ अर्बको बजेट ल्याउने तयारी हुँदै

ओखलढुङ्गा, २२ जेठ । प्रदेश नं १ सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताए । गृह जिल्ला गएका उनले प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि करीब रु ३४ अर्बको हाराहारीको प्रादेशिक बजेट ल्याउने तयारी गरेको बताए । चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउने र त्यसलाई पूर्ण कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको… पुरा पढौ

अर्थमन्त्री पौडेल मन्त्रिपरिषद्को दोस्रो बरियतामा

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा व्यापक हेरेफेर गरे । शुक्रबार जनसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै ओलीले १७ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका हुन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् । शुक्रबार राति नै ३ उपप्रधानमन्त्री, मन्त्री र २ राज्यमन्त्रीले शपथ ग्रहण गरिसकेका छन् भने केहीले गएराति नै पदभार ग्रहण गरे । मन्त्रिपरिषद्मा मन्त्रीहरुको बरियतामा उपप्रधानमन्त्रीमा बढुवा भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल दोस्रो नम्बरमा छन् । पौडेल ओलीका… पुरा पढौ

बन्दीपुरको बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग

बन्दीपुर, २२ जेठ । तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । गाउँपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा सम्पूर्ण राजनीतिक दल, सङ्घसंस्था, नागरिक सामज, गैरसरकारी संस्था, शिक्षक एवं स्वदेश तथा विदेशमा बस्ने नागरिकसँग सुझाव माग गरेको हो। प्रत्येक स्थानीय तहले असार १५ गते गाउँ वा नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थानीय तह यतिबेला बजेट, नीति… पुरा पढौ

खाने तेलको मूल्य ३१ देखि ४५ प्रतिशतसम्म बढ्यो

काठमाडौं, २२ जेठ । चालु आर्थिक वर्षमा खाने तेलको मूल्य ३१ देखि ४५ प्रतिशतसम्म बढेको पाइएको छ । तेल उत्पादकले चालु आर्थिक वर्षको १० महिनामा खाने तेलको मूल्य ३१ देखि ४५ प्रतिशतसम्म बढाएका पाइएको हो । तेलको मूल्य अस्वाभाविक रुपमा बढेको पाइएपछि वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयले सूक्ष्म अध्ययन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा समेत अस्वाभाविक मूल्य वृद्धि भएपछि उद्योगसँग कागजात माग गरेर अध्ययन थालिएको विभागले जनाएको छ । उद्योगीहरूले… पुरा पढौ

डिसहोमको नयाँ अभियान–मेरो मनको दोस्रो देश

काठमाडौं, २१ जेठ । डिसहोम नेपालले युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो–२०२० का फुटबलप्रेमी दर्शक लक्षित गरी नयाँ अभियान मेरा मनको दोस्रो देश (#MeroMankoDosroDesh) सुरु गरेको छ । गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो–२०२० यस वर्ष प्रसारण गर्न डिसहोम संपूर्ण रुपमा तयार रहेको जनाएको छ । दर्शकले यो फुटबल प्रतियोगिता डिसहोमको एचडि च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक संजालमा #MeroMankoDosroDesh ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकबीच रोमान्चकारी बनाउने छ । यसअन्तर्गत फ्यानले प्रशंसा र समर्थन… पुरा पढौ