आर्थिक 📈

२०७७ को अन्तिम दिन नेप्सेमा नयाँ उचाई, ७ अर्ब ५४ करोड बढीको कारोबार

काठमाडौं, ३१ चैत । आज २०७७ सालको अन्तिम दिन । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेको परिसूचकमा नयाँ रेकर्ड कायम भएको छ । आजको दिन सूचकांक कस्तो देखिएला भनेर लगानीकर्ताहरुमा उत्सुकता बढ्नु स्वाभाविकै हो । आज नेप्से अहिलेसम्मकै उच्च विन्दु २७१४.७९ विन्दुमा पुगेको छ । आजको प्रि ओपनिङ सेसनबाटै नेप्से सकारात्मक लयमा देखिएको थियो । कारोबार मध्यम खालको भएपनि औषतमा लगानीकर्ताहरुको उत्साह भने घटेन । नेप्सेमा आज दोहोरो अंकको बृद्धि भएको छ । नेप्से २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेको छ… पुरा पढौ

२०७७ को अन्तिम प्रि ओपनिङ सेसन : नेप्से ५.४१ अंकले बढ्याे

काठमाडौं, ३१ चैत । आज २०७७ साल को अन्तिम दिन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक कस्तो देखिएला भनेर लगानीकर्ताहरुमा उत्सुकता बढ्नु स्वाभाविकै हो । आजको प्रि ओपनिङ सेसनमा नेप्सेले सकारात्मक संकेत दिएको छ । यद्यपी क्लोजिङ समय अपरान्ह ३ वजेसम्म सूचकमा फेरबदल हुनसक्ने कुरालाई नकार्न सकिन्न । यो समाचार तयार पार्दासम्मको समय मध्यान्ह १२ वजेसम्म आउँदा नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ । नेप्से ५.४१ अंकले बढेर २६९६.९७ विन्दुमा पुगेको छ । नेप्से ०.२० प्रतिशतले बढेको छ ।… पुरा पढौ

फेरी घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैंछ ?

काठमाडाैं, ३१ चैत । साताको तेश्रो दिन मंगलबार आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य ८९ हजार १५० रुपैयाँ कायम भएको… पुरा पढौ

फर्निचर उद्योगमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति

खोटाङ, ३१ चैत  । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले बताएकाे छ । स्थानीय हर्कराज राईले सञ्चालन गरेको फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए। बिहान करीब ४ः३० बजेको समयमा शुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी औजार,… पुरा पढौ

सूर्योदय लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज

काठमाडौं, ३१ चैत । सूर्योदय लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज आयोजना गरिएको छ । साधारण सभा स्याङजाको पुतलीबजार नगरपालिकामा रहेको सयपत्री पार्टी प्यालेसमा आयोजना गरिएको हो । सभामा १५.३५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव तथा कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांशको प्रस्ताव पारिदै गरिदैंछ । कम्पनीको हाल कायम भएको २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँ चुक्ता पूँजीबाट उक्त बोनस दिईने भएको हो । बोनस वितरणपछि चुक्ता पूँजी २४ करोड ८० लाख ४२ हजार ९२५ पुग्ने भएको… पुरा पढौ

पहिरो प्रभावित दलित परिवारलाई बाख्रा वितरण

अर्घाखाँची ३१ चैत । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । एक समारोहबीच प्रदेश सांसद रामजीप्रसाद घिमिरे र नगर प्रमुख कमलप्रसाद भुसालले बाख्रा हस्तान्तरण गरे। सो अवसरमा सांसद घिमिरेले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको बताए । नगर प्रमुख भुसालले… पुरा पढौ

आगामी आवमा अर्थतन्त्र २.७ प्रतिशतले बृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, ३१ चैत । निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोप लगाउने कार्य शुरु भएसँगै २०७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र बृद्धि हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकका अनुसार पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा छ । कोभिड–१९ पश्चात्को पुनर्लाभलाई तीव्रता दिन र नेपाललाई हरित, उत्थानशील र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो क्षेत्र हुनसक्ने विश्व बैंकको पछिल्लो नेपाल विकास अपडेटमा उल्लेख छ । प्रतिवेदनका अनुसार कोभिड–१९ पछिको… पुरा पढौ

नेपालमा ६ खर्ब ४२ अर्ब बराबरको विप्रेषण भित्रियो

काठमाडौं, ३० चैत । चालु आर्थिक वर्षको ८ महिना अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको आर्थिक विवरणमा विप्रेषण आप्रवाह ८ . ६ प्रतिशतले वृद्धि भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो । समीक्षा… पुरा पढौ

नेप्से पुग्याे २७ सय अंक नजिक, कारोबारमा एनआईसी एशिया बैंक अगाडी

काठमाडौं, ३० चैत । साताको दोश्रो दिन सोमबार आज शेयर बजार सकारात्मक लयमा देखिएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १७.२० अंकले बृद्धि भएर २६९१.५५ विन्दुमा पुगेको छ । नेप्से ०.६४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.७८ अंकले बृद्धि भएर ४८०.२९ विन्दुमा पुगेको छ । आज कुल २१६ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ६१ करोड ८२ लाख ८ हजार ५० रुपैयाँ… पुरा पढौ

सोमबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, ३० चैत । साताको दोश्रो दिन सोमबार आज सुनको मूल्य उकालो लागेको छ भने चाँदी स्थिर रहेको छ । छापावाला सुनको मूल्य रुयैयाँ १०० ले बढेको छ । चाँदी आईतबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी… पुरा पढौ