आर्थिक 📈

प्रभु बैंककाे आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला

काठमाडौं, ११ जेठ । प्रभु बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले आजदेखि प्रतिइकाई १ हजार मूल्य अंकित ४० लाख इकाई ऋणपत्र बिक्रीका लागि खुल्ला गरेको हो । बैंककाे ४० लाख इकाई ऋणपत्रमध्ये २५०० इकाई ऋणपत्र म्युचुअल फण्डको लागि बाँडिसकिएको छ । २४ लाख इकाई विभिन्न संघ संस्थाहरुको लागि बिक्री गर्ने भएको छ । १६ लाख ७७ हजार ५०० इकाईको लागि सर्वसाधारणले आवेदन पेश गर्न सक्ने भएका छन् । ऋणपत्रको अवधि १० वर्षको रहेको… पुरा पढौ

उपत्यकामा बैंकले दैनिक ६ वटा शाखा मात्र खोल्न पाउने

काठमाडौ, ११ जेठ । उपत्यकामा बैंक तथा वित्त कम्पनीले दैनिक ६ वटा शाखा कार्यालय मात्र खोल्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालयसँगै ६ वटा शाखा कार्यालय मात्र खोल्न दिने गरी निर्देशन जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयको आग्रहअनुसार यस्तो निर्देशन जारी भएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्त कम्पनीमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्देशन जारी गरेको प्रवक्ता देवकुमार ढकालले जानकारी दिए। प्रवक्ता ढकालका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९… पुरा पढौ

राष्ट्र बैंकले मंगलबारदेखि २ अर्बको नागरिक बचत पत्र बिक्री गर्दै

काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि २ अर्ब रुपैयाँको नागरिक बचत पत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले जेठ ११ गतेदेखि असार १ गतेसम्म दुई अर्ब रुपैयाँको नागरिक बचत पत्र बिक्री गर्ने भएको हो । वार्षिक व्याजदर ९ प्रतिशत रहेको रकमको ब्याज भूक्तानी ६/६ महिनामा गर्नुपर्ने बैंकले जनाएको छ । घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा मात्रै खरिद गर्न पाउने सीमा बैंकले तोकेको… पुरा पढौ

नेप्से सूचक र शेयर खरिदबिक्री दुबैमा नयाँ कीर्तिमान, १३ अर्ब १७ कराेड बढीकाे कारोबार

काठमाडौं, १० जेठ । राजनीतिक घटनाक्रम र निषेधाज्ञाको कारण शेयर बजारमा नकारात्मक असर पर्छकी भन्ने आँकलन भईरहेको बेलामा केहि दिनदेखि शेयर बजारमा भने नयाँ नयाँ रेकर्ड कायम हुने क्रम राेकिएकाे छैन । मुलुकमा लगानीका अन्य क्षेत्रहरू यतिबेला बन्द भएपनि शेयरबजार लगानीकाे लागि खुल्ला छ । अहिले अनलाइनबाट हुने काराेबारकाे कारण लगानीकर्ताहरू देशभित्र र बिदेशबाट उत्साहित भएकाेले शेयर बजारमा उछाल आइरहेकाे छ । याे समयमा साना तथा ठूला लगानीकर्ताहरूकाे डिजिटल प्लेटफर्ममा भएकाे आगमनकाे कारण काराेबारकाे उचाइ हालकाे भन्दा पनि माथि जानसक्ने… पुरा पढौ

चालु आर्थिक वर्षमा १ खर्ब ८ अर्ब बराबरको निर्यात,

काठमाडौं, १० जेठ । चालु आर्थिक वर्ष २०७७/७८ को १० महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकाेमा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा याे उल्लेख्य वृद्धि भएको हो । विभागले सार्वजनिक गरेको चालु आव २०७७/७८ को पहिलो १० महिनाको (साउदेखि वैशाखसम्म) तथ्याङ्कअनुसार यस अवधिमा रु एक खर्ब आठ अर्ब ४७ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा रु ८२ अर्ब… पुरा पढौ

सुनचाँदीको मूल्यमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १० जेठ । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । सुनमा आज रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९३… पुरा पढौ

संसद्‍ नहुँदा कसरी आउँछ बजेट ?

काठमाडौं, १० जेठ । शुक्रबार (जेठ ७ गते) मध्यरातमा प्रतिनिधिसभा विघटन नभएको भए आइतबार (हिजो जेठ ९ गते) बाट संसदको बजेट अधिवेशन सुरु भइसक्थ्यो। संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री विष्णु पौडेलले तामझाम र सानका साथ जेठ १५ गते संघीय संसदको दुवै सदनको बैठकमा २०७८⁄८९ को बजेट भाषण गर्ने थिए। तर, जेठ ८ गते संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका लागि पेश गरेको दाबीमा प्रतिनिधिसभा सदस्यको हस्ताक्षर दोहोरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अस्वीकृत भएपछि शुक्रबार मध्यरातमा प्रतिनिधिसभा… पुरा पढौ

हाइड्रोइलेक्ट्रिसिटीले पायो हकप्रद शेयर निष्काशनको अनुमति

काठमाडौं, १० जेठ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ११ करोड कित्ता हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीको संकेत एचआइडिसिएल रहेको छ । कम्पनीले १ बराबरको १ अनुपातमा हकप्रद शेयर निष्काशनको अनुमति पाएको हो । प्रति कित्ता १०० मूल्य अंकित दरले कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमतिको लागि गएको चैत्र १२ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा… पुरा पढौ

श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग

काठमाडौं, १० जेठ । नेपाल ट्रेड युनियन काङ्ग्रेसले श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग गरेको छ । युनियनले विश्वव्यापीरूपमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै आर्थिक वर्ष २०७८/०७९ मा कोरोनाले तहसनहस पारेको अर्थतन्त्र जोगाउँदै श्रमिकको समस्या समाधान गर्ने खालको बजेट ल्याउन अर्थमन्त्रीसमक्ष माग गरेको हो । युनियनका अध्यक्ष पुष्कर आचार्यले कम आय भएका श्रमिक तथा स्वरोजगारहरुलाई आयकरलगायत अन्य कर र कर्जाको ब्याज मिनाहा गर्नुपर्ने बताए। “कोरोना भाइरसको अग्रमोर्चामा खटिएका श्रमिकलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार… पुरा पढौ

श्रम संगठनको क्षमता विकासमा बजेट विनियोजन गर्न माग

काठमाडौं, १० जेठ । नेपाल ट्रेड युनियन काङ्ग्रेसले श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग गरेको छ । युनियनले विश्वव्यापीरूपमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै आर्थिक वर्ष २०७८/०७९ मा कोरोनाले तहसनहस पारेको अर्थतन्त्र जोगाउँदै श्रमिकको समस्या समाधान गर्ने खालको बजेट ल्याउन आइतबार अर्थमन्त्रीसमक्ष माग गरेको हो । युनियनका अध्यक्ष पुष्कर आचार्यले कम आय भएका श्रमिक तथा स्वरोजगारहरुलाई आयकरलगायत अन्य कर र कर्जाको ब्याज मिनाहा गर्नुपर्ने बताए । “कोरोना भाइरसको अग्रमोर्चामा खटिएका श्रमिकलाई विश्व स्वास्थ्य… पुरा पढौ