आर्थिक 📈

सुनको मूल्य एकैदिन तोलामा १५ सय रुपैयाँ घट्यो

काठमाडौं, २१ जेठ। सुनको मूल्य शुक्रबार एकैदिन तोलामा १५ सय रुपैयाँ घटेको छ। शुक्रबार सुन तोलाको ९३ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। लकडाउनको समयमा सुनको मूल्य यति धेरैले घटेको यो पहिलो पटक हो। हप्ताको पहिलो दिन आइतबारदेखि नै उकालो लागेको सुनको मूल्य शुक्रबार भने ह्वात्तै घटेको हो। आइतबार तोलामा २ सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसमा सोमबार पनि २ सय रुपैयाँ नै बढेको सुनको मूल्य मंगलबार भने तोलामा… पुरा पढौ

राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाएर संचालनमा ल्याउन धितोपत्र बोर्डकाे निर्देशन

काठमाडौं, २१ जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाएर संचालनमा ल्याउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्था अनुसार स्थापना भएको राफसाफ कोषमा नगन्य रुपमा रकम जम्मा भएकोले त्यसलाई कार्यान्वयनमा ल्याउन बोर्डले निर्देशन दिएको हो । रकम कार्यान्वयनमा आउन नसक्दा समयमा नै लगानीकर्तालाई धितोपत्र बिक्री वापतको रकम भुक्तानी हुन सकेको छैन । बिज्ञप्तिमा लेखिएको छ, धितोपत्रको दोश्रो बजार कारोबार दिनानुदिन बृद्धि भईरहेको सन्दर्भमा यसमानिहित प्रणालीगत… पुरा पढौ

शुक्रबारको विनिमय दर, कुनको कति ?

काठमाडौं, २१ जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ३६ पैसा र बिक्री दर ११६ रुपैयाँ ९६ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै यूरोपियन यूरो १ को खरिद दर १४२ रुपैयाँ १ पैसा र बिक्री दर १४२ रुपैयाँ ७४ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ १८ पैसा र बिक्री दर १६६ रुपैयाँ ३ पैसा तोकेको छ। यसैगरी बहराइन… पुरा पढौ

निर्यात नहुँदा घरमै थन्किए ओलाङ्चुङगोलाका गलैँचा

ताप्लेजुङ, २१ जेठ । ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएका छन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् । उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा बिक्री नहुँदा घरमै राखिएका छन् । “कोभिड–१९ को सङ्क्रमणका कारण चीनतर्फको नाका पूर्णरूपले बन्द भई निर्यात नहुँदा करिब २ हजार २५० हाराहारीमा गलैँचा थन्किएका छन्”, त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले भने । उहाँका अनुसार ओलाङ्चुङगोलामा… पुरा पढौ

‘पाँच अर्बमाथिका आयोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र’

काठमाडौं, २१ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वस्तुगत रूपमा राम्रो आएको भन्दै प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पूर्वका उद्योगी तथा व्यवसायीले आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र सङ्गठन मोरङले संयुक्त रूपमा आयोजना गरेको श्रव्यदृश्य कार्यक्रममा प्रदेश नं १ का उद्योगीले बजेटको कार्यान्वयनका लागि प्रभावकारी संयन्त्रको जरुरी रहेकामा जोड दिए । मोरङ उद्योग सङ्गठनका अध्यक्ष सुयस प्याकुरलेले बजेट राम्रो आएको भन्दै कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानकाकर्षण गराए । उनले सरकारले २०७५ मङ्सिर २४ गतेको… पुरा पढौ

अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री खुल्ला

काठमाडौं, २० जेठ । अपि पावर कम्पनीले आजबाट ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले १ बराबर ०.२९३८ को अनुपातले रुपैयाँ १०० मूल्य अंकित ५६ करोड ७० लाख रुपैयाँ बराबरको सो परिमाणको हकप्रद शेयर बिक्रीमा ल्याएको हो । कम्पनीको हकप्रद शेयरको लागि लगानीकर्ताले १०० कित्ता हुनेले २९ कित्ता हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन् । यसका लागि असार ९ गतेसम्म आवेदन दिन सकिने भएको छ । हकप्रद शेयर निष्काशनको प्रयोजनका लागि कम्पनीले… पुरा पढौ

२९.५५ अंकले बढ्यो नेप्से, कारोबार १७ अर्ब नजिक

काठमाडौं, २० जेठ । साताको शेयर कारोबार हुने अन्तिम दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचकमा देखिएको नयाँ रेकर्डसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । नेप्से परिसूचक २९.५५ अंकले बढेर २८५६.६७ विन्दुमा पुगेको छ । नेप्से १.०५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.९६ अंकले बढेर ५१३.११ विन्दुमा पुगेको छ । कुल २१८ कम्पनीको शेयर करोबार भएको छ । ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयरको खरिदबिक्रीबाट १६ अर्ब ९० करोड ७० लाख… पुरा पढौ

वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने

काठमाडौं, २० जेठ । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ६ वर्ष अवधिको वार्षिक साढे ८ प्रतिशत ब्याज रहने ऋणपत्र ल्याउन लागेको हो। २ अर्ब ५० करोड मूल्य बराबरको ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गर्नुपर्नेछ। प्रतिकित्ता हजार रुपैयाँका दरले २५ लाख कित्ता बिक्री गरिने वाणिज्य बैंकले जनाएको छ। बैंकका अनुसार ऋणपत्रको ६० प्रतिशत अर्थात १५ लाख कित्ताले हुन आउने १ अर्ब ५० करोड व्यक्तिगत गरिकाले र ४० प्रतिशत अर्थात १० लाख कित्ताले हुन… पुरा पढौ

सनराइज बैंकको सुनवल र लम्की शाखाद्वारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं, २० जेठ । सनराइज बैंकको सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिका स्थित सुनवल अस्थाई कोभिड अस्पताललाई १ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । बैंकको सुनवल शाखाका प्रमुख प्रकाश खनाल प्रमुख अतिथि तथा कार्यक्रमको अध्यक्षता सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले गरेका थिए । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड… पुरा पढौ

मनाङमा सबैभन्दा बढी बजेट नासो गाउँपालिकालाई

मनाङ, २० जेठ । आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङलाई कुल ६१ करोड ३४ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार स्थानीय तहमध्ये मनाङ प्र्रवेशद्वारको रूपमा रहेको नासों गाउँपालिकालाई सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका लागि १७ करोड २७ लाख विनियोजन भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए। उनका अनुसार समानीकरण अनुदानतर्फ रु छ करोड ९९ लाख र सःशर्त अनुदानतर्फ रु १० करोड २८ लाख विनियोजन भएको छ । जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकालाई १५ करोड ८८… पुरा पढौ