आर्थिक 📈

२३ करोड लागतकाे निर्माणाधीन पुल सुनकोशीको बाढीले बगायो

ओखलढुंगा, १४ । जेठसुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ । चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने पुल बगेको हो । करीब रु २३ करोड लागतमा चुँदी कन्ट्रक्सन प्रालि सानेपाले पुल निर्माणको ठेक्का लिएको थियो । कुल २१० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । बुधबार मात्रै ढलान गरिएको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल निर्माणको काम पछिल्लो… पुरा पढौ

वितरणमुखी र पूर्ण बजेट नल्याउन आग्रह

काठमाडौं, १४ जेठ । राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन् । उनीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै पूर्ण एवम् वितरणमुखी बजेट नल्याउन आग्रह गरे । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको भन्दै उनीहरूले अत्यधिक सार्वजनकि ऋण लिने, राजश्वका दरमा परिवर्तन गर्ने काम समेत नगर्न अनुरोध गरे । यसरी अनुरोध गर्नेहरूमा आयोगका पूर्व उपाध्यक्षहरू पृथ्वीराज लिगल, डा जगदीशचन्द्र पोखरेल, डा शङ्कर शर्मा, डा… पुरा पढौ

कोरोनाविरुद्ध लड्न अर्थ मन्त्रालयले ४१ अस्पताललाई दियो एक अर्ब ४१ करोड

काठमाडौं, १३ जेठ । सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न थप स्रोतको व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले आज देशका विभिन्न ४१ अस्पताललाई रु एक अर्ब ४१ करोड बराबरको स्रोत सुनिश्चित गरेको हो । जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, सङ्खुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रङ्गेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई समान रु तीन/तीन करोड बराबरको बजेट उपलब्ध भएको छ । यस्तै बारा… पुरा पढौ

कोभिड-१९ को रोकथाममा प्रभु क्यापिटलको सहयोग

काठमाडौं, १३ जेठ । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड–१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । समविकास नेपालले यी स्वास्थ्य सामाग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड–१९ का विरामीहरुलाई वितरण गर्नेछ । पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पुग्यो १५ अर्ब नजिक

काठमाडौं, १३ जेठ । साताको पाँचौ दिन बिहिबार आज शेयर बजारको कारोबारमा व्यापक रुपमा भिन्नता देखिएको छ । राष्ट्र बैंकले दिएको निर्देशनपछि शेयर लगानीकर्ताहरुले शेयर बजारलाई बडो चनाखो भएर नियालेका थिए । राष्ट्र बैंकको निर्देशन लगत्तै आज नेप्सेका सूचकहरु राताम्मै भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.२० अंकले घटेर २८१५.३९ विन्दुमा पुगेको छ । नेप्से ०.०४ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घटेर ५०३.७० विन्दुमा पुगेको छ । आज २१५ कम्पनीको शेयर कारोबार भएको छ ।… पुरा पढौ

आर्थिक सर्वेक्षण भोलि र बजेट शनिबार सार्वजनिक हुँदै : यस्तो छ अर्थ मन्त्रालयको तालिका

काठमाडौं, १३ जेठ । आर्थिक सर्वेक्षण शुक्रबार सार्वजनिक हुने भएको छ। अर्थ मन्त्रालयले शुक्रबार दिउँसो कार्यक्रम गरेर आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेको हो। स्रोतका अनुसार शुक्रबार दिउँसो २ बजे मन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रममा सीमित संख्यामा मात्र पत्रकारलाई प्रवेश दिइने छ। जुमबाट हुने कार्यक्रममा फोटो र भिडियोको लागि केही पत्रकारलाई मात्र प्रवेश दिने तयारी मन्त्रालयले गरेको हो। शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गरेपछि अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दैछन्। आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार (जेठ १५ गते) दिउँसो… पुरा पढौ

बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढ्यो

काठमाडौं, १३ जेठ । बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढेको छ । बिहीबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा सात सय रुपैयाँ बढेको हो । बुधबार सार्वजनिक बिदा भएकाले कारोबार भएको थिएन । सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने बिहीबार घटबढ भएको छैन । बिहीबार चाँदी तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।… पुरा पढौ

१५ वर्षे एनएमबि उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १३ जेठ । एनएमबि बैंकले १५ वर्ष अवधिको लागि निष्काशन तथा बिक्रीका लागि ल्याएको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । वार्षिक ४ प्रतिशत ब्याज प्रदान गर्नेगरी बैंकले 'एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३' नामक ऋणपत्र बिक्रीको लागि ल्याएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले १५ लाख कित्ता ऋणपत्र बिक्रीको लागि ल्याएकोमा व्यक्तिगत किसिमले बिक्री गर्ने ९ लाख कित्ता रहेकाे छ । बाँकी रहेको ६ लाख कित्ता सर्वसाधारणका… पुरा पढौ

सिद्धार्थ र लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १३ जेठ । सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आजसम्म कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने भएका छन् । सिद्धार्थ इन्स्योरेन्सले साधारण सभा तथा लाभांंश वितरणको प्रयोजनार्थ जेठ १४ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु साधारण सभामा सहभागि हुन पाउने छन् । साथै लाभांश प्राप्तिका लागि योग्य हुनेछन्… पुरा पढौ

साढे दुई करोड जनसङ्ख्याको पहुँचमा पुग्याे इन्टरनेट

नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्रा धिकरणको तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो । नेपालमा कूल जनसङ्ख्यामध्ये… पुरा पढौ